तेमालमा बृहत् स्वास्थ्य शिविर
काठमाडौं । जिल्लाको तेमाल गाउँपालिकाको आयोजनामा नौ दिने निःशुल्क बृहत् स्वास्थ्य शिविर सुरु भएको छ । नेपाल नेत्र ज्योति सङ्घ, कीर्तिपुर आँखा अस्पताल, शीर मेमोरियल अस्पताल र जर्मन रोटरी स्वयंसेवक चिकित्सकसहित स्वास्थ्यकर्मीको प्राविधिक सहयोगमा गाउँपालिकाको विभिन्न स्वास्थ्य चौकीमा शिविर आयोजना गरिएको हो ।
सोमबार पोखरी नारायणस्थानको स्वास्थ्य चौकीबाट सुरु भएको शिविर वडास्तरमा पायक पर्ने स्थानमा १८ गतेसम्म आयोजना गर्ने गाउँपालिकाले जनाएको छ । गाउँपालिका अध्यक्ष चन्द्रबहादुर लामाले उद्घाटन गर्नुभएको शिविरमा छातीमा समस्या भएका एक सय ४० जनाको परीक्षण गरिएको थियो । परीक्षणबाट पाँच जनामा क्षयरोग लागेको पुष्टि भएको थियो ।
शिविरमा पाँच जनाको एचआइभी, एक सय चार जनाको मधुमेह, ६६ को दाँत र ८० जनाको आँखा परीक्षण गरिएको गाउँपालिकाका निमित्त प्रशासकीय अधिकृत शिवहरि पाठकले जानकारी दिनुभयो । शिविरमा ज्येष्ठ नागरिक तथा अपाङ्गता परिचयपत्र पनि वितरण गरिएको थियो । ती परिचयपत्र सबै शिविरमा प्रदान गरिने उहाँले बताउनुभयो ।
Comments
अरु समाचार
-
अदालतबाट हुने फैसला सरकारको हार–जित होइन : मुख्य रजिस्ट्रार पौडेल
काठमाडौँ । सर्वोच्च अदालतका मुख्य रजिस्ट्रार विमल पौडेलले अदालतका निर्णयलाई सरकारको जित वा हारका रूपमा व्याख्या गर्नु उपयुक्त नहुने...
-
रास्वपाको प्रथम महाधिवेशनमा प्रधानमन्त्री शाह सहभागी हुने
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को आगामी असार ७ गतेदेखि चितवनमा सुरु हुने प्रथम महाधिवेशनमा प्रधानमन्त्री बालेन्द्र शाह सहभागी हुने...
-
वनका अधिकारी र चिनियाँ सञ्चालकविरुद्ध साढे चार करोड राजस्व हिनामिनाको उजुरी, अकुत सम्पत्ति छानिबनको माग
कुश्मा। पर्वतको कुश्मा नगरपालिका–५ मा सञ्चालित ‘छिफु बायोटेक्नोलोजी (Xifu Biotechnology) प्रा.लि. र गण्डकी प्रदेशका वन प्रशासनका उच्च अधिकारीहरूबीचको अपवित्र गठबन्धन...
-
विभागले म्यानपावर कम्पनीलाई भन्यो- विदेशमा रहेका श्रमिकको अवस्थाबारे नियमित अनुगमन गर्नु
काठमाडौं । वैदेशिक रोजगार विभागले इजाजतप्राप्त म्यानपावर कम्पनीहरूलाई आफूहरूले वैदेशिक रोजगारीमा पठाएका नेपाली श्रमिकहरूको अवस्था नियमित रूपमा अनुगमन गर्न निर्देशन...
-
चेक रिपब्लिक र दक्षिण अफ्रिकाले बराबरी खेले, क्यानडा र स्वीजरल्याण्डको जीत
काठमाण्डौ । विश्वकप फुटबलमा क्यानडाले समूह बी को दोस्रो खेलमा ऐतिहासिक जित निकालेको छ । क्यानडाले कतारलाई ६–० ले हरायो...
-
३३ विशेष अभियानसहित पोखरा महानगरको वार्षिक नीति तथा कार्यक्रम सार्वजनिक
पोखरा । पोखरा महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि वार्षिक नीति तथा कार्यक्रम बिहीबार सार्वजनिक गरेको छ । मेयर...
-
त्रिभुवन विमानस्थलबाट २७ महिला रोकिए, मानव बेचबिखनमा परेको आशंका
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट विदेश जान लागेका २७ महिलालाई मानव बेचबिखनको आशंकामा रोकिएको छ। बुधबार उनीहरूलाई विदेश लैजान खोजिएको...
-
‘सरकारको मुख्य प्राथमिकता भ्रष्टाचार नियन्त्रण र सुशासन कायम’
काठमाडौं । गृहमन्त्री सुधन गुरुङले वर्तमान सरकारले भ्रष्टाचार नियन्त्रणका लागि शून्य सहनशीलताको नीति अवलम्बन गरेको बताएका छन्। प्रतिनिधिसभामा गृह मन्त्रालयअन्तर्गत...
-
मुद्दाबीच पनि रवि प्रधानमन्त्री बन्न सक्ने सम्भावना नकार्न सकिँदैन: किशोर श्रेष्ठ
काठमाडौं । वरिष्ठ पत्रकार किशोर श्रेष्ठले रास्वपा सभापति रवि लामिछानेमाथि लागेका मुद्दाहरूले उनलाई प्रधानमन्त्री बन्नबाट रोक्ने आशंका रहे पनि अहिले...











