आजको राशिफल: २०८१ वैशाख २० गते बिहीवार
मेषः आफ्नो क्षेत्रमा प्रभुत्व जमाउँदै दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ। लगनशीलताले विभिन्न अवसर दिलाउनेछ। विशिष्ट व्यक्तिहरूसँग मित्रता बढ्नेछ। दिउँसोदेखि गुमेको स्थान प्राप्त हुनाले आफ्नो वर्चस्व समेत बढ्नेछ। आयआर्जनका नयाँ स्रोतसमेत फेला पर्नेछन्। पुरानो समस्या सुल्झानाले विभिन्न अवसर प्राप्त हुनेछन्। मिहिनेतले नाम, दाम र इनाम दिलाउन सक्छ।
वृषः बिहानभरि अरूका समस्या सुल्झाउन अलमलिनुपर्ला। पेसा–व्यवसायमा पुराना समस्या टार्दैमा समय बित्नेछ। तापनि सामाजिक कामले अवसर दिलाउन सक्छ। आध्यात्मिक चेतनाले धर्मकर्म र सेवामा प्रवृत्त गराउनेछ। दिउँसोदेखि स्थितिमा सुधार आउनेछ। कामको यश लिने सौभाग्य प्राप्त हुनेछ। शुभचिन्तकहरूले साथ दिनेछन् भने भविष्यका लागि कर्मनिश्चय गर्ने समय छ।
मिथुनःअस्वस्थताले काममा बाधा पुग्न सक्छ। खर्च र चुनौतीको समय रहेको हुँदा अलि सजग रहनुपर्ला। समस्या दर्साउँदा सहयोगीहरूले साथ दिनेछन् भने बुद्धिको उपयोगले लक्ष्य पहिल्याउन सकिनेछ। दिउँसोदेखि स्थिति अनुकूल बन्दै जानेछ। श्रम परे पनि लगनशीलताले केही उपलब्धि दिलाउन सक्छ। समयमा काम सम्पादन गर्न नसकिए पनि दिगो योजना बनाउन सकिनेछ।
कर्कटः रमाइलो यात्रा गर्ने समय छ। आकर्षक उपहारले उत्साह जगाउनेछ। विशेष काममा बिहानको समय अनुकूल रहनेछ। तारिफयोग्य काम सम्पादन हुनाले प्रशंसकहरू बढ्नेछन्। दिउँसोदेखि काम बिग्रने भयले सताउनेछ भने न्यून उपलब्धिमा चित्त बुझाउनुपर्ला। स्वास्थ्यका लागि आहारविहारमा ध्यान पुर्याउनुहोला। समयमा सजग नहुँदा कर्मफल अरूले हत्याउने चेष्टा गर्नेछन्।
सिंह ः प्रयत्न गर्दा लक्ष्यमा पुग्न सकिनेछ। मेहनतले प्रतिस्पर्धाको दौड जिताउन सक्छ। परिस्थितिसँग केही सम्झौता गर्नुपरे पनि अधिकार र प्रतिष्ठा जोगाउन सफल भइनेछ। दिगो फाइदा हुने काम सुरु हुन सक्छ। दिउँसोदेखि विभिन्न अवसरले पछ्याउनेछन्। रमाइलो व्यापारिक यात्रा हुनेछ। आकर्षक उपहारले काममा उत्साह जगाउनेछ। ज्ञान, कला र व्यक्तित्वमा पनि निखारता आउनेछ।
कन्या : बिहानको समय सानोतिनो समस्यामा अलमलिनुपर्ला। कमजोर नतिजा सच्याउन काम दोहोर्याउनुपर्ने देखिन्छ। मिहिनेतीहरूका लागि दिन उत्साहजनक नै रहनेछ। बुद्धिको उपयोगले समस्या सुल्झाउन सकिनेछ। दिउँसोदेखि स्थिति अनुकूल बन्नेछ। प्रतिस्पर्धामा विजयी भइनेछ भने ईर्ष्या गर्नेहरूले हार खानेछन्। पराक्रमद्वारा अधिकार स्थापित हुनेछ। यात्रा गर्दा स्वास्थ्यमा ध्यान दिनुहोला।
