शुद्ध पिउने पानीका लागि ‘वाटर डिस्पेन्सर’ जडान
काठमाडौं । निःशुल्क पिउने पानी सुविधाका लागि सर्लाहीको हरिवन बजार क्षेत्रमा ‘वाटर डिस्पेन्सर’ जडान गरिएको छ । आज हरिवन नगरपालिका–११, बजार क्षेत्र र वडा नं ९, नयाँरोड चोकमा आधुनिक ‘वाटर डिस्पेन्सर’ जडान गरिएको हो । उद्योग वाणिज्य सङ्घ हरिवनको पहलमा विभिन्न दाताको सहयोगमा पिउने पानीको मेसिन जडान गरिएको सङ्घका अध्यक्ष प्रयागराज पोतेले जानकारी दिनुभयो । ‘वाटर डिस्पेन्सर’ जडानपछि बजार आउने–जाने नागरिकले निःशुल्क स्वच्छ पानी पिउन पाउने उहाँको भनाइ छ ।
पोतेका अनुसार हाललाई हरिवन बजार क्षेत्रमा दुई थान र नयाँरोड चोकमा एक थान मेसिन जडान गरिएको हो । ‘वाटर डिस्पेन्सर’बाट चिसो–तातो पानी निकालेर जो कसैले सजिलै पिउन सक्ने उहाँको भनाइ छ । यस क्षेत्रका सार्वजनिक ट्युवेलहरु खडेरीका कारण सुक्ने भएकाले बोतलको पानी किनेर पिउनुपर्ने बाध्यता थियो । अब पानी पिउनुपर्दा पैसा नभएर काकाकुल हुनु नपर्ने सङ्घका सदस्य युवराज भण्डारीले बताउनुभयो । उक्त वाटर डिस्पेन्सर खरिदका लागि देश तथा विदेशबाट सहयोग प्राप्त भएको उहाँले जानकारी दिनुभयो ।
तीन थान मेसिन रु एक लाख ३० हजारमा खरिद गरिएको थियो । तत्कालका लागि एक थान मेसिन सञ्चालनको जिम्मा हरिवनमा रहेको चण्डेश्वरी डिपार्टमेन्टल स्टोर्स र दुई थान प्रभु बैङ्क हरिवन शाखाले लिएको सङ्घका अध्यक्ष पोतेले जानकारी दिनुभयो । उहाँका अनुसार हरिवन खानेपानी र बृहत् खानेपानी बागमतीले निःशुल्क खानेपानी लाइन जडान गरिदिएका छन् ।
मेसिनको औपचारिक कार्यक्रमबीच आज उद्घाटन गरिएको छ । नगरपालिकाका प्रमुख रमेश बुढाथोकी ९कमल० को प्रमुख आतिथ्यतामा मेसिनको उद्घाटन गरिएको हो । कार्यक्रममा नगरकी उपप्रमुख हरिमाया घलान, इलाका प्रशासन कार्यालयका प्रमुख राजकुमार थापा, वडाध्यक्षहरु, विभिन्न राजनीतिक दलका प्रतिनिधिलगायतको उपस्थिति थियो । सोही कार्यक्रमबीच सहयोगी दाताहरुलाई सम्मान समेत गरिएको थियो ।
Comments
अरु समाचार
-
गायिका अञ्जु गौतम र गायक सुशील भट्टराईको स्वरमा ‘सयपत्री माला’ सार्वजनिक
काठमाडौं । नेपालीहरूको दोस्रो ठूलो चाड तिहार नजिकिँदै गर्दा देउसी–भैलोको मौलिकता र सांस्कृतिक रौनक बोकेको नयाँ गीत ‘सयपत्री माला’ सार्वजनिक...
-
रास्वपाले भनेको राजनीतिमुक्त न्यायालय यही हो ?
काठमाडाैं । अघिल्लो वर्षको भदौ २३ र २४ गते किन जेनजी आन्दोलन भयो ? जनताले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई १८२...
-
‘कुवाको पानी बाल्टिले तानी’ गीतले बटुल्दै दर्शक–श्रोताको माया
काठमाडौं। नेपाली लोकगीत सङ्गीतको क्षेत्रमा मौलिक शब्द र सिर्जनामार्फत आफ्नो पहिचान स्थापित गर्दै आउनुभएका गीतकार सरोज खड्का ‘निर्दोष’ को पछिल्लो...
-
आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर
काठमाडौँ । नेपाल राष्ट्र बैंकले मङ्गलबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको...
-
नवरात्रको तेस्रो दिनः चन्द्रघण्टा देवीको विशेष पूजा आराधना गरिँदै
काठमाडौँ । नवरात्रको तेस्रो दिन मङ्गलबार दसैँघर वा पूजा कोठामा नौ दुर्गामध्येकी तेस्रो चन्द्रघण्टा देवीको विधिपूर्वक पूजा आराधना गरिँदै छ...
-
‘निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश पनि आउँदैन’
काठमाडौं। निजामती कर्मचारीसम्बन्धी अध्यादेश आउन सक्ने आशंकाका कारण कर्मचारीहरूले राजीनामा दिने क्रम बढिरहेका बेला संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा...
-
चाडपर्व नजिकिएसँगै काठमाडौँमा ट्राफिक प्रहरीको बढ्यो सक्रियता
काठमाडौँ। दसैँ, तिहारलगायतका प्रमुख चाडपर्व नजिकिएसँगै काठमाडौँ उपत्यकामा ट्राफिक प्रहरीले आफ्नो सक्रियता थप बढाएको छ । चाडपर्वका समयमा सवारीसाधनको चाप...
-
चिनियाँ नागरिकबाट बरामद साढे २१ किलो सुन भन्सार कार्यालयमा बुझाइयो
काठमाडौं । चिनियाँ नागरिकबाट बरामद भएको साढे २१ किलो सुन प्रहरीले भन्सार कार्यालयमा बुझाएको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान...
-
प्रहरी अनुसन्धानलाई निष्पक्ष, तथ्यपरक, वैज्ञानिक र प्रविधिमैत्री बनाउन प्रविधिको सदुपयोग आवश्यक: प्रधानमन्त्री शाह
काठमाडौँ, असोज २६ गते । प्रधानमन्त्री वालेन्द्र शाहले प्रहरी अनुसन्धानलाई निष्पक्ष, तथ्यपरक, वैज्ञानिक र प्रविधिमैत्री बनाउन सूचना प्रविधिको प्रभावकारी सदुपयोग...












