अनेरास्ववियुको विद्यार्थी महोत्सवको तयारी पूरा, एक लाख विद्यार्थी सहभागी हुँदै
काठमाडाैँ । । नेकपा एमालेको विद्यार्थी संगठन अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)ले पहिलोपटक राजधानी काठमाडौंमा आयोजना हुन लागेको विद्यार्थी महोत्सवको तयारी पूरा गरेको छ ।
जेठ १ देखि ३ गतेसम्म भृकुटीमण्डपमा हुन लागेको महोत्सवको सम्पूर्ण तयारी पूरा भएको आयोजकले जानकारी गराएको हो ।
देशभर रहेका पाँच सय वटा शैक्षिक संस्थाबाट एक लाख विद्यार्थीलाई महोत्सवमा सहभागी गराउने लक्ष्य राखिएको अनेरास्ववियुका उपाध्यक्ष एवं महोत्सव मुल आयोजक समितिका संयोजक धर्म गिरीले जानकारी दिए । विद्यार्थीका लागि यो अति नै उपयोगी हुने र विद्यार्थीलाई देशमै केही गर्न सकिन्छ भन्ने खालको सकरात्मक सन्देश दिनका लागि पनि महोत्सव कोशेढुंगा सावित हुने उनले बताए ।
देशभरका विद्यार्थीका विभिन्न नविनतम प्रतिभा महोत्सव स्टलमा राखिने जनाइको छ । महोत्सव अविधभर निःशुल्क स्वास्थ्य शिविर, सात वटै प्रदेशबाट साँस्कृतिक एक्सपोसमेत संचालन हुनेछ । विभिन्न क्षेत्रका तीन सय वटा स्टल रहनेछन् । सामुदायिक र सरकारी विद्यालयलाई स्टल निःशुल्क रुपमा व्यवस्था गरिएको संंयोजक गिरीले जानकारी दिए ।
उनका अनुसार नेपालको शिक्षा प्रणाली, जागिरका लागि परामर्श, युवा विद्यार्थीलाई संसदीय प्रणालीबाट जानकारी लगायत विषयमासमेत सामूहिक छलफल गरिनेछ । महोत्सव अवधिभर दिउँसो तीन बजेदेखि साँझ सातबजेसम्म सांस्कृतिक कार्यक्रमसमेत संचालन हुनेछ ।
महोत्सवमा विद्यार्थी आन्दोलनलाई रचनात्मक गतिविधिसँग जोड्ने, विद्यार्थीको बहुआयामिक प्रतिभालाई उजागर गर्ने, युवामा रहेको कला, संस्कृति, सूचना प्रविधि र विज्ञानमा विद्यार्थीका कामका बारेमा पनि जानकारी गराइने आयोजकले जनाएको छ । विद्यार्थी महोत्सव सञ्चालन अवधिभर ६० देखि ७० लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ ।
महोत्सवको उद्घाटन पूर्व प्रधानमन्त्री एवम नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले गर्ने तयारी छ ।
Comments
अरु समाचार
-
नेपाली मदिराको लोगो वा ट्रेडमार्कमा ‘Scotch’ वा ‘Scottish’ शब्द प्रयोग गर्न नपाइने: सर्वोच्च
काठमाडौं । नेपालमा उत्पादित मदिराजन्य पेय पदार्थको ट्रेडमार्क वा लोगोमा अन्तर्राष्ट्रिय रूपमा संरक्षित भौगोलिक संकेत (Geographical Indication- GI) का रूपमा...
-
पदीय मर्यादाविपरित उपसभामुख रुवी पत्रकार श्रेष्ठविरुद्ध आक्रोशित
काठमाडौं । उपसभामुख रुबी कुमारी ठाकुरले आफूविरुद्ध समाचार प्रकाशित भएपछि पदीय मर्यादाविपरीतको अभिव्यक्ति दिँदै जनआस्था साप्ताहिकका अध्यक्ष तथा वरिष्ठ पत्रकार...
-
वरिष्ठ पत्रकार किशोर श्रेष्ठ पक्राउ
काठमाडौं । जनआस्था साप्ताहिकका अध्यक्ष तथा वरिष्ठ पत्रकार किशोर श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ। श्रेष्ठलाई बुधबार साँझ ललितपुरस्थित निवास नजिकबाट...
-
बारबराका सन्दुककी भतिजी तथा नेपोकिड यांकीलाई वालेन्द्रको उपहार ‘लगानी बोर्डको सीईओ’
लगानी बोर्डको सीईओमा नियुक्त भएकी यांकी उक्याब सन्दुक रुइतको भतिजी रहेको पाइएको छ। तत्कालीन समयमा महाकालीको अञ्चलाधिश नै बनेका जोन...
-
उपत्यकामा श्रृंखलाबद्ध सिक्री लुट्ने