नेपालको घाँस चीन निर्यात गर्ने सहमतिपत्रमा हस्ताक्षर
काठमाडाैँ । नेपाल र चीनको तिब्बत प्रान्तबीच कृषि सहकारीसम्बन्धी विविध सहमति पत्रमा हस्ताक्षर भएको छ ।
उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठको प्रमुख आतिथ्य तथा सिचाङ (तिब्बत) स्वायत्त क्षेत्रका उपाध्यक्ष लाङ फुकुआनको विशेष आतिथ्यमा राजधानीमा आयोजित एक समारोहबीच उक्त सहमति भएको छ ।
आज बिहानदेखि शुरु भएको सत्रौं नेपाल–तिब्बत आर्थिक तथा व्यापार मेलाको प्रारम्भमा तिब्बतका चौंरी,याक,घोडा र च्याङ्ग्रालाई लामो हिउँदयाममा खुवाउन नेपालबाट विशेष पोषिलो घाँस हेइलेज उत्पादन र खरिद गर्नेलगायत विषयमा सहमति गरिएको हो ।
चितवन र नुवाकोटमा उत्पादित हेइलेज नेपाल क्राउन एग्रिकल्चरल इन्टरप्राइजेजमार्फत् तिब्बतको प्लेटो ब्लु कम्पनीले खरिद गर्ने सम्झौता भएको छ । त्यसैगरी उताको प्लेटो ब्लु कम्पनीबाट नेपालको न्यु होप नेपाल कम्पनीले पशु आहार (दाना) खरिद गर्ने र न्यु होप नेपाल कम्पनीले नेपाल ग्रास कम्पनीलाई जैविक मल उपलब्ध गराउनेसम्बन्धी सम्झौता पनि समारोहमा भएको छ ।
दुई मुलुकका कृषि कम्पनीबीच यताबाट जुनार र सुन्तलासमेत लानेगरी भएका सहमतिले नेपालको कृषि उत्पादन,अनुसन्धान र हेइलेज निर्यातमा ठूलो योगदान पुग्ने बताइएको छ ।
उक्त कार्यमा नेपालका विभिन्न निकाय तथा तिब्बतको वाणिज्य विभागले सहजीकरण गरेको चिनियाँ व्यवसायी चाङ चिन्स्याङ्गले बताए । उनका अनुसार यसनिम्ति तिब्बत प्लेटो अग्रिकल्चर कम्पनीले तिब्बतको कृषि तथा ग्रामीण मामिला विभागबाट सन् २०२३ डिसेम्बरमा व्यावसायिक निर्देशन प्राप्त गरिसकेको छ ।
तिब्बतमा याक तथा पशु उद्योग प्रवर्धनका लागि विशेषगरी हिउँदमा हरियो र पौष्टिक घाँस खुवाउने योजनाअनुसार नेपालबाट हेइलेज खरिद गर्न लागिएको हो । दुई मुलुकका कृषि कम्पनीबीच यताबाट जुनार र सुन्तलासमेत लानेगरी भएका सहमतिले नेपालको कृषि उत्पादन,अनुसन्धान र हेइलेज निर्यातमा ठूलो योगदान पुग्ने बताइएको छ ।
समारोहमा नेपालका लागि चिनियाँ राजदूत छन सोङ,भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहाल,नेपालमा रहेका चिनियाँ व्यवसायीहरु, बैंकर तथा सञ्चारकर्मीहरुको बाक्लो उपस्थिति छ । कार्यक्रममा नेपालको हरियो घाँस हेइलिजको उत्पादनदेखि तिब्बतसम्मको निर्यातबारे छोटो भिडियो प्रदर्शन गरिएको थियो ।
Comments
अरु समाचार
-
बाढी पहिरोले देशका विभिन्न राजमार्गमा सवारी आवागमन प्रभावित
काठमाडौँ– पछिल्लो केही दिनदेखि परिरहेको वर्षा, बाढी, पहिरो र सडक मर्मतका कारण देशका विभिन्न मुख्य राजमार्गहरूमा सवारी आवागमन प्रभावित भएको...
-
रास्वपा महाधिवेशनमा ई–भोटिङ व्यवस्था, विदेशमा रहेका प्रतिनिधिले पनि मतदान गर्न पाउने
चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आगामी महाधिवेशनमा विद्युतीय मतदान प्रणाली प्रयोग गर्ने भएको छ। रास्वपा निर्वाचन आयोगका प्रमुख भुवन...
-
फिफा विश्वकप: हाइटीलाई ३ गोलले पराजित गर्दै ब्राजिल शीर्ष स्थानमा
काठमाडौं । फिफा विश्वकप फुटबलमा ब्राजिलले हैटीलाई ३ गोलले हराएको छ । ब्राजिलले खेलको पहिलो हाफमा नै तीन गोल गर्यो...
-
रविविरुद्धको सङ्गठित अपराध मुद्दा फिर्ता लिन अदालतको अनुमति
काठमाडौँ। जिल्ला अदालत काठमाडौँले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेविरुद्धको सङ्गठित अपराधसम्बन्धी अभियोगको मुद्दा फिर्ता लिन अनुमति दिएको छ...
-
अदालतबाट हुने फैसला सरकारको हार–जित होइन : मुख्य रजिस्ट्रार पौडेल
काठमाडौँ । सर्वोच्च अदालतका मुख्य रजिस्ट्रार विमल पौडेलले अदालतका निर्णयलाई सरकारको जित वा हारका रूपमा व्याख्या गर्नु उपयुक्त नहुने...
-
वनका अधिकारी र चिनियाँ सञ्चालकविरुद्ध साढे चार करोड राजस्व हिनामिनाको उजुरी, अकुत सम्पत्ति छानिबनको माग
कुश्मा। पर्वतको कुश्मा नगरपालिका–५ मा सञ्चालित ‘छिफु बायोटेक्नोलोजी (Xifu Biotechnology) प्रा.लि. र गण्डकी प्रदेशका वन प्रशासनका उच्च अधिकारीहरूबीचको अपवित्र गठबन्धन...
-
चेक रिपब्लिक र दक्षिण अफ्रिकाले बराबरी खेले, क्यानडा र स्वीजरल्याण्डको जीत
काठमाण्डौ । विश्वकप फुटबलमा क्यानडाले समूह बी को दोस्रो खेलमा ऐतिहासिक जित निकालेको छ । क्यानडाले कतारलाई ६–० ले हरायो...
-
३३ विशेष अभियानसहित पोखरा महानगरको वार्षिक नीति तथा कार्यक्रम सार्वजनिक
पोखरा । पोखरा महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि वार्षिक नीति तथा कार्यक्रम बिहीबार सार्वजनिक गरेको छ । मेयर...
-
त्रिभुवन विमानस्थलबाट २७ महिला रोकिए, मानव बेचबिखनमा परेको आशंका
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट विदेश जान लागेका २७ महिलालाई मानव बेचबिखनको आशंकामा रोकिएको छ। बुधबार उनीहरूलाई विदेश लैजान खोजिएको...











