ईरानी आक्रमणपछि इजराइलले गाजामाथि थप दबाब बनाउने
काठमाडौं । ईरानले आक्रमण गरेपछि इजराइले गाजामाथि थप दबाब बनाउने बताएको छ। इजराइली सेनाले ईरानको आक्रमणपछि आफू युद्धबाट विचलित नहुने भन्दै गाजामा थप दबाब बनाउने बताएको हो।
शनिवार राति ईरानले इजराइलमाथि तीन सयभन्दा बढी ड्रोन र मिसाइल आक्रमण गरेपछि विश्व शक्तिहरूले संयमता अपनाउन आग्रह गरेका थिए। यद्यपि इजराइली सेनाले इरानको अधिकांश आक्रमणलाई विफल पारेको बताएको छ।
यसै महिनाको प्रारम्भमा दमास्कसमा एउटा घातक आक्रमणको प्रतिशोधमा तेहरानले इजराइलमाथि गरेको पहिलो प्रत्यक्ष आक्रमण सम्पूर्ण क्षेत्रमा महिनौँसम्म भएको हिंसापछि भएको हो। उक्त हिंसामा इरानी ‘प्रोक्सी’ सहभागी थिए। इजराइलले युद्धग्रस्त गाजा क्षेत्रमा प्यालेस्टिनीहरूको समर्थनमा इरानले काम गरेको बताएको छ।
मध्यस्थकर्ताहरूले अक्टोबर ७ मा हमासको आक्रमणबाट सुरु भएको युद्धलाई रोक्नका लागि एउटा सम्झौतामा ध्यान दिएका बेला सुदूर दक्षिणी सहर रफाहमा सेना पठाउने इजराइली योजनामाथि आशङ्काहरू बढेको बताएका छन्। रफाहमा गाजाका २४ लाख मानिसमध्ये अधिकांशले शरण लिएका छन्।
यसैबीच, हमासले इजरायलले रातभर दर्जनौँ हवाई आक्रमण गरेको बताएको छ। इजरायलले केही समय अघि अब रफाह क्षेत्रमा पनि आक्रमण गर्ने चेतावनी दिइसकेको छ।
Comments
अरु समाचार
-
अमेरिकी र इरानी अधिकारीहरु शान्ति वार्ता गर्न पुगे स्वीटजरल्याण्ड
काठमाडौं । शान्ति सम्झौताको प्रयासमा अमेरिकी र इरानी अधिकारीहरु वार्तामा बस्न स्वीटजरल्याण्ड पुगेका छन् । मध्यस्थकर्ताको भूमिका निर्वाह गरेका कतार...
-
मध्यपूर्वमा ऊर्जा र अन्य आपूर्ति अवरोध हट्न अझै समय लाग्छ : आइएमएफ
काठमाण्डौ । अमेरिका–इरानबीचको युद्धविराम घोषणाले मध्यपूर्वको तनावलाई कम गर्ने देखिए पनि ऊर्जा र अन्य आपूर्ति अवरोधहरू हट्न अझै समय लाग्ने...
-
इरानमाथि कडा दबाब सिर्जना गर्दै २२ देशले चेतावनी
सिड्नी । संयुक्त राज्य अमेरिका, बेलायतसहित युरोपेली राष्ट्रहरू र अस्ट्रेलिया लगायत २२ देशले इरानमाथि कडा दबाब सिर्जना गर्दै आफ्ना भूभागमा...
-
पोखरा-लिन्जीबीच सहकार्य विस्तारबारे शिष्टाचार भेटवार्ता
पोखरा । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यसँग चीनको भगिनी सहर लिन्जीका वैदेशिक मामिला उप–निर्देशक तथा सिपीसीका सचिव डानजेङ साङ्झोउ...
-
फ्लाईदुबईले सेप्टेम्बरदेखि पोखरा–दुबई दैनिक उडान गर्ने, मेयर आचार्यद्वारा सेवा सफल बनाउन अपिल
काठमाडौं । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय उडान सञ्चालन गर्ने दिशामा महत्वपूर्ण प्रगति भएको छ। उच्चस्तरीय सुरक्षा, सेफ्टी तथा सञ्चालनसम्बन्धी...
-
रुसी लगानीकर्तालाई नेपालको विद्युत क्षेत्रमा लगानी गर्न महतोको आह्वान
काठमाडाैं । व्यवसायी तथा उद्योगपति उपेन्द्र महतोले नेपालको जलविद्युत तथा ऊर्जा पूर्वाधार क्षेत्रमा लगानी गर्न रुसी व्यवसायी तथा लगानीकर्ताहरूलाई आह्वान...
-
इरानले भन्यो- फेरि कुनै युद्ध चाहिँदैन, हमला भए सशक्त जवाफ दिइनेछ
काठमाडौं । इरानले कुनै नयाँ युद्धको सुरुवात गर्न नचाहेको, तर आफूमाथि हमला भए पूर्ण तागतका साथ जवाफ दिने बताएको छ।...
-
आमनेसामने वार्ता गर्न जेलेन्स्कीले पुटिनलाई राखे प्रस्ताव
किभ। युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई एक खुला पत्र लेख्दै युद्ध अन्त्यका लागि आमनेसामने वार्ता गर्न प्रस्ताव...
-
हर्मुज जलमार्ग पूर्ण रूपमा बन्द गर्ने इरानको निर्णय, अमेरिकासँगको सन्देश आदानप्रदानमा समेत रोक
काठमाण्डौ। इरान र उसका सहयोगीहरूले ‘स्ट्रेट अफ हर्मुज’लाई पूर्ण रूपमा रोक्ने भएका छन् । इरानले ‘स्ट्रेट अफ हर्मुज’लाई पूर्ण रूपमा...











