चार वर्षमा आगलागीबाट कर्णालीमा ५५ जनाको मृत्यु
काठमाडौ । कर्णाली प्रदेशमा विगत चारवर्षमा आगलागीबाट ५५ जनाको मृत्यु भएको छ । कर्णाली प्रदेश प्रहरी कार्यालयको तथ्याङ्कअनुसार आगलागीकै कारण ६७ करोड ९७ लाख ३२ हजार बराबरको क्षति भएको छ ।
उक्त तथ्याङ्कअनुसार मुगुमा ३१ करोड २८ लाख ४४ हजार बराबरको क्षति भएको छ । त्यस्तै, जुम्लामा ११ करोड ६६ लाख ४७ हजार बराबरको क्षति भएको छ । कर्णालीमा आर्थिक वर्ष २०७७ र ०७८, ०७८ र ०७९, ०७९ र ०८०, र चालु आवको चैत मसान्तसम्म आगलागीमा परी ६७ जना घाइते भएका छन् । आगलागीमा परी सबैभन्दा बढी मानवीय क्षति कालीकोटमा भएको प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक वीरबहादुर ओलीले जानकारी दिए ।
ओलीका अनुसार कालीकोटमा १३ जना, डोल्पामा आठ जना, सल्यानमा सात, सुर्खेत र जुम्लामा छ–छ जना, दैलेखमा पाँच, मुगुमा चार, जाजरकोट, रुकुमपश्चिम र हुम्लामा दुई-दुई जनाको मृत्यु भएको छ । दुई सय ७८ घर परिवार विस्थापित भएका छन् । तीन सय ५८ वटा पशुचौपायाको क्षति भएको छ ।
चार वर्षमा सबैभन्दा बढी जुम्लामा एक सय २३ घर परिवार विस्थापित भएका छन् । सल्यानमा ४०, जाजरकोटमा ३३, कालीकोटमा ३१, रुकुम पश्चिममा २५, सुर्खेतमा २०, दैलेखमा चार, हुम्लामा दुई घर परिवार विस्थापित भएका हुन् ।
आगलागी तथा विभिन्न विपद्मा तत्काल उद्धारका लागि कर्णालीका १० वटै जिल्लामा प्रहरी निरीक्षकको नेतृत्वमा ३५ जनाको टोली २४सै घण्टा तयारी अवस्थामा राखिएको प्रवक्ता ओलीले जानकारी दिए ।
आगलागी तथा वन डढेलो नियन्त्रणका लागि प्रहरी एक्लैले सम्भव नभएकाले स्थानीय सरकार तथा समुदायले सहयोग गर्नुपर्ने उनले बताए । कर्णालीमा वनजङ्गल नजिकै बस्ती र खरको छानो भएकाले आगलागीका घटना धेरै हुने गरेका छन् । चैत महिनामा मात्रै आगलागीमा परी कर्णालीमा सात जनाको मृत्यु भएको छ ।
गत चैत २ मा बाख्रा चराउन गएका कालीकोटको खाडाचक्र-५ ढाडगाउँस्थित नवदुर्गा सामुदायिक वनमा लागेको डढेलोमा परी ५० वर्षका नन्दराम चौलागाईं र उनकी १२ वर्षीया छोरी हेमन्तीको मृत्यु भएको थियो । नन्दरामका ४५ वटा बाख्रा जलेर मरेका थिए ।
यस्तै चैत ३० गते हुम्लाको सर्केगाड गाउँपालिका-९८ रादेउ कुरिल्ला लेखको आफ्नै भेँडीगोठमा राति आगलागी हुँदा ५५ वर्षीय हर्के ऐडीको मृत्यु भएको थियो । भेँडीगोठको आगलागीबाट ६० वटा भेँडासमेत मरेका थिए । चैतमै ३० मा डोल्पामा आगलागीमा परी १० वर्षका सुलज बुढाको मृत्यु भयो । उपचारका क्रममा जिल्ला अस्पताल डोल्पामा बुढाको मृत्यु भएको थियो ।
त्यसैगरी चैत २६ गते डोल्पाको ठूलीभेरी नगरपालिका–३ स्थित मष्टा भवानी सामुदायिक वनमा लागेको डढेलो निभाउने क्रममा गम्भीर घाइते भएका नेपाली सेनाको देवीदत्त गुल्मका तीन जना सिपाहीको मृत्यु भएको थियो । मृत्यु हुनेमा काभ्रे घर भएका ३८ वर्षका सेनाका जमदार केशवबहादुर जर्गा मगर र हुम्ला घर भएका २३ वर्षका सिपाही आशीष बुढा र जुम्लाको तातोपानी गाउँपालिका-४ का २४ वर्षीय हेमन्त रावत थिए ।
कर्णालीमा अझै कतिपय घरमा टुकी, दियालो बाल्ने गरेको र चुरोट तमाखु खाँदा फालिएको आगोलगायतले आगलागी हुने गरेको प्रहरीको भनाइ छ । सहरी क्षेत्रमा भने विद्युत् सर्ट भइ आगलागी हुने गरेका छन् ।
गाउँका सामुदायिक वनमा घाँस राम्रो पलाउने भन्दै आगो लगाउने प्रवृत्ति रोकिएको छैन । गोठालो जाने स्थानीयवासी र बालबालिकाले आगो लगाउने गरेका छन् । आगो लगाउँदा कसैले कारबाही नभोगेका कारण बर्सेनि आगलागीका घटना बढेको हो । यसरी आगो लगाउँदा वनक्षेत्रसँगै जङ्गली जनावार, चरा चुरुङ्गी मासिने गरेको छ ।
Comments
अरु समाचार
-
अदालतबाट हुने फैसला सरकारको हार–जित होइन : मुख्य रजिस्ट्रार पौडेल
काठमाडौँ । सर्वोच्च अदालतका मुख्य रजिस्ट्रार विमल पौडेलले अदालतका निर्णयलाई सरकारको जित वा हारका रूपमा व्याख्या गर्नु उपयुक्त नहुने...
