बालुवाटारमा प्रधानमन्त्री प्रचण्ड र नेता झलनाथबीच भेट
काठमाडाैं । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीलाई लिएर एकीकृत समाजवादी रुष्ट बनेका बेला प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेता झलनाथ खनालबीच भेटवार्ता भएको छ।
प्रधानमन्त्री प्रचण्ड र एकीकृत समाजवादीका सम्मानित नेता खनालबीच अहिले बालुवाटारमा छलफल भइरहेको हो।
‘उहाँहरूबीच कुराकानी जारी छ। समसामयिक विषयमा छलफल भएको हो,’ नेता खनालका स्वकीय कृष्ण भट्टराईले भने। सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा एकीकृत समाजवादीले नागरिक उन्मुक्ति पार्टी (नाउपा) का संरक्षक रेशम चौधरीनिकट लक्ष्मणकिशोर चौधरीलाई समर्थन गरेपछि गठबन्धनभित्र खटपट सुरू भएको छ।
एकीकृत समाजवादीले सुदूरपश्चिमको मुख्यमन्त्रीको पहिलो कार्यकाल आफूहरूले नेतृत्व गर्न पाउनुपर्ने अडान राख्दै आएको थियो। तर प्रधानमन्त्री प्रचण्ड र नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नाउपालाई दिने बताएपछि एकीकृत समाजवादी असन्तुष्ट बनेको हो।
सोमबार सुदूरपश्चिमको मुख्यमन्त्रीमा नाउपाकै कैलाश चौधरी र लक्ष्मणकिशोर चौधरीको दाबी परेको छ। लक्ष्मणलाई नेपाली कांग्रेस, एकीकृत समाजवादीको समर्थन छ भनेर कैलाशलाई नेकपा (एमाले), माओवादी केन्द्रलगायतको समर्थन छ।
Comments
अरु समाचार
-
शेयर बजारमा देखियो उछाल, झण्डै ६५ अंकले बढ्दा २१ अर्ब २२ करोडको शेयर किनबेच
काठमाडौं । शेयर बजारमा उछाल देखिएको छ । साताको अन्तिम कारोबार दिन आज बिहिबार नेप्से ६४ दशमलव ६९ अंकले बढेर...
-
‘निर्वाचन हुन्छ, कि हुन्न भन्ने अन्योलको वातावरण चिरेर प्रतिनिधिसभा सदस्य निर्वाचन सम्पन्न गरायौं’
काठमाडौँ । कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले निर्वाचन हुन्छ, कि हुन्न भन्ने अन्योलको वातावरण चिरेर निर्वाचन आयोगले प्रतिनिधि सभा...
-
नेपाल मूलका नेपालीलाई पहिचान दिलाउने प्रतिबद्धता
काठमाडौं । गैरआवासीय नेपाली संघको १२ औं वार्षिक सभामा नेपाल मुलका नेपालीहरुलाई समावेश गराउने प्रतिवद्धता व्यक्त भएको छ । भिन्न...
-
कांग्रेस सभापति गगन थापाले दिए राजीनामा, शुक्रबार बोलाइयो केन्द्रीय कार्यसमिति बैठक
काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले राजीनामा दिएका छन् । गत फागुन २१ गते भएको प्रतिनिधिसभा निर्वाचनमा पराजित भएका...
-
आजदेखि चैत्र दसैँको नवरात्र सुरु गरिँदै, हनुमानढोकामा घटस्थापना गरी पूजाआराधना
काठमाडौं । चैत्र शुक्ल प्रतिपदाका अवसरमा आजदेखि चैत्र दसैँको नवरात्र सुरु गरिँदै छ । चैत्र नवरात्रका अवसरमा आज हनुमानढोका दरबारमा...
-
बालाबेँसी हेलिकप्टर दुर्घटनामा सवार भन्छन्, ‘दुर्घटना लगत्तै चालकले इन्जिन अफ गर्नुभयो’
खोटाङ । केपिलासगढी गाउँपालिका-२ खार्तम्छास्थित बालाबेंसीमा आज एयर डाइनेष्टी कम्पनीको हेलिकप्टर दुर्घटना हुँदा छ जना घाइते भएका छन् । काठमाडौँबाट...
-
जेनजी आन्दोलनका क्रममा भागेका कैदीबन्दीमध्ये एक हजार २०० हाराहारीमा अझै फरार
काठमाडौं । जेनजी आन्दोलनमा केन्द्रीय कारागार सुन्धाराबाट भागेका एक हजार बढी कैदीबन्दी अझै फरार छन् । केन्द्रीय कारागार कार्यालयका सूचना...
-
खाडीका ७ देशमा पुनः श्रम स्वीकृति दिने निष्कर्षमा सरकार
कठमाण्डौ – सरकारले संयुक्त अरब इमिरेट्स (यूएई)सहित कतार, ओमान, यमन, जोर्डन, साउदी अरब, र टर्कीएमा कार्यरत नेपाली श्रमिकलाई पुनः श्रम...
-
इरान–इजरायल युद्ध अपडेट: तेहरानमा शीर्ष सुरक्षा अधिकारी लारिजानी र सोलेमानी मारिएपछि तनाव
तेहरान । मध्यपूर्वमा जारी युद्धकाबीच इरानको सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्का सचिव अली लारिजानी मारिएका इरानी सञ्चार माध्यमले पुष्टी गरेका छन्...












