कृषि जनशक्ति उत्पादनमा सघाउँदै पर्वतका पालिका
काठमाडौं । कृषिलाई व्यावसायिक बनाउन तथा दक्ष कृषि जनशक्ति उत्पादनमा प्रेरित गर्ने उद्देश्यले पर्वतका विभिन्न स्थानीय तहले माध्यमिक तहका विद्यार्थीलाई कृषि कर्ममा लगाउन थालेका छन् ।
जिल्लाको मोदी गाउँपालिका र पैंयु गाउँपालिकाले विद्यार्थी केन्द्रित कार्यक्रम थालेका हुन् । विद्यालयमा पढाइ हुनेभन्दा अतिरिक्त समयमा करेसाबारीमा तरकारी, फलफूललगायत मौसमअनुसारका अन्न उत्पादनतर्फ आकर्षित गराउन मोदी गाउँपालिकाले ‘सिक्दै कमाउँदै, पढ्दै रमाउँदै’ कार्यक्रम सञ्चालन गरेको छभने पैंयु गाउँपालिकाले ‘एक विद्यालय, एक करेसाबारी’ कार्यक्रम सञ्चालन गरेको छ ।
चालु आर्थिक वर्षदेखि सुरु भएको यो कार्यक्रममा दुवै गाउँपालिकाले दुईवटा विद्यालय छनोट गरेर विद्यार्थीलाई कृषि कर्ममा लगाउन थालेका हुन् । मोदी गाउँपालिकाले उक्त कार्यक्रमका लाग चालु आवमा रु दुई लाख विनियोजन गरेको छ ।
उक्त कार्यक्रममा छनोट भएका विद्यालयले २० प्रतिशत लागत साझेदारी गर्नुपर्ने मोदी गाउँपालिकाका अध्यक्ष हीरादेवी शर्माले जानकारी र्दिए । यो कार्यक्रमबाट विद्यार्थीले विद्यालयमा बाली लगाउन सिक्ने र बाबुआमालाई कृषि कर्ममा सघाउने विश्वास व्यक्त गरे । उनीहरूले लगाएको तरकारी, फलफूलबाट हुने आम्दानी विद्यार्थीलाई नै दिइने भएकाले पढाइ खर्चमा टेवा पुग्ने उनले बताए ।
पैंयु गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजीव रिमालका अनुसार ‘एक विद्यालय एक करेसाबारी’ कार्यक्रमअन्तर्गत गाउँपालिका–७ भोर्लेमा रहेको जनता माध्यमिक विद्यालय र धर्मोदय माध्यमिक विद्यालयमा गाउँपालिकाको रु एक लाख ५० हजार लगानीमा यो कार्यक्रम थालिएको हो । यस कार्यक्रममा सम्बन्धित विद्यालयले कूल रकमको २५ प्रतिशत बेहोर्नुपर्ने गाउँपालिकाको प्रावधान छ ।
विद्यार्थीले बिहान, दिउँसो, साँझ पढाइको अतिरिक्त समयलाई व्यवस्थापन गरेर करेसाबारीमा काम गरनइने गाउँपालिकाका कृषि शाखा प्रमुख शारदा शर्माले बताए ।
Comments
अरु समाचार
-
काँकरभिट्टा नाकाबाट १६ अर्ब ८१ करोडको पेट्रोलियम पदार्थ आयात
भद्रपुर (झापा) । चालु आर्थिक वर्ष २०८२/८३ को चैत मसान्तसम्म पूर्वीनाका काँकरभिट्टाबाट रु १६ अर्ब ८१ करोड ३६ लाख ३०...
-
रास्वपाकाे सचिवालयको बैठक बस्दै
काठमाडौं । विभिन्न समसामयिक विषयमा छलफल गर्नका लागि आज राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सचिवालय बैठक बस्ने भएको छ ।सो पार्टीका...
-
राजनीतिक नियुक्ति खारेजी हुँदै, को जोगिए- को पदमुक्त हुँदैछन् ?
काठमाडाैं । राष्ट्रपति रामचन्द्र पाैडेलले जारी गरेको सार्वजनिक पदाधिकारीको पदमुक्ति सम्बन्धी विशेष व्यवस्था अध्यादेश, २०८३ ले अब राजनीतिक नियुक्ति लिएका...
-
‘सम्पत्ति छानबिन आयोग विघटन भए अख्तियारमा अभिलेख बुझाउने व्यवस्था’
काठमाडौं । गत वैशाख २ गते सर्वोच्च अदालतका पूर्वन्यायाधीश राजेन्द्रकुमार भण्डारीको संयोजकत्वमा गठित पाँच सदस्यीय सम्पत्ति छानबिन आयोगसम्बन्धी कार्यदेश सार्वजनिक...
-
पिपुल अफ नेपाली ओरिजिन ‘पीएनओ’ को अध्यक्ष कुमार कार्की चयन
काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले पिपुल अफ नेपाली ओरिजिन 'पीएनओ’ को अध्यक्ष कुमार कार्कीलाई तोकेको छ । एनआरएनएका...
-
यूएईविरुद्धको खेलमा नेपालले हासिल गर्यो ६ रनको रोमाञ्चक जित
काठमाडौं । लिग २ अन्तरगत शुक्रबार भएको यूएईविरुद्धको म्याचमा नेपालले ६ रनको रोमाञ्चक जित हात पारेको छ। अन्तिम बलसम्म पुगेको...
-
सदैव राष्ट्र र राष्ट्रिय एकताको पक्षमा : अध्यक्ष रामेश्वर थापा,अन्नपूर्ण मिडिया नेटवर्क
- अन्नपूर्ण मिडिया नेटवर्कअन्तर्गतको प्रमुख प्रकाशन अन्नपूर्ण पोस्ट् राष्ट्रिय दैनिकका लागि आजको दिन ऐतिहासिक हो। यो प्रकाशन आजबाट २५ वर्ष...
-
आजदेखि उपत्यकाका बागमती र सहायक नदी किनारका जोखिमयुक्त बस्ती स्थानान्तरण
काठमाडौं । सरकारले दोस्रो चरणअन्तर्गत आजदेखि काठमाडौं उपत्यकाका वाग्मती तथा सहायक नदी किनारमा रहेका जोखिमयुक्त बस्ती स्थानान्तरण गर्ने भएको छ...
-
चीन–नेपाल सुरक्षा सहकार्यमा जोड
काठमाडौं । नेपालका लागि चीनका राजदूत चाङ माओमिङले चीन–नेपाल सुरक्षा सहकार्यमा जोड दिँदै त्यसलाई अझ सुदृढ बनाउन हरसम्भव प्रयत्न गर्ने...












