आजको राशिफल: २०८१ वैशाख १ गते शनिवार
मेष: दिगो काम थाल्नाले आम्दानीका स्रोत बढ्नेछन्। नगद जुट्नाले दैनिकीमा परिवर्तन आउनेछ। अध्ययनमा प्रगति हुनुका साथै अनुभवलाई पनि निखार्ने अवसर प्राप्त हुनेछ। भौतिक साधन प्राप्त हुनेछन्। नियमित काममा मनग्य फाइदा हुनेछ। आलोचकहरूलाई व्यवहारले समेट्ने प्रयास गर्नुहोला। साँझतिर आयस्रोत बढ्नुका साथै दिगो काम सुरुवात हुनेछ।
वृष: इच्छाशक्ति बढ्नुका साथै कीर्तिमानी कामको यश लिने अवसर प्राप्त हुनेछ। समय फुर्सदिलो देखिए पनि रचनात्मक कार्य शुभारम्भ गर्न सकिनेछ। पारिवारिक जमघटका बीच स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ। सानो प्रयत्नले काम बन्नेछ। बाहिर आलोचना गर्नेहरूले व्यवहारमा अवसर प्रदान गर्नेछन्। काम बन्नाले साँझतिर मनग्य धनलाभ हुने देखिन्छ।
मिथुन :अपिरिचित व्यक्तिको विश्वास गर्दा धोका हुनेछ। खर्च अभावले सताउन सक्छ। व्यवसायमा लगानी बढाउनुपर्ने स्थिति आउन सक्छ। फाइदाका लागि दोहोर्याएर प्रयत्न गर्नुपर्ला। खर्च लागे पनि लामो यात्रा सम्भावना छ। टाढाका साथीभाइसँग सम्पर्क बढाउने समय छ। साँझतिर आफन्तसँग भेटघाट हुनुका साथै स्वादिष्ट खानपानको आनन्द प्राप्त हुनेछ।
कर्कट:आम्दानीका नयाँ स्रोत फेला पर्नेछन्। प्रयत्न गर्दा दिगो काम प्रारम्भ हुन सक्छ। स्रोत–साधन जुट्नाले गरिएका कर्मको उचित प्रतिफल प्राप्त हुनेछ। पेसा–व्यवसायमा मनग्य फाइदा हुनेछ। भौतिक साधनहरू प्राप्त हुनेछन्। साँझतिर खर्च बढ्नेछ र काममा बाधा पुग्नेछ। केही सञ्चित रकम पनि बाहिरिन सक्छ। परिस्थितिजन्य समस्याले दुस्ख पाइनेछ।
सिंह: प्रयत्न गर्दा राम्रो उपलब्धि हातलागी हुनेछ। रोकिएको काम बन्नेछ भने जिम्मेवारी बढ्न सक्छ। व्यापारमा प्रशस्त फाइदा हुनेछ। विशेष भेटघाटले काममा उत्साह बढाउला। अरूलाई प्रभावित पारेर फाइदा उठाउने समय छ। सामाजिक कामको दायित्व हातलागी हुनेछ। साँझतिर श्रमको उचित मूल्यांकन हुनेछ भने प्रतीक्षा गरिएको लाभांश प्राप्त हुनेछ।
कन्या: सामान्य कामलाई पनि निकै मिहिनेत पर्नेछ। अरूका काममा समय खर्चनुपर्ला। तापनि आजको मिहिनेतले भविष्यमा प्रतिष्ठा दिलाउन सक्छ। साथीभाइको सहयोगले हिम्मत दिलाउनेछ। समस्या दर्साएर पनि काम बनाउन सकिनेछ। मिहिनेतले बिस्तारै फाइदा दिलाउनेछ। साँझतिर नयाँ काम गर्ने अवसर जुट्नेछ। पेसा–व्यवसायमा लाभ हुनेछ।
तुला: व्याहारिक समस्याले योजना रोकिन सक्छ। मिहिनेतको नतिजा चित्तबुझ्दो नआउन सक्छ। काम रोकिने र बनिसकेको काम दोहोर्याउनुपर्ने हुन सक्छ। अवसरको खोजीमा दौडधुप गर्नुपर्ला। शरीरमा कमजोरी अनुभूति हुनेछ। अप्ठ्यारो स्थितिमा धैर्यले काम लिने चेष्टा गर्नुहोला। साँझतिर स्थितिमा सुधार आउनेछ। शुभचिन्तकहरूको सहयोग जुट्नेछ।
वृश्चिक: साथीभाइको आगमनले काममा हौसला जाग्नेछ। रमाइला ठाउँको भ्रमण गर्ने अवसर जुट्नुका साथै आतिथ्यपूर्ण सम्मान प्राप्त हुने समय छ। प्रेम र मित्रताको बन्धन कसिलो हुनेछ। सुन्दर पहिरनले व्यक्तित्वमा निखारता ल्याउन सक्छ। दिन मनोरञ्जनपूर्ण र उत्साहवर्द्धक रहनेछ। साँझतिर स्वास्थ्यमा कमजोरी देखिनाले चिताएको काम अवरुद्ध बन्न सक्छ।
धनु: प्रतिस्पर्धामा उत्रनुपरे पनि विभिन्न अवसर प्राप्त हुनेछन्। भौतिक साधन जुट्नाले दिगो फाइदा हुने काम सुरु हुनेछ। परिस्थितिको अनुकूलताले प्रतिष्ठा जोगाउन सफल भइनेछ। यात्राको प्रक्रिया अघि बढ्नेछ। पुरुषार्थी काम सिद्ध गर्ने समय छ। साँझतिर प्रियजनसँग भेटघाट हुनेछ। प्रेम र मित्रताको बन्धन कसिनेछ। आतिथ्यपूर्ण सम्मान प्रप्त हुने समय छ।
