आजको राशिफलः २०८० चैत २९ गते बिहीवार
मेष: प्रयत्न गर्दा विभिन्न अवसर प्राप्त हुनेछन्। बिछोडिएका परिवारजनसँग भेटघाट हुनेछ। अध्ययनमा प्रगति हुनेछ र ज्ञानलाई निखार्ने अवसर प्राप्त हुनेछ। शुभचिन्तकहरूको मनोभाव विचार गरेर अघि बढ्नुहोला। मध्याह्नदेखि आम्दानीका नयाँ स्रोत फेला पर्नेछन्। पहिलेका कामबाट पनि प्रशस्त लाभ हुनेछ। उठ्नुपर्ने रकम हातलागी हुने समय छ। पेसा–व्यवसायमा प्रशस्त फाइदा हुनेछ।
वृष: बेलैमा होस नपुग्नाले केही चुनौती झेल्नुपर्ला। समय दिन नसक्दा काम बिग्रन सक्छ। अवसरको खोजीमा केही दौडधुप गर्नुपर्ला। अनियन्त्रित खर्चले मन पिरोल्न सक्छ। तापनि मिहिनेतीहरूका लागि दिन फलदायी रहनेछ। मध्याह्नपछि पारिवारिक भेटघाटले खुसियाली छाउनेछ। सहयोगीहरूले साथ दिनेछन् भने नयाँ कामको प्रस्ताव आउनेछ। मिहिनेतले नाम, दाम र इनाम दिलाउनेछ।
मिथुन: मिहिनेत गर्दा आम्दानीका स्रोत फेला पर्नेछन्। पहिले गरेका कामबाट प्रशस्त लाभ हुनेछ। आयआर्जन बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ। मध्याह्नपछि खर्च बढ्नाले अर्थ अभाव देखा पर्न सक्छ। रकम अभावले काम रोकिन सक्छ। आवश्यकता पूरा गर्न सरसापट लिनुपर्ने हुन सक्छ। केही काम सम्पादन हुनेछन्। प्रयत्न गर्दा देश–विदेश घुम्ने अवसर प्राप्त हुने सम्भावना छ।
कर्कट: प्रयत्न गर्दा सजिलै लक्ष्यमा पुग्न सकिनेछ। विभिन्न अवसरले पछ्याउनेछन् भने भविष्यका लागि दिगो फाइदा हुने काममा जग बसाउने मौका छ। मिहिनेतले नाम, दाम र इनाम दिलाउन सक्छ। मध्याह्नपछि आम्दानीका नयाँ स्रोत फेला पर्नेछन्। पहिलेका कामबाट पनि प्रशस्त लाभ हुनेछ। उठ्नुपर्ने रकम हातलागी हुने समय छ। कृषि, पशुपालन तथा व्यापारमा प्रशस्त फाइदा हुनेछ।
सिंह: सहयोगको नाममा कमजोरी खोतल्नेहरू सक्रिय हुनेछन्। सजग रहनुहोला। सामाजिक जिम्मेवारी बढ्नेछ। फाइदाका स्रोत पहिचान गर्न सकिनेछ। तर अरूका लागि बुद्धि खर्चनुपर्ला। रोकिएका काम दोहोर्याउनुपर्ला। मध्याह्नपछि रोकिएका काम बन्नाले उत्साह जाग्नेछ। व्यापारलगायत आर्थिक लाभ हुने काम प्रारम्भ हुनेछ। उपलब्धिको स्रोत पहिल्याउन सकिनेछ। आँटले काम पूरा हुनेछ।
कन्या: प्रतीक्षित नतिजा कमजोर देखिनाले काम दोहोर्याउनुपर्ने हुनसक्छ। शरीरमा कमजोरी तथा आलस्य अनुभूति हुनेछ भने जोश–जाँगरमा कमी आउनेछ। मध्याह्नदेखि स्थितिमा सुधार आउनाले नयाँ काम गर्ने अवसर जुट्नेछ। तर अवरोध गर्नेहरूले अलमल्याउन सक्छन्। आफ्नो वर्ग वा क्षेत्रको नेतृत्व हातलागी हुनेछ। दिगो अवसर प्राप्त हुनेछ तर नयाँ कामका लागि केही समय प्रतीक्षा गर्नुपर्ला।
