मन्थलीमा अझै फोहर व्यवस्थापन भएन
काठमाडौं । रामेछाप सदरमुकामस्थित मन्थली नगरपालिकाले फोहर व्यवस्थापन कार्यलाई व्यवस्थित गर्नसकेको छैन । नगरपालिकाले विगतदेखि स्थानीय रणजोर खोला दोभान तामकोशी नदी किनारमा फोहर बिसर्जन गर्दै आएको छ । नगरपालिकाले न सो स्थानको फोहर व्यवस्थापनलाई व्यवस्थित गर्नसकेको छ न त त्यसको विकल्प खोजेको छ ।
स्थानीय विकास श्रेष्ठले कच्चिबाटोका कारण बजारदेखि बिसर्जनस्थलसम्म पुग्दा बाटोमै फोहर खसाल्दै जाने कारणले स्थानीयलाई आवतजावतमा नै समस्या हुने गरेको बताउनुभयो ।’एकातीर बाटोमा खसाल्ने फोहरको दुर्गन्ध र सिसा बिझ्ने समस्या छ । अर्कोतीर फोहर डढाउँदा आउने धुँवाले नजिकैको बस्तीलाई बसिनसक्नु छ । यति हुँदा पनि त्यसको विकल्पबारे ठोस् पहलसमेत भएको छैन’, श्रेष्ठले भन्नुभयो ।
हुन त फोहर व्यवस्थापनका लागि वैकल्पिक उपायबारे चर्चा नभएको पनि होइन । मन्थली नगरपालिका–७ स्थित बडीमुहानमा फोहर बिसर्जनस्थल (डम्पिङ साइट) निर्माण गर्ने भनि आवश्यक प्रक्रियासमेत सुरूभइसकेको थियो । त्यसका लागि वातावरणीय प्रभाव मूल्याङ्कनसमेत भइसकेको थियो तर स्थानीयको विरोधका कारण नागरिक उडड्यन प्राधिकरणले अनुमति नदिँदा थप कार्य अगाडि बढ्न नसकेको नगरप्रमुख लव श्रेष्ठले बताउनुभयो । नगरपालिकाले गत पुस २५ गतेको चौधौ नगरसभाबाट छ महिनाभित्र डम्पिङ साइट टुङ्गो लगाउने निर्णयसमेत गरेको श्रेष्ठको भनाइ छ ।
सो निर्णय भएको चार महिना बितिसक्दा पनि कार्यान्वयनको टुङ्गो लाग्नसकेको छैन । स्थानीय पवन रोक्काले भन्नुभयो,’फोहर बिसर्जनका विकल्पबारे पटकपटक कुरा भएका छन् तर कार्यान्वयन भएका छैनन् । बजारभरीको फोहर बस्ती नजिकैको खोलामा फाल्दा र अव्यवस्थितरूपमा फोहर डढाउँदा निकै समस्या भइरहेका भन्दै गुनासो गरे पनि सुनुवाइ भएको छैन ।’
स्थानीय पवित्रा खड्काले पनि फोहर व्यवस्थापनका लागि पटकपटक गुनासो र विरोधगर्दा समेत समस्या समाधानमा ठोस् पहल नभएको गुनासो गर्नुभयो ।
नजिकका बासिन्दालाई त समस्या छ नै, मन्थली बजारको फोहर तामाकोशी नदी किनारमा फाल्ने र फोहर मिसिएको त्यही पानी सोभन्दा तलका नागरिकले प्रयोग गर्ने गरेका छन् । स्थानीय कृष्णबहादुर सार्कीले नदीको तल्लो तटिए क्षेत्रमा बस्ने नागरिकले अनाहकमा समस्याको भागिदार बन्नुपरेकाले चाडै समस्या समाधान गर्न आग्रह गनुृभयो ।
ज्येष्ठ नागरिक सङ्घका अध्यक्षसमेत रहनुभएका स्थानीय नारायणदाश श्रेष्ठ पनि फोहर बिसर्जनस्थलको विकल्प खोज्नुका साथै अब फोहरबाट मोहर बनाउनसक्ने प्रविधिको उपयोगमा समेत जोडदिन अपरिहार्य रहेको बताउनुहुन्छ ।
Comments
अरु समाचार
-
स्याङ्जा जिप दुर्घटनाका दुई मृतकको पहिचान खुल्यो, १७ घाइतेको उपचार जारी
काठमाडौं । स्याङ्जामा भएको जिप दुर्घटनामा ज्यान गुमाउने दुई मृतकको परिचय खुलेको छ । गल्याङ नगरपालिका–८ करादीमा सोमबार साँझ भएको...