तुलाः अरूको फाइदाका लागि उपयोग भइनेछ भने आफ्ना लागि परिस्थिति प्रतिकूल रहनेछ। आफ्नैले धोका दिन सक्छन्। हिस्सेदारसँग असमझदारी बढ्नाले पहिलेको सम्झौता भंग हुन सक्छ। बेसुरमा वचन दिने बानीले समस्या निम्त्याउला। दिउँसोदेखि स्थितिमा सुधार आउनाले समस्या सुल्झाउन सकिनेछ। पहिलेका कमजोरी सुधार गर्ने अवसर प्राप्त हुनेछ। अध्ययनमा प्रगति हुनेछ।
वृश्चिकः काम गर्न बिहानको समय अनुकूल रहनेछ। भौतिक साधन जुटाउन सकिनेछ। प्रतिस्पर्धीहरूले हार खानेछन् भने मिहिनेतको फल प्राप्त हुनेछ। पेसा–व्यवसायमा फाइदा हुनेछ। सेवामूलक कामबाट प्रतिष्ठा पाइनेछ। दिउँसोदेखि आफ्नै समस्याले काम रोकिन सक्छ। नजिकका साथीभाइ टाढिनाले एक्लोपना अनुभूति हुनेछ। व्यसायमा काम बिग्रनाले केही दौडधुप गर्नुपर्नेछ।
धनु ः आत्मविश्वासको कमीले पछि परिनेछ। बेसुरमा वचन दिने बानीले समस्या निम्त्याउनेछ। शुभचिन्तकको सुझावलाई बेवास्ता गर्दा दुस्ख पाइनेछ। दिउँसोदेखि नयाँ योजनातर्फ अग्रसर भइनेछ। उद्योग र व्यापारमा विशेष फाइदा हुने ग्रहयोग छ। रोकिएको काम बन्नेछ। नयाँ काम सुरु गर्ने समय छ। राम्रो कर्मफल प्राप्त हुनाले मन प्रसन्न रहनेछ। विभिन्न सहयोग र उपहार पाइनेछ।
मकरः इच्छाशक्ति बढ्नुका साथै कीर्तिमानी कामको यश लिने अवसर प्राप्त हुनेछ। समय फुर्सदिलो देखिए पनि रचनात्मक कार्य शुभारम्भ गर्न सकिनेछ। पारिवारिक जमघटका बीच स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ। विभिन्न अवसर प्राप्त हुनुका साथै दैनिकीमा परिवर्तन आउनेछ। दिउँसोदेखि बजार निस्कँदा अधिक खर्च हुन सक्छ। सोखले अनावश्यक किनमेलमा खर्च बढाउन सक्छ।
कुम्भः अरूको उक्साहटमा लाग्दा अधिक खर्च हुनेछ। अवसरका लागि कडा परिश्रम गर्नुपर्ला। विदेश ताक्नेहरूलाई यात्राको प्रक्रिया अघि बढ्नेछ। छर–छिमेकमा केही असमझदारी देखिएला। दिउँसोदेखि स्थितिमा सुधार आउनेछ। आफन्तसँग भेटघाट हुनुका साथै स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ। नयाँ कामको प्रस्ताव आउनेछ भने सहयोगी जुट्नाले काममा उत्साह जाग्नेछ।
मीनः बिहानको समय फलदायी रहनेछ। व्यापार, साझेदारी र सट्टापट्टामा लाभ मिल्नेछ। श्रमको उचित मूल्य पाइनेछ। आम्दानी बढ्नेछ। काम बन्नुका साथै जिम्मेवारी पनि बढ्नेछ। दिउँसोदेखि अवसरका लागि दौडधुप गर्नुपर्ला। व्यवसायमा थप लगानी आवश्यक पर्नेछ। भैपरी आउने समस्याले खर्च बढ्नेछ भने खर्च गर्ने बानीले सञ्चित रकम सकिनेछ। पछिका लागि केही वस्तु त्याग्नुपर्ला।
Comments
अरु समाचार
-
दुबईबाट पोखरा अवतरण गरेको ‘फ्लाई दुबई विमान’लाई गरियो भव्य स्वागत
काठमाडौं । फ्लाई दुबईमार्फत पहिलो पटक पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको विमान तथा यात्रुलाई भव्य स्वागत गरिएको छ । असोज...
