अन्तर प्रदेश राष्ट्रिय खेलकुदको तयारी अन्तिम चरणमा
काठमाडौं । बागमती प्रदेश सरकार, सामाजिक विकास मन्त्रलाय, प्रदेश खेलकुद विकास परिषद्, बागमती प्रदेशको आयोजनामा यही चैत्र २५ देखि २०८१ साल वैशाख १ गतेसम्म सञ्चालन हुने प्रथम अन्तर प्रदेश राष्ट्रिय खेलकुद-२०८० को तयारी अन्तिम चरणमा पुगेको छ ।
देश खेलकुद विकास परिषद्, बागमती प्रदेशले बुधबार पत्रकार सम्मेलन गर्दै तयारी अन्तिम चरणमा रहेको जनाएको हो । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चैत २५ गते प्रथम अन्तर प्रदेश राष्ट्रिय खेलकुद-२०८० को उद्घाटन गौतम बुद्व अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा गर्ने कार्यक्रम रहेको छ ।
यसैगरी बागमती प्रदेशका मुख्यमन्त्री सालिकराम जम्कट्टेलले प्रतियोगिताको समापन वैशाख १ गते, मकवानपुरको गौरिटार रंगशालामा गर्नेछन् । अन्तर प्रदेश राष्ट्रिय खेलकुदमामार्फत भरतपुर महानगरपालिकाको पर्यटन वर्ष समेत सफल बनाउने उद्देश्य रहेको बागमती प्रदेश खेलकुद परिषद्का सदस्य सचिव सूर्य भण्डारीले जानकारी दिए ।
अन्तर प्रदेश राष्ट्रिय खेलकुदमा ९ खेल समावेश छ । जसमा पुरुष फुटबल मकवानपुरको गैरिटार रंगशालामा हुनेछ भने अन्य सम्पूर्ण खेलहरु भरपुर महानगर भित्रै हुनेछ ।
एथ्लेटिक्स खेल चैत २६-२७ गते चितवन रंगशालमा हुनेछ भने भलिबल चैत २६ देखि २८ सम्म गेस्ट हाउस चौर भरतपुरमा हुनेछ । यस्तै महिला फुटबल चैत २६ देखि वैशाख १ सम्म बखत स्मृति रंगशालमा, भतरपुरमा हुनेछ भने पुरुष फुटबल चैत २६ देखि बैशाख १ सम्म गौरिटार रंगशाला हेटौंडामा हुनेछ ।
कराते चैत्र २६ देखि २७ सम्म औद्योगिक प्रदर्शनी हल, भरतपुरमा हुनेछ भने तेक्वान्दो चैत्र २६ देखि २७ गतेसम्म औद्योगिक प्रदर्शनी हल, भरतपुरमा हुनेछ ।
बक्सिङ चैत्र २६ देखि २९ गतेसम्म औद्योगिक प्रदर्शनी हल, भरतपुरमै हुनेछ । पौडी चैत्र २६ देखि २७ गतेसम्म एलटिके हबेली, भरतपुर र ब्याडडमिन्टन चैत्र २६ देखि २८ गतेसम्म भरतपुर कभर्डहलमा हुनेछ ।
महिला क्रिकेट चैत्र २४ देखि २७ गतेसम्म र पुरुष क्रिकेट चैत २८ देखि बैशाख १ गतेसम्म गौतमबुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशाला, भरतपुरमा हुनेछ ।
प्रतियोगितामा १३६ स्वर्ण, १३६ रजत र १८४ कांस्य पदकका लागि ७ प्रदेशका एक हजार ५४७ खेलाडीहरुले प्रतिस्पर्दा गर्नेछन् ।
प्रतियोगितामा प्रथम हुने खेलाडीले ५ हजार, दोस्रो हुनेले ४ हजार र तेस्रो हुनेले ३ हजार प्राप्त गर्नेछन् । विजेता खेलाडीले शिल्ड, मेडल, प्रमाणपत्र र प्रतियोगिताको खेलगत उत्कृष्ट खेलाडीले नगद १० हजारसहित आकर्षक ट्रफि प्राप्त गर्नेछन् ।
प्रतियोगिताको टिम च्याम्पियनले उत्कृष्ट चाँदीको रनिङ शिल्ड प्राप्त गर्नेछ । प्रतियोगिताको जम्मा लागत अनुमान १२ करोड रहेको छ |
प्रतियोगितामा सहभागि हुने सातै प्रदेशका सहभागी टिमलाई स्पोर्टस किट्स उपलब्ध गराइनेछ ।
खेलाडीहरुलाई खाना र बसोबासबापत प्रतिदिन २ हजारका दरले १५ प्रतिशत कर कट्टि गरी उपलब्ध गराइनेछ । सरकारी दर अनुसार यातायात खर्च पनि प्रदान गरिनेछ |
प्रतियोगिता अगाडी नेशनल एन्टिडोपिङ एजेन्सीले खेलाडीहरुलाई एन्टिडोपिङ सम्बन्धी कक्षा संचालन गर्नेछ । साथै त्रिभुवन विश्वविद्यालय स्पोर्टस साइन्स डिपार्टमेन्टको सहकार्यमा प्रतियोगितामो रिसर्च गरिनेछ ।
प्रतियोगितालाई भव्य रुपमा सम्पन्न गर्न सामाजिक विकास मन्त्रीको अध्यक्षतामा मुल आयोजक समिति गठन गरिएको छ ।
परिषद्को सदस्य सचिवको अध्यक्षतामा कार्यकारी समिति गठन गरिएको छ । विभिन्न ५ उपसमितिहरु र ९ प्राविधिक समितिहरु गठन गरिएको छ ।
Comments
अरु समाचार
-
भृकुटीमण्डपमा घरजग्गा मेला : बढ्दो आवास मागदेखि व्यवस्थित निर्माणको बहससम्म
काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा आयोजित ‘सीजी नवौं नेपाल जग्गा तथा आवास एवम् निर्माण प्रदर्शनी–२०८३’ मा करिब ८० हजारभन्दा बढीले अवलोकन...
