नक्कली भुटानी शरणर्थी प्रकरण : न्यायाधीश रेग्मी र ढुङगानाको इजलासमा पेसी
काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका निम्ति थुनामा रहेका १० प्रतिवादीको रिटमा सर्वोच्च अदालतमा आज सुनुवाइ हुँद ैछ ।
नक्कली भुटानी शरणार्थी प्रकरणका अभियुक्त आङटावा शेर्पाले गएको माघ १४ गते बन्दीप्रत्यक्षीकरण रिट दायर गरेका थिए । त्यसपछि बाँकी नौ अभियुक्तले क्रमशः बन्दीप्रत्यक्षीकरण रिट दायर गरेका थिए ।
पछिल्लोपटक चैत २५ मा न्यायाधीशद्वय कुमार रेग्मी र टेकप्रसाद ढुंगानाको इजलासमा परेको प्रतिवादीको रिट ‘हेर्दाहेर्दै’मा राखिएको थियो । कुनै मुद्दा त्यही इजलासले टुंग्याउने भएपछि हेर्दाहेर्दैमा राख्ने न्यायिक अभ्यास छ ।
न्यायाधीशद्वय रेग्मी र ढुंगानाको इजलासमा आज हेर्दाहेर्दैमा राखिएको र फैसला संशोधनको अर्को मुद्दा मात्र छ । पहिलो चरणमा नक्कली भुटानी शरणार्थी प्रकरणमा थुनामा रहेका १० प्रतिवादीको मुद्दामा सुनुवाइ सुरु भएको छ ।
तत्कालीन गृहसचिव टेकनारायण पाण्डेलगायत थुनामा रहेका १० अभियुक्तले आफूमाथि लागेको आरोपसहित पुर्पक्षका लागि थुनामा पठाउने आदेश समेतका विरुद्ध प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गृह मन्त्रालय, उच्च अदालत पाटन, काठमाडौं जिल्ला अदालत, काठमाडौं जिल्ला अदालतका स्रेस्तेदार, महान्यायाधिवक्ता, महान्यायाधिवक्ताको कार्यालय, जिल्ला सरकारी वकिल कार्यालय काठमाडौं, प्रहरी प्रधान कार्यालय र नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)लाई विपक्षी बनाएर रिट दायर गरेका छन् ।
पूर्वगृहसचिव पाण्डेसहित मुस्लिम आयोगका तत्कालीन अध्यक्ष शमशेर मियाँ, नक्कली भुटानी शरणार्थी प्रकरणका ‘योजनाकार’मध्येका सानु भण्डारी र केशव दुलाल, उनीहरूको योजनामा काम गरेका सन्देश शर्मा, सागर राई र गोविन्द चौधरी, सरकारका तर्फबाट मिलाउने जिम्मेवारी लिएर काम गरेका पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी र विभागीय मन्त्रालयको व्यवस्थापन मिलाउन भूमिका खेलेका तत्कालीन उपप्रधान एवं गृहमन्त्री रामबहादुर थापा ‘बादल’का सुरक्षा सल्लाहकार डा. इन्द्रजीत राई काठमाडौं जिल्ला अदालतको आदेशबाट पुर्पक्षका लागि थुनामा गएका थिए । उच्च अदालतले पनि जिल्लाको आदेश सदर गरिदिएको छ । त्यसविरुद्ध उनीहरू पुनः सर्वोच्च गएका हुन् ।
Comments
अरु समाचार
-
रसुवा बाढीपीडितका लागि वायुसेवा निगमद्वारा ९८ लाख ३५ हजार ९७६ रुपियाँ सहयोग
काठमाडौं । रसुवामा आएको बाढीबाट प्रभावित नागरिकको उद्धार तथा राहत कार्यमा सहयोग पुर्याउने उद्देश्यले नेपाल वायुसेवा निगमले प्रधानमन्त्री दैवी प्रकोप...
-
आरोहीले भरियो मनास्लु आधार शिविर, ४६६ विदेशीको आरोहण तयारी
सुलीकोट (गोरखा) । शरद ऋतु सुरु भएसँगै गोरखाको मनास्लु क्षेत्रमा हिमाल आरोहण गतिविधि तीव्र बनेको छ। यस वर्ष मनास्लु हिमाल...
-
सरकारकोआम्दानीभन्दा खर्च बढी, दुई महिनाको तथ्याङ्क कस्तो ?
काठमाडौँ । चालु आर्थिक वर्ष २०८३/८४ को शुरुआती दुई महिनामा सरकारले करिब दुई खर्ब रुपियाँ बजेट खर्च गरेको छ ।...
-
इरान युद्धमा अमेरिकाको खर्च ३८ अर्ब डलर, ०.५५ ले महँगी बढ्ने अनुमान
काठमाडौं ।अमेरिकाले इरानविरुद्धको ६ महिना लामो युद्धमा हालसम्म ३८ अर्ब डलर खर्च गरेको छ। अमेरिकी संसद्को गैरदलीय लेखाजोखा निकायका अनुसार...
-
उपत्यकाबाहिर यात्रुवाहक साधनलाई विशेष प्राथमिकता, रोकिएको दर्ता खुला
काठमाडौं । यातायात व्यवस्था विभागले काठमाडौं उपत्यकाबाहिर सार्वजनिक यात्रुवाहक सवारी साधनको रोकिएको दर्ता खुला गरेको छ । असोज १ गतेदेखि...
-
वाणिज्य बैंकहरूले असोज महिनाका लागि घटाए मुद्दति निक्षेपको ब्याजदर, कुन बैंकको ब्याजदर कति ?
काठमाडौं। वाणिज्य बैंकहरूले असोज महिनाका लागि मुद्दति निक्षेपको ब्याजदर घटाएका छन्। बैंकिङ प्रणालीमा अधिक तरलता र कर्जाको माग कमजोर रहँदा...
-
सरुवा भएका कर्मचारीलाई तोकिएको अवधिभित्र अनिवार्य रूपमा रमाना दिन निर्देशन
काठमाडौं। भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सरुवा भएका निजामती कर्मचारीलाई तोकिएको अवधिभित्र अनिवार्य रूपमा रमाना दिन...
-
‘२१ बुँदे कार्ययोजना घोषणा गरेपछि शेयर बजारमा उत्साह’
काठमाण्डाै । शेयर बजार लगातार तेस्रो कारोबार दिन बढेको छ । शेयर बजार परिसूचक नेप्से आज (मंगलबार) ४८.५७ अङ्कले बढेर...
-
प्रधानमन्त्री उद्धार कोषमा अहिलेसम्म १४ अर्ब दुई करोड ७३ लाख रुपियाँ जम्मा
काठमाडौँ। प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १४ अर्ब दुई करोड ७३ लाख २९ हजार ७७७ रुपियाँ जम्मा भएको छ ।...












