पुल निर्माणमा ढिलाइ
काठमाडौं । बागलुङको बडिगाडखोलामा मोटरेवल पुल निर्माण गर्न थालेको चार वर्ष बित्यो । तर हालसम्म सम्पन्न हुन सकेको छैन ।बडिगाड गाउँपालिका–७ भिमगिठे बजार र मालारानी गाउँ जोड्ने गरी २०७७ कात्तिक २७ गते सम्झौता भएको थियो । हालसम्म ८० प्रतिशत मात्रै काम सम्पन्न भएको छ ।
विसं २०७९ फागुनमा निर्माण सक्ने सम्झौता भए पनि दुई पटक म्याद थप गरिएको छ । पुल निर्माण नहुँदा स्थानीयले सास्ती खेप्नुपरेको छ । पुल दुई वर्ष चार महिनामा सक्ने गरी निर्माण कम्पनीले जिम्मा लिएको थियो । पुल नबन्दा बजारबाट दैनिक उपभोग्य सामान ओसारपसार गर्न समस्या भएको छ ।
मध्यपहाडी लोकमार्गमा पर्ने भिमगिठे बजारदेखि बडिगाडखोला तरेपछि मात्रै मालरानी गाउँ पुग्न सकिन्छ । हिउँदको समयमा जसोतसो गाडी तरे पनि बर्खाको पाँच महिना यातायात ठप्प हुने स्थानीय मीनबहादुर खत्रीले बताउनुभयो । बडिगाडखोलामा हिउँदमा पानीको मात्रा अत्यधिक हुन्छ । यातायातका साधन वारपार गर्न समस्या हुने गरेको उहाँको भनाइ छ । निर्माण कम्पनीको ढिलासुस्तीका कारण हालसम्म पुल बन्न नसकेको खत्री बताउनुहुन्छ । गाडी नचल्दा स्थानीयले झोलुङ्गे पुलमार्फत बोकेरै सामान बजारदेखि गाउँ पु¥याउने गरेका छन् ।
‘बर्खामा गाडी चल्दैनन्, गाउँमा सामान बोकेरै ल्याउनुपर्छ, बिरामी बोकेर अस्पताल लैजानुपर्छ,’ खत्रीले भन्नुभयो ।
पुल निर्माण गर्न दुई पटक म्याद थप गरेको सडक डिभिजन कार्यालय बागलुङका सूचना अधिकारी इन्जिनियर अमर अधिकारीले जानकारी दिनुभयो । असार मसान्तसम्म सक्ने गरी कामदार लगाएर धमाधम काम गरिरहेको उहाँको भनाइ छ । पुल रु सात करोड ६६ लाखको लागतमा निर्माण गर्न लागिएको हो ।
Comments
अरु समाचार
-
काँकरभिट्टा नाकाबाट १६ अर्ब ८१ करोडको पेट्रोलियम पदार्थ आयात
भद्रपुर (झापा) । चालु आर्थिक वर्ष २०८२/८३ को चैत मसान्तसम्म पूर्वीनाका काँकरभिट्टाबाट रु १६ अर्ब ८१ करोड ३६ लाख ३०...
-
रास्वपाकाे सचिवालयको बैठक बस्दै
काठमाडौं । विभिन्न समसामयिक विषयमा छलफल गर्नका लागि आज राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सचिवालय बैठक बस्ने भएको छ ।सो पार्टीका...
-
राजनीतिक नियुक्ति खारेजी हुँदै, को जोगिए- को पदमुक्त हुँदैछन् ?
काठमाडाैं । राष्ट्रपति रामचन्द्र पाैडेलले जारी गरेको सार्वजनिक पदाधिकारीको पदमुक्ति सम्बन्धी विशेष व्यवस्था अध्यादेश, २०८३ ले अब राजनीतिक नियुक्ति लिएका...
-
‘सम्पत्ति छानबिन आयोग विघटन भए अख्तियारमा अभिलेख बुझाउने व्यवस्था’
काठमाडौं । गत वैशाख २ गते सर्वोच्च अदालतका पूर्वन्यायाधीश राजेन्द्रकुमार भण्डारीको संयोजकत्वमा गठित पाँच सदस्यीय सम्पत्ति छानबिन आयोगसम्बन्धी कार्यदेश सार्वजनिक...
-
पिपुल अफ नेपाली ओरिजिन ‘पीएनओ’ को अध्यक्ष कुमार कार्की चयन
काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले पिपुल अफ नेपाली ओरिजिन 'पीएनओ’ को अध्यक्ष कुमार कार्कीलाई तोकेको छ । एनआरएनएका...
-
यूएईविरुद्धको खेलमा नेपालले हासिल गर्यो ६ रनको रोमाञ्चक जित
काठमाडौं । लिग २ अन्तरगत शुक्रबार भएको यूएईविरुद्धको म्याचमा नेपालले ६ रनको रोमाञ्चक जित हात पारेको छ। अन्तिम बलसम्म पुगेको...
-
सदैव राष्ट्र र राष्ट्रिय एकताको पक्षमा : अध्यक्ष रामेश्वर थापा,अन्नपूर्ण मिडिया नेटवर्क
- अन्नपूर्ण मिडिया नेटवर्कअन्तर्गतको प्रमुख प्रकाशन अन्नपूर्ण पोस्ट् राष्ट्रिय दैनिकका लागि आजको दिन ऐतिहासिक हो। यो प्रकाशन आजबाट २५ वर्ष...
-
आजदेखि उपत्यकाका बागमती र सहायक नदी किनारका जोखिमयुक्त बस्ती स्थानान्तरण
काठमाडौं । सरकारले दोस्रो चरणअन्तर्गत आजदेखि काठमाडौं उपत्यकाका वाग्मती तथा सहायक नदी किनारमा रहेका जोखिमयुक्त बस्ती स्थानान्तरण गर्ने भएको छ...
-
चीन–नेपाल सुरक्षा सहकार्यमा जोड
काठमाडौं । नेपालका लागि चीनका राजदूत चाङ माओमिङले चीन–नेपाल सुरक्षा सहकार्यमा जोड दिँदै त्यसलाई अझ सुदृढ बनाउन हरसम्भव प्रयत्न गर्ने...