-
रास्वपाको प्रथम महाधिवेशनमा प्रधानमन्त्री शाह सहभागी हुने
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को आगामी असार ७ गतेदेखि चितवनमा सुरु हुने प्रथम महाधिवेशनमा प्रधानमन्त्री बालेन्द्र शाह सहभागी हुने...
-
वनका अधिकारी र चिनियाँ सञ्चालकविरुद्ध साढे चार करोड राजस्व हिनामिनाको उजुरी, अकुत सम्पत्ति छानिबनको माग
कुश्मा। पर्वतको कुश्मा नगरपालिका–५ मा सञ्चालित ‘छिफु बायोटेक्नोलोजी (Xifu Biotechnology) प्रा.लि. र गण्डकी प्रदेशका वन प्रशासनका उच्च अधिकारीहरूबीचको अपवित्र गठबन्धन...
-
विभागले म्यानपावर कम्पनीलाई भन्यो- विदेशमा रहेका श्रमिकको अवस्थाबारे नियमित अनुगमन गर्नु
काठमाडौं । वैदेशिक रोजगार विभागले इजाजतप्राप्त म्यानपावर कम्पनीहरूलाई आफूहरूले वैदेशिक रोजगारीमा पठाएका नेपाली श्रमिकहरूको अवस्था नियमित रूपमा अनुगमन गर्न निर्देशन...
-
चेक रिपब्लिक र दक्षिण अफ्रिकाले बराबरी खेले, क्यानडा र स्वीजरल्याण्डको जीत
काठमाण्डौ । विश्वकप फुटबलमा क्यानडाले समूह बी को दोस्रो खेलमा ऐतिहासिक जित निकालेको छ । क्यानडाले कतारलाई ६–० ले हरायो...
-
३३ विशेष अभियानसहित पोखरा महानगरको वार्षिक नीति तथा कार्यक्रम सार्वजनिक
पोखरा । पोखरा महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि वार्षिक नीति तथा कार्यक्रम बिहीबार सार्वजनिक गरेको छ । मेयर...
-
त्रिभुवन विमानस्थलबाट २७ महिला रोकिए, मानव बेचबिखनमा परेको आशंका
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट विदेश जान लागेका २७ महिलालाई मानव बेचबिखनको आशंकामा रोकिएको छ। बुधबार उनीहरूलाई विदेश लैजान खोजिएको...
-
‘सरकारको मुख्य प्राथमिकता भ्रष्टाचार नियन्त्रण र सुशासन कायम’
काठमाडौं । गृहमन्त्री सुधन गुरुङले वर्तमान सरकारले भ्रष्टाचार नियन्त्रणका लागि शून्य सहनशीलताको नीति अवलम्बन गरेको बताएका छन्। प्रतिनिधिसभामा गृह मन्त्रालयअन्तर्गत...
-
मुद्दाबीच पनि रवि प्रधानमन्त्री बन्न सक्ने सम्भावना नकार्न सकिँदैन: किशोर श्रेष्ठ
काठमाडौं । वरिष्ठ पत्रकार किशोर श्रेष्ठले रास्वपा सभापति रवि लामिछानेमाथि लागेका मुद्दाहरूले उनलाई प्रधानमन्त्री बन्नबाट रोक्ने आशंका रहे पनि अहिले...