तुला: काम गर्न बिहानको समय अनुकूल छ। व्यापारमा लाभ हुनेछ। प्रेम वा मित्रताको बन्धन कसिनेछ। व्यावसाय विस्तारका लागि यात्रा गर्ने अवसर प्राप्त हुनेछ। परिवारजनको साथले उत्साह जगाउनेछ। मध्याह्नपछि भने सानातिना समस्यामै अल्झनुपर्ने देखिन्छ। स्वास्थ्य कमजोर रहनाले काम रोकिन सक्छ। श्रम परे पनि कामको मूल्यांकन नहुन सक्छ। आहार–विहारमा विशेष सतर्क रहनुहोला।
वृश्चिक: स्रोतसाधन जुट्नाले दिगो फाइदा हुने काम प्रारम्भ हुनेछ। मिहिनेतले प्रतिस्पर्धीहरूलाई पछि पार्न सकिनेछ। हिम्मत गर्दा जटिल काम समेत सजिलै सम्पादन हुन सक्छ। मध्याह्नपछि घुमफिर तथा मनोरञ्जनमा समय बित्नेछ। आम्दानी बढाउने काम सुरु गर्न सकिनेछ। प्रेम र मित्रताको बन्धन कसिने समय छ। व्यवसायले रमाइलो यात्रा गराउन सक्छ। काममा साथीभाइको सहयोग जुट्नेछ।
धनु :प्रतीक्षा गरिएको नतिजा कमजोर देखिए पनि बाधा हट्नेछन् र नयाँ कामतर्फ आकर्षित भइनेछ। काममा धेरै लाभ उठाउन नसकिए पनि समस्या सुल्झनेछन्। पहिलेका कमजोरीमा सुधार आउनेछ। प्रतिस्पर्धी परास्त हुनेछन्। आम्दानी बढाउन सकिनेछ। आफ्नो क्षेत्रमा अधिकार जमाउन सफल भइनेछ। दिगो फाइदा हुने काम प्रारम्भ हुनेछ। आम्दानीका नयाँ स्रोत फेला पर्नेछन्।
मकर: नयाँ कामतर्फ आकर्षित भइनेछ। काममा धेरै लाभ उठाउन नसकिए पनि सामान्य समस्या सुल्झनेछन्। पहिलेका कमजोरी सुधार गर्ने अवसर प्राप्त हुनेछ।शुभचिन्तकहरूको सुझाव नमान्दा दुःख पाइनेछ। बन्धु–बान्धवबीच आत्मीयतामा कमी आउन सक्छ। अप्ठ्यारा परिस्थिति सुल्झाउन जुट्नुपर्ला। मध्याह्नपछि स्थितिमा सुधार आउनेछ। अध्ययनमा भने त्यति समय दिन नसकिएला।
कुम्भ: पहिले दिएको वचनले अप्ठ्यारो पार्न सक्छ। साथीभाइसँग सन्तुलित व्यवहार गर्नुहोला। अरूका लागि श्रम तथा बुद्धि खर्चनुपर्ला। पशुधनबाट सोचेको लाभ उठाउन नसकिएला। स्रोत-साधन जुट्नाले गरिएका कर्मको उचित प्रतिफल प्राप्त हुनेछ। मिहिनेतले दैनिकीमा परिवर्तन ल्याउन सकिनेछ। रोकिएका काम बन्ने र नयाँ काम सुरु गर्ने समय छ। मध्याह्नपछि भने आफन्तहरू टाढिन सक्छन्।
मीन : केही विवादास्पद अभिव्यक्तिले बीचमा समस्या निम्त्याउला। सोचेको समयमा काम पूरा नहुन सक्छ। शुभचिन्तकहरूको साथ जुट्नाले रोकिएका भने काम बन्नेछन्। मिहिनेतले प्रतिस्पर्धीलाई पछि पार्न सकिनेछ। व्यापार–व्यवसायमा लाभ हुनेछ। अध्ययनमा प्रगति हुनेछ र ज्ञानलाई निखार्ने अवसर प्राप्त हुनेछ। मध्याह्नपछि भने प्रतिस्पर्धा बढ्नेछ र प्रतीक्षा गरिएको नतिजा कमजोर रहनेछ।
Comments
अरु समाचार
-
दुबईबाट पोखरा अवतरण गरेको ‘फ्लाई दुबई विमान’लाई गरियो भव्य स्वागत
काठमाडौं । फ्लाई दुबईमार्फत पहिलो पटक पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको विमान तथा यात्रुलाई भव्य स्वागत गरिएको छ । असोज...