-
एमाले नेता सूर्य थापाको टिप्पणी : ‘१२ भाइले छाड्नुस् भन्न मिल्छ, पुनर्गठन भन्न मिल्दैन’
काठमाडौं । नेकपा (एमाले) का नेता सूर्य थापाले पार्टीभित्रको नेतृत्व तथा संगठनात्मक विषयलाई लिएर सामाजिक सञ्जालमार्फत टिप्पणी गरेका छन् ।...
-
ईडीएलभीआरएस मार्फत ‘सवारी चालक अनुमतिपत्र’ व्यवस्था कार्यान्वयनमा
काठमाडौं । विद्युतीय ड्राइभिङ लाइसेन्स तथा सवारी दर्ता प्रणाली (ईडीएलभीआरएस) मार्फत सवारी चालक अनुमतिपत्र (लाइसेन्स) छपाइको काम थालिएको छ। सरकारले...
-
किन पक्राउ परे राजनीतिक विश्लेषक भरत दाहाल ?
विराटनगर । मोरङको बेलबारीबाट राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ परेका छन् । यनी आइतबार बिहान पक्राउ परेका हुन् । दाहालविरुद्ध...
-
संविधान दिवस र राष्ट्रपतिको सन्देश: ‘सुशासनको आकांक्षा पूरा गर्न सबैलाई प्रेरणा मिलोस्’
काठमाडौँ । नेपालको संविधान जारी भएको ११ वर्ष पूरा भएको अवसरमा आज संविधान दिवस तथा राष्ट्रिय दिवस । सरकारले हरेक...
-
नेपाल सरकारद्वारा चिनियाँ सुरुङ उद्धार विशेषज्ञहरूको कार्यको उच्च प्रशंसा, विपद् व्यवस्थापन सहकार्य सुदृढ बनाउने चीनको प्रतिबद्धता
काठमाडौं, असाेज २ । विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनले नेपालका लागि जनवादी गणतन्त्र चीनका राजदूत झाङ माओमिङ तथा...
-
जापानमा ब्याजदर ३१ वर्ष यताको उच्च बिन्दुमा , कमजोर येन र बढ्दो ऊर्जा मूल्यले मुद्रास्फीतिमा दबाब
टोकियो। जापानको केन्द्रीय बैङ्कले शुक्रबार ब्याजदरलाई ३० वर्षभन्दा बढीको उच्च बिन्दुमा पुर्याएको छ र ऊर्जा मूल्य बढ्दा तथा येन कमजोर...
-
रसुवा बाढीपीडितका लागि वायुसेवा निगमद्वारा ९८ लाख ३५ हजार ९७६ रुपियाँ सहयोग
काठमाडौं । रसुवामा आएको बाढीबाट प्रभावित नागरिकको उद्धार तथा राहत कार्यमा सहयोग पुर्याउने उद्देश्यले नेपाल वायुसेवा निगमले प्रधानमन्त्री दैवी प्रकोप...
-
आरोहीले भरियो मनास्लु आधार शिविर, ४६६ विदेशीको आरोहण तयारी
सुलीकोट (गोरखा) । शरद ऋतु सुरु भएसँगै गोरखाको मनास्लु क्षेत्रमा हिमाल आरोहण गतिविधि तीव्र बनेको छ। यस वर्ष मनास्लु हिमाल...












