विधेयक पारित नगरी अन्त्य भयो कर्णाली प्रदेशसभाको तेस्रो अधिवेशन
काठमाडौं । कर्णाली प्रदेशसभाको तेस्रो अधिवेशन ११ वटा बैठक बसेर अन्त्य गरिएको छ । बैठकले कुनै पनि विधेयक पारित गर्न नसकी अन्त्य भएको हो । फागुन ३० गतेदेखि सुरु भएको दोस्रो कार्यकालको तेस्रो बैठकबाट विभिन्न विधेयक पारित हुने गरी बिजनेस पाउने भनिए पनि सरकारको फेरबदलले कुनै पनि विधेयक पारित हुन नसकी गए राति १२ बजेदेखि लागू हुने गरी अधिवेशन अन्त्य गरिएको हो ।
यो अधिवेशनमा मुख्यमन्त्री यामलाल कँडेलले विश्वासको मत लिनुभयो भने प्रदेश खेलकुद विकास ऐन ०७६ लाई संशोधन गर्न बनेको विधेयक, कर्णाली प्रदेश प्रहरी सेवा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक र कर्णाली प्रदेशको विद्युत् सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०८०, विषयगत समितिमा विचाराधीन अवस्थामा रहेका छन् । यी विधेयक संसद्मा टेबल नै हुन पाएनन् ।
प्रदेश प्रमुख तिलक परियारले दोस्रो कार्यकालको तेस्रो अधिवेशन अन्त्य गरिएको पत्र प्रदेशसभा सचिवालयमा पठाउनुभएको थियो । संविधानको धारा १८३ को उपधारा २ बमोजिम अधिवेशन अन्त्य गरिएको पत्र सभामुख नन्दा गुरुङले पढेर संसद्लाई जानकारी गराउनुभएको थियो । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले अधिवेशन अन्त्य गर्ने निर्णय गरेको थियो ।
Comments
अरु समाचार
-
रास्वपाकाे सचिवालयको बैठक बस्दै
काठमाडौं । विभिन्न समसामयिक विषयमा छलफल गर्नका लागि आज राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सचिवालय बैठक बस्ने भएको छ ।सो पार्टीका...
-
राजनीतिक नियुक्ति खारेजी हुँदै, को जोगिए- को पदमुक्त हुँदैछन् ?
काठमाडाैं । राष्ट्रपति रामचन्द्र पाैडेलले जारी गरेको सार्वजनिक पदाधिकारीको पदमुक्ति सम्बन्धी विशेष व्यवस्था अध्यादेश, २०८३ ले अब राजनीतिक नियुक्ति लिएका...
-
‘सम्पत्ति छानबिन आयोग विघटन भए अख्तियारमा अभिलेख बुझाउने व्यवस्था’
काठमाडौं । गत वैशाख २ गते सर्वोच्च अदालतका पूर्वन्यायाधीश राजेन्द्रकुमार भण्डारीको संयोजकत्वमा गठित पाँच सदस्यीय सम्पत्ति छानबिन आयोगसम्बन्धी कार्यदेश सार्वजनिक...
-
चीन–नेपाल सुरक्षा सहकार्यमा जोड
काठमाडौं । नेपालका लागि चीनका राजदूत चाङ माओमिङले चीन–नेपाल सुरक्षा सहकार्यमा जोड दिँदै त्यसलाई अझ सुदृढ बनाउन हरसम्भव प्रयत्न गर्ने...
-
आयोगलाई राष्ट्रपति, प्रधानमन्त्रीदेखि निजी सचिवसम्मको सम्पति छानबिन गर्ने बाटो खुल्यो
काठमाडौं । सम्पति छानबिन आयोगले राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्रीदेखि निजी सचिवसम्मको सम्पति छानबिनको काम अघि बढाउने बाटो खुलेको छ । गत...
-
कांग्रेस नेता डा. शेखर कोइराला समूहको बैठक बस्दै
काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला समूहको बैठक बस्दैछ । कोइरालाले आफ्नो समूहको बागमती प्रदेशस्तरी भेला बोलाएका हुन्...
-
अध्यादेश सम्बन्धमा संविधानविद्हरूसँग राय लिँदै राष्ट्रपति पौडेल
काठमाडौं । सरकारले संसद् रोकेर एकैपटक ६ वटा अध्यादेश सिफारिस गरेपछि अप्ठेरोमा परेका राष्ट्रपति रामचन्द्र पौडेलले संविधान र कानुविद्हरूसँग परामर्श...
-
कांग्रेस सभापति गगनले सरकारलाई दिए चेतावनी, भने- रवैया देखाइरहे मुठी कसेर सडकमा आउँछौँ
काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले सरकारले मधेशका जनताको अधिकार खोसेको बताएका छन्। सर्लाही पुगेका थापाले पार्टीको कार्यक्रममा...
-
सम्पत्ति छानविन आयोगको टीओआर तयार: “महाअभियाेग लागेका पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेरदेखि लोकमानसिंह कार्की र दीप बस्न्यातसम्म आयाेगकाे राडारमा”
सम्पत्ति छानविन आयोगको टीओआर तयार: "महाअभियाेग लागेका पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेरदेखि लोकमानसिंह कार्की र दीप बस्न्यातसम्म आयाेगकाे राडारमा” काठमाडाैं । वालेन्द्र...