मकर: व्यवसायमा अपेक्षित फाइदा उठाउन नसकिए पनि प्रतिष्ठित काम गर्ने अवसर प्राप्त हुनेछ। सुखद समाचारले उत्साह जगाउनेछ। अध्ययनमा प्रगति हुनेछ। तारिफयोग्य काम गर्दै धेरैको उपकार गर्न सकिनेछ। बुद्धिको उपयोगले लक्ष्य प्राप्त हुनेछ। बौद्धिक अभिव्यक्तिको प्रभाव बढ्नेछ। साँझतिर व्यापारलगायत आर्थिक लाभ हुने नयाँ योजना शुभारम्भ हुनेछ।
कुम्भ: कामका लागि साइनो गाँस्नेहरूबाट सजग रहनुपर्ला। आफ्नो प्रतिफलमाथि अरूले राज गर्नेछन्। हठले अप्ठ्यारो पार्न सक्छ। नतिजा कमजोर देखिनाले काम दोहोर्याउनुपर्ला। पुरानो सम्झौता तोड्नुपर्ने आवश्यकता पर्न सक्छ। कृषि, पशुधन र अचल सम्पत्तिको उपयोग गर्ने आवश्यकता पर्न सक्छ। साँझदेखि व्यापारमा फाइदा र अध्ययनमा प्रगति हुनेछ।
मीन: व्यावसायिक काममा राम्रै फड्को मार्न सकिनेछ। प्रतिपक्षीहरू समेत सहयोगी बन्नेछन्। कामको उच्च मूल्यांकन हुनेछ भने लगनशीलताले विशेष अवसर दिलाउनेछ। साँझतिर सम्बन्ध बिग्रनाले साथीभाइ टाढिन सक्छन्। आफन्तसमेत टाढिने भयले सताउन सक्छ।साहसी काम गरेर अरूको मन जित्न सकिनेछ। प्रतीक्षित नतिजाले पनि उत्साह जगाउनेछ।
Comments
अरु समाचार
-
दुबईबाट पोखरा अवतरण गरेको ‘फ्लाई दुबई विमान’लाई गरियो भव्य स्वागत
काठमाडौं । फ्लाई दुबईमार्फत पहिलो पटक पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको विमान तथा यात्रुलाई भव्य स्वागत गरिएको छ । असोज...
-
फेसबुक र इन्स्टाग्राममा ठगीविरुद्ध मेटाको अभियान, ३७ लाखभन्दा बढीमाथि कारबाही
सिङ्गापुर । सामाजिक सञ्जाल कम्पनी मेटाले सिंगापुर प्रहरीबाट प्राप्त सूचनाका आधारमा यस वर्ष अहिलेसम्म ठगीसँग सम्बन्धित ३७ लाखभन्दा बढी अकाउन्ट,...
-
त्रिपुरेश्वर आत्मदाह मृत्यु प्रकरणमा निष्पक्ष छानबिन र न्यायको माग
काठमाडौं । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–३ निवासी अर्जुन दोङको मृत्यु प्रकरणमा निष्पक्ष छानबिन र न्यायको माग गर्दै नेपाल यातायात स्वतन्त्र मजदुर...
-
बाढी पीडितलाई विद्युत महसुलमा राहत, न्यूनतम बिलिङदेखि निःशुल्क मिटरसमेत
काठमाडौं। सरकारले बहालवाला सुरक्षाकर्मीहरूलाई जलविद्युत् आयोजनाको प्राथमिक शेयर (आईपीओ) मा २ प्रतिशत सहभागिता सुनिश्चित गर्ने कानुनी व्यवस्था मिलाउन प्रक्रिया अघि...
-
पार्टी संगठित अभियानमा कांग्रेस, आज देशैभर पालिका तहको अधिवेशन
काठमाडौँ । नेपाली कांग्रेसले आज देशैभर पालिका तहको अधिवेशन गर्दैछ । सो पार्टीको १५औँ महाधिवेशनअन्तर्गत स्थानीय तहको सांगठनिक संरचना निर्माण...
-
सामान्य यात्रु झैं जहाज चढेर अमेरिका गए बालेन, बिदाई गर्ने दुईजना मात्रै
काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह सामान्य यात्रु झैं जहाज चढेर अमेरिका प्रस्थान गरेका छन् । प्रम शाहलाई बिदाई गर्ने दुईजना...
-
एमाले अध्यक्ष ओलीको प्रतिवेदनप्रति नेताहरुको समर्थन, बुधबार सचिवालय बैठक
काठमाडाैं। नेकपा एमालेका महासचिव शंकर पोखरेलले आफूले अध्यक्ष केपी शर्मा ओलीलाई पदबाट हटाउन नखोजेको र पुनर्गठनका लागि दिएको सुझावलाई गलत...
-
यूएन महासभामा सहभागी हुन आज न्यूयोर्क जाँदै प्रधानमन्त्री, जलवायु न्याय र हिमाली मुद्दा प्राथमिकतामा
काठमाडौं। प्रधानमन्त्री बालेन्द्र शाह संयुक्त राष्ट्रसंघको महासभाको ८१औँ सत्रअन्तर्गतको ‘उच्चस्तरीय सप्ताह’ मा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज मंगलबार अमेरिकाको न्युयोर्क...
-
नागरिकता सम्बन्धी मुद्दामा विशेष अदालतको नजिरयुक्त फैसला: तथ्य र प्रमाणबिनाको आरोपबाट न्यायको जित
काठमाडौं । नागरिकता र झुठो लिखत सम्बन्धी बहुचर्चित मुद्दामा विशेष अदालतले वस्तुनिष्ठ प्रमाण र कानुनको न्यायसम्मत व्याख्या गर्दै सकारात्मक एवम्...












