ताजा समाचार

आज पनि कांग्रेस बैठक, उपनिर्वाचनका लागि उम्मेद्वार चयनको प्रयास

काठमाडौँ । आगामी वैशाख १५ गते इलाम–२ र बझाङ प्रदेशसभा १ मा हुने उपनिर्वाचनका लागि उम्मेदवारको टुंगो लगाउन आज पनि नेपाली कांग्रेसको बैठक बस्दैछ। कांग्रेस संसदीय बोर्डको बैठक बिहान ९ बजे र केन्द्रीय कार्यसम्पादन समितिको बैठक दिउँसो २ बजेका लागि बोलाइएको छ ।

उम्मेदवारको टुंगो लगाउन मंगलबार र बुधबार बसेको बैठक निष्कर्षविहीन भएपछि बैठक आज पनि बस्न लागेको हो । उम्मेदवारको विषयलाई लिएर संस्थापन र इतरपक्ष आ–आफ्नै अडानमा रहँदा नेपाली कांग्रेसले उम्मेदवारको चयन गर्न सकेको छैन ।

सभापति शेरबहादुर देउवा डम्बर खड्कालाई इलाम–२ को उम्मेदवार बनाउनु पर्ने पक्षमा छन् भने शेखर कोइराला–गगन थापा लगायत इतरपक्ष भेषराज आचार्यलाई टिकट दिनुपर्ने अडानमा छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org