-
फेसबुक र इन्स्टाग्राममा ठगीविरुद्ध मेटाको अभियान, ३७ लाखभन्दा बढीमाथि कारबाही
सिङ्गापुर । सामाजिक सञ्जाल कम्पनी मेटाले सिंगापुर प्रहरीबाट प्राप्त सूचनाका आधारमा यस वर्ष अहिलेसम्म ठगीसँग सम्बन्धित ३७ लाखभन्दा बढी अकाउन्ट,...
-
त्रिपुरेश्वर आत्मदाह मृत्यु प्रकरणमा निष्पक्ष छानबिन र न्यायको माग
काठमाडौं । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–३ निवासी अर्जुन दोङको मृत्यु प्रकरणमा निष्पक्ष छानबिन र न्यायको माग गर्दै नेपाल यातायात स्वतन्त्र मजदुर...
-
बाढी पीडितलाई विद्युत महसुलमा राहत, न्यूनतम बिलिङदेखि निःशुल्क मिटरसमेत
काठमाडौं। सरकारले बहालवाला सुरक्षाकर्मीहरूलाई जलविद्युत् आयोजनाको प्राथमिक शेयर (आईपीओ) मा २ प्रतिशत सहभागिता सुनिश्चित गर्ने कानुनी व्यवस्था मिलाउन प्रक्रिया अघि...
-
पार्टी संगठित अभियानमा कांग्रेस, आज देशैभर पालिका तहको अधिवेशन
काठमाडौँ । नेपाली कांग्रेसले आज देशैभर पालिका तहको अधिवेशन गर्दैछ । सो पार्टीको १५औँ महाधिवेशनअन्तर्गत स्थानीय तहको सांगठनिक संरचना निर्माण...
-
सामान्य यात्रु झैं जहाज चढेर अमेरिका गए बालेन, बिदाई गर्ने दुईजना मात्रै
काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह सामान्य यात्रु झैं जहाज चढेर अमेरिका प्रस्थान गरेका छन् । प्रम शाहलाई बिदाई गर्ने दुईजना...
-
एमाले अध्यक्ष ओलीको प्रतिवेदनप्रति नेताहरुको समर्थन, बुधबार सचिवालय बैठक
काठमाडाैं। नेकपा एमालेका महासचिव शंकर पोखरेलले आफूले अध्यक्ष केपी शर्मा ओलीलाई पदबाट हटाउन नखोजेको र पुनर्गठनका लागि दिएको सुझावलाई गलत...
-
यूएन महासभामा सहभागी हुन आज न्यूयोर्क जाँदै प्रधानमन्त्री, जलवायु न्याय र हिमाली मुद्दा प्राथमिकतामा
काठमाडौं। प्रधानमन्त्री बालेन्द्र शाह संयुक्त राष्ट्रसंघको महासभाको ८१औँ सत्रअन्तर्गतको ‘उच्चस्तरीय सप्ताह’ मा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज मंगलबार अमेरिकाको न्युयोर्क...
-
नागरिकता सम्बन्धी मुद्दामा विशेष अदालतको नजिरयुक्त फैसला: तथ्य र प्रमाणबिनाको आरोपबाट न्यायको जित
काठमाडौं । नागरिकता र झुठो लिखत सम्बन्धी बहुचर्चित मुद्दामा विशेष अदालतले वस्तुनिष्ठ प्रमाण र कानुनको न्यायसम्मत व्याख्या गर्दै सकारात्मक एवम्...