-
युवापुस्ताको मनोविज्ञान बुझेर पार्टीका नीति र कार्यक्रम परिमार्जन गरिनुपर्छ: शंकर पोखरेल
काठमाडौँ । नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेलले प्रविधिसँगै हुर्किएको युवापुस्ताको मनोविज्ञान बुझेर राजनीतिक दलहरूले आफ्ना नीति, कार्यक्रम र कार्ययोजना...
-
विमान उडानमा वैज्ञानिकहरूको नयाँ प्रयास, प्रभावकारी उडानका लागि एआईको प्रयोग
काठमाडौं। विमानले बनाउने लामो समय टिक्ने ‘कन्ट्रेल’ अर्थात विमान आकाशमा उड्दा बन्ने बादलजस्तो धर्का बाट हुने जलवायु प्रभाव घटाउन कृत्रिम...
-
प्रतिनिधिसभाको बैठक: दफावार छलफलका लागि आज विभिन्न विधेयक समितिमा पठाइँदै
काठमाडौँ। सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक सोमबार बस्दैछ । अपराह्न १ बजे बस्ने बैठकमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयसम्बन्धी मौखिक प्रश्नको...
-
अपाङ्गता भएका २४ प्रतिशत बालबालिका अझै विद्यालयबाहिर
काठमाडौं । अपाङ्गता भएका बालबालिकामध्ये २४ प्रतिशत बालबालिकाहरु शिक्षाबाट बञ्चित भएका छन् । भौगोलिक अवस्था, विद्यालयसम्मको पहुँच, अपाङ्गतामैत्री पूर्वाधारको अभाव,...
-
चार प्रदेशमा भारी वर्षाको सम्भावना, बाढी–पहिरोको जोखिम
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा...
-
पदीय मर्यादाविपरित उपसभामुख रुवी पत्रकार श्रेष्ठविरुद्ध आक्रोशित
काठमाडौं । उपसभामुख रुबी कुमारी ठाकुरले आफूविरुद्ध समाचार प्रकाशित भएपछि पदीय मर्यादाविपरीतको अभिव्यक्ति दिँदै जनआस्था साप्ताहिकका अध्यक्ष तथा वरिष्ठ पत्रकार...
-
बारबराका सन्दुककी भतिजी तथा नेपोकिड यांकीलाई वालेन्द्रको उपहार ‘लगानी बोर्डको सीईओ’
लगानी बोर्डको सीईओमा नियुक्त भएकी यांकी उक्याब सन्दुक रुइतको भतिजी रहेको पाइएको छ। तत्कालीन समयमा महाकालीको अञ्चलाधिश नै बनेका जोन...
-
लोकतान्त्रिक मूल्य सुदृढ बनाउन अग्रज नेताको आदर्श आत्मसात् गर्नुपर्छः पूर्वराष्ट्रपति भण्डारी
ललितपुर । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले लोकतान्त्रिक मूल्यमान्यता, नैतिकता, सुशासन र जनउत्तरदायित्वलाई सुदृढ बनाउन अग्रज राजनीतिक व्यक्तित्वहरूको आदर्शलाई आत्मसात् गर्न आवश्यक...