-
फेसबुक र इन्स्टाग्राममा ठगीविरुद्ध मेटाको अभियान, ३७ लाखभन्दा बढीमाथि कारबाही
सिङ्गापुर । सामाजिक सञ्जाल कम्पनी मेटाले सिंगापुर प्रहरीबाट प्राप्त सूचनाका आधारमा यस वर्ष अहिलेसम्म ठगीसँग सम्बन्धित ३७ लाखभन्दा बढी अकाउन्ट,...
-
त्रिपुरेश्वर आत्मदाह मृत्यु प्रकरणमा निष्पक्ष छानबिन र न्यायको माग
काठमाडौं । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–३ निवासी अर्जुन दोङको मृत्यु प्रकरणमा निष्पक्ष छानबिन र न्यायको माग गर्दै नेपाल यातायात स्वतन्त्र मजदुर...
-
बाढी पीडितलाई विद्युत महसुलमा राहत, न्यूनतम बिलिङदेखि निःशुल्क मिटरसमेत
काठमाडौं। सरकारले बहालवाला सुरक्षाकर्मीहरूलाई जलविद्युत् आयोजनाको प्राथमिक शेयर (आईपीओ) मा २ प्रतिशत सहभागिता सुनिश्चित गर्ने कानुनी व्यवस्था मिलाउन प्रक्रिया अघि...
-
पार्टी संगठित अभियानमा कांग्रेस, आज देशैभर पालिका तहको अधिवेशन
काठमाडौँ । नेपाली कांग्रेसले आज देशैभर पालिका तहको अधिवेशन गर्दैछ । सो पार्टीको १५औँ महाधिवेशनअन्तर्गत स्थानीय तहको सांगठनिक संरचना निर्माण...
-
सामान्य यात्रु झैं जहाज चढेर अमेरिका गए बालेन, बिदाई गर्ने दुईजना मात्रै
काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह सामान्य यात्रु झैं जहाज चढेर अमेरिका प्रस्थान गरेका छन् । प्रम शाहलाई बिदाई गर्ने दुईजना...
-
एमाले अध्यक्ष ओलीको प्रतिवेदनप्रति नेताहरुको समर्थन, बुधबार सचिवालय बैठक
काठमाडाैं। नेकपा एमालेका महासचिव शंकर पोखरेलले आफूले अध्यक्ष केपी शर्मा ओलीलाई पदबाट हटाउन नखोजेको र पुनर्गठनका लागि दिएको सुझावलाई गलत...
-
यूएन महासभामा सहभागी हुन आज न्यूयोर्क जाँदै प्रधानमन्त्री, जलवायु न्याय र हिमाली मुद्दा प्राथमिकतामा
काठमाडौं। प्रधानमन्त्री बालेन्द्र शाह संयुक्त राष्ट्रसंघको महासभाको ८१औँ सत्रअन्तर्गतको ‘उच्चस्तरीय सप्ताह’ मा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज मंगलबार अमेरिकाको न्युयोर्क...
-
नागरिकता सम्बन्धी मुद्दामा विशेष अदालतको नजिरयुक्त फैसला: तथ्य र प्रमाणबिनाको आरोपबाट न्यायको जित
काठमाडौं । नागरिकता र झुठो लिखत सम्बन्धी बहुचर्चित मुद्दामा विशेष अदालतले वस्तुनिष्ठ प्रमाण र कानुनको न्यायसम्मत व्याख्या गर्दै सकारात्मक एवम्...












