प्रधानमन्त्री प्रचण्डले उपेन्द्रलाई भने: मिलेर जानुस्, फुट्नु राम्रो होइन
काठमाडाैँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सत्तारूढ जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवबीच बालुवाटारमा छलफल भएको छ।
मंगलबार बिहान उनीहरूबीच कुराकानी भएको हो। यादव उपप्रधान, स्वास्थ्य तथा जनसंख्या मन्त्री पनि छन्। यादव अमेरिका भ्रमणमा रहेका बेला उनको दल विभाजन भएर अशोक राई नेतृत्वमा जनता समाजवादी गठन भएको थियो।
गए राति स्वदेश फर्किएका यादवले मंगलबार बिहान बालुवाटार पुगेर प्रधानमन्त्री दाहालसँग छलफल गरेका हुन्। आफूले प्रधानमन्त्री दाहालसँग कुराकानी गरेको यादवले जानकारी दिए। थप कुरा उनले खुलाएनन्।
प्रधानमन्त्री दाहालसँग यादवले आफ्नो दल विभाजन हुन पुगेको विषयमा कुरा गरेका थिए। त्यसमा प्रधानमन्त्री दाहालले कुनै पनि दल फुट्नु राम्रो नहुने र सत्ता गठबन्धनभित्रै रहेको दल जसपा नेपाल फुट्नु झन् राम्रो नभएको प्रतिक्रिया दिएका थिए।
‘दलहरू फुट्नु राम्रो होइन। झन् सत्ता गठबन्धनभित्रै रहेको दल जसपा नेपाल फुट्नु राम्रो होइन,’ प्रधानमन्त्रीले यादवसँग भनेका कुरा उद्धृत गर्दै प्रधानमन्त्रीको सचिवालयका एक सदस्यले भने, ‘कुनै पनि दल फुटाउन जोड गर्न हुन्न। म त मिलेर जानुपर्छ भन्छु। तपाईंहरू पनि मिलेरै जानुस्, आपसमा छलफल गर्नुहोस्।’
प्रतिनिधि सभामा १२ सांसद रहेको जसपा नेपाल आइतबार विभाजन भएको थियो। अशोक राईसहित ७ जना सांसद मिलेर जनता समाजवादी गठन गरेका थिए। नयाँ दललाई सोमबार निर्वाचन आयोगले मान्यता दिएको छ।
यादव नेतृत्वको जसपा नेपालले भने संसद अधिवेशन आह्वान भइसकेको र दल विभाजनसम्बन्धी अध्यादेश खारेज रहेको अवस्थामा नयाँ दल दर्ता नहुने बताइरहेको छ। साथै उसले कानूनी उपचार खोज्ने विषयमा अनौपचारिक कुराकानी भइरहेको जनाएको छ।
Comments
अरु समाचार
-
बाढी पहिरोले देशका विभिन्न राजमार्गमा सवारी आवागमन प्रभावित
काठमाडौँ– पछिल्लो केही दिनदेखि परिरहेको वर्षा, बाढी, पहिरो र सडक मर्मतका कारण देशका विभिन्न मुख्य राजमार्गहरूमा सवारी आवागमन प्रभावित भएको...
-
रास्वपा महाधिवेशनमा ई–भोटिङ व्यवस्था, विदेशमा रहेका प्रतिनिधिले पनि मतदान गर्न पाउने
चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आगामी महाधिवेशनमा विद्युतीय मतदान प्रणाली प्रयोग गर्ने भएको छ। रास्वपा निर्वाचन आयोगका प्रमुख भुवन...
-
फिफा विश्वकप: हाइटीलाई ३ गोलले पराजित गर्दै ब्राजिल शीर्ष स्थानमा
काठमाडौं । फिफा विश्वकप फुटबलमा ब्राजिलले हैटीलाई ३ गोलले हराएको छ । ब्राजिलले खेलको पहिलो हाफमा नै तीन गोल गर्यो...
-
रविविरुद्धको सङ्गठित अपराध मुद्दा फिर्ता लिन अदालतको अनुमति
काठमाडौँ। जिल्ला अदालत काठमाडौँले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेविरुद्धको सङ्गठित अपराधसम्बन्धी अभियोगको मुद्दा फिर्ता लिन अनुमति दिएको छ...
-
अदालतबाट हुने फैसला सरकारको हार–जित होइन : मुख्य रजिस्ट्रार पौडेल
काठमाडौँ । सर्वोच्च अदालतका मुख्य रजिस्ट्रार विमल पौडेलले अदालतका निर्णयलाई सरकारको जित वा हारका रूपमा व्याख्या गर्नु उपयुक्त नहुने...
-
वनका अधिकारी र चिनियाँ सञ्चालकविरुद्ध साढे चार करोड राजस्व हिनामिनाको उजुरी, अकुत सम्पत्ति छानिबनको माग
कुश्मा। पर्वतको कुश्मा नगरपालिका–५ मा सञ्चालित ‘छिफु बायोटेक्नोलोजी (Xifu Biotechnology) प्रा.लि. र गण्डकी प्रदेशका वन प्रशासनका उच्च अधिकारीहरूबीचको अपवित्र गठबन्धन...
-
चेक रिपब्लिक र दक्षिण अफ्रिकाले बराबरी खेले, क्यानडा र स्वीजरल्याण्डको जीत
काठमाण्डौ । विश्वकप फुटबलमा क्यानडाले समूह बी को दोस्रो खेलमा ऐतिहासिक जित निकालेको छ । क्यानडाले कतारलाई ६–० ले हरायो...
-
३३ विशेष अभियानसहित पोखरा महानगरको वार्षिक नीति तथा कार्यक्रम सार्वजनिक
पोखरा । पोखरा महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि वार्षिक नीति तथा कार्यक्रम बिहीबार सार्वजनिक गरेको छ । मेयर...
-
त्रिभुवन विमानस्थलबाट २७ महिला रोकिए, मानव बेचबिखनमा परेको आशंका
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट विदेश जान लागेका २७ महिलालाई मानव बेचबिखनको आशंकामा रोकिएको छ। बुधबार उनीहरूलाई विदेश लैजान खोजिएको...











