आईपीएलमा गुजरातलाई पञ्जाबले तीन विकेटले हरायो
काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा पञ्जाब किंग्सले गुजरात टाइटन्समाथि रोचक जित निकालेको छ। नरेन्द्र मोदी स्टेडियममा टस हारेर पहिला ब्याटिङ गरेको गुजरातले दिएको २०० रनको चुनौती पञ्जाबले एक बल बाँकी हुँदा ७ विकेटको क्षतिमा पूरा गर्दै ३ विकेटको जित निकालेको हो।
सुरुमा ब्याटिङ गरेको गुजरातका लागि कप्तान शुभमन गिलको सानदार प्रदर्शन गरे पनि त्यो जितका लागि पर्याप्त भएन। गिलको अर्धशतमा गुजरातले निर्धारित २० ओभरमा ४ विकेटको क्षतिमा १९९ रन बनाएको थियो। कप्तान गिलले नटआउट सर्वाधिक ८९ रन बनाए। ४८ बल खेलेका उनले ६ चौका र ४ छक्का प्रहार गरेका थिए।
साई सुदर्शन ३३, केन विलियम्सन २६, ऋद्धिमान साहा ११ र विजय शंकर ८ रनमा आउट हुँदा राहुल तेवाटिया २३ रनमा नटआउट रहे। पञ्जाबका कगिसो रबाडाले २ विकेट लिए भने हरप्रित बरार र हर्षल पटेलले १–१ विकेट हात पारे।
टस जितेर पहिलो फिल्डिङ रोजेको पञ्जाबले २०० रनको चुनौती १९ ओभर १ बलमा सात विकेटको क्षतिमा पूरा गरेको हो। पञ्जाबका लागि शशांक सिंहले नटआउट ६१ रनको अर्धशतकीय इनिङ खेले। उनले २९ बलमा ६ चौका र ४ चौका प्रहार गरे।
प्रभसिमरन सिंह ३५, आशुतोष शर्मा ३१, जोनी बेयरस्टो २२, जितेश शर्मा १६, सिकन्दर रजा १५, श्याम कुराने ५ रन बनाउँदा कप्तान शिखर धवन १ रनमा आउट भए। उसका लागि हरप्रित बरार १ रनमा नटआउट रहे।यो जितसँगै पञ्जाबले चार खेलमा चार अंक जोडेको छ। गुजरातको समेत समान खेलमा समान ४ अंक छ।
रन रेटका आधारमा पञ्जाब ५औं स्थानमा छ भने गुजरात छैठौं स्थानमा छ। आईपिएल अन्तर्गत शुक्रबार सनराइजर्स हैदरावाद र चेन्नई सुपर किंग्सले प्रतिस्पर्धा गर्दैछन्। यो खेल शुक्रबार साँझ ७स्४५ बजे सुरु हुनेछ।
Comments
अरु समाचार
-
भृकुटीमण्डपमा घरजग्गा मेला : बढ्दो आवास मागदेखि व्यवस्थित निर्माणको बहससम्म
काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा आयोजित ‘सीजी नवौं नेपाल जग्गा तथा आवास एवम् निर्माण प्रदर्शनी–२०८३’ मा करिब ८० हजारभन्दा बढीले अवलोकन...
-
एमाले नेता सूर्य थापाको टिप्पणी : ‘१२ भाइले छाड्नुस् भन्न मिल्छ, पुनर्गठन भन्न मिल्दैन’
काठमाडौं । नेकपा (एमाले) का नेता सूर्य थापाले पार्टीभित्रको नेतृत्व तथा संगठनात्मक विषयलाई लिएर सामाजिक सञ्जालमार्फत टिप्पणी गरेका छन् ।...
-
ईडीएलभीआरएस मार्फत ‘सवारी चालक अनुमतिपत्र’ व्यवस्था कार्यान्वयनमा
काठमाडौं । विद्युतीय ड्राइभिङ लाइसेन्स तथा सवारी दर्ता प्रणाली (ईडीएलभीआरएस) मार्फत सवारी चालक अनुमतिपत्र (लाइसेन्स) छपाइको काम थालिएको छ। सरकारले...
-
किन पक्राउ परे राजनीतिक विश्लेषक भरत दाहाल ?
विराटनगर । मोरङको बेलबारीबाट राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ परेका छन् । यनी आइतबार बिहान पक्राउ परेका हुन् । दाहालविरुद्ध...
-
संविधान दिवस र राष्ट्रपतिको सन्देश: ‘सुशासनको आकांक्षा पूरा गर्न सबैलाई प्रेरणा मिलोस्’
काठमाडौँ । नेपालको संविधान जारी भएको ११ वर्ष पूरा भएको अवसरमा आज संविधान दिवस तथा राष्ट्रिय दिवस । सरकारले हरेक...
-
नेपाल सरकारद्वारा चिनियाँ सुरुङ उद्धार विशेषज्ञहरूको कार्यको उच्च प्रशंसा, विपद् व्यवस्थापन सहकार्य सुदृढ बनाउने चीनको प्रतिबद्धता
काठमाडौं, असाेज २ । विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनले नेपालका लागि जनवादी गणतन्त्र चीनका राजदूत झाङ माओमिङ तथा...
-
जापानमा ब्याजदर ३१ वर्ष यताको उच्च बिन्दुमा , कमजोर येन र बढ्दो ऊर्जा मूल्यले मुद्रास्फीतिमा दबाब
टोकियो। जापानको केन्द्रीय बैङ्कले शुक्रबार ब्याजदरलाई ३० वर्षभन्दा बढीको उच्च बिन्दुमा पुर्याएको छ र ऊर्जा मूल्य बढ्दा तथा येन कमजोर...
-
रसुवा बाढीपीडितका लागि वायुसेवा निगमद्वारा ९८ लाख ३५ हजार ९७६ रुपियाँ सहयोग
काठमाडौं । रसुवामा आएको बाढीबाट प्रभावित नागरिकको उद्धार तथा राहत कार्यमा सहयोग पुर्याउने उद्देश्यले नेपाल वायुसेवा निगमले प्रधानमन्त्री दैवी प्रकोप...
-
आरोहीले भरियो मनास्लु आधार शिविर, ४६६ विदेशीको आरोहण तयारी
सुलीकोट (गोरखा) । शरद ऋतु सुरु भएसँगै गोरखाको मनास्लु क्षेत्रमा हिमाल आरोहण गतिविधि तीव्र बनेको छ। यस वर्ष मनास्लु हिमाल...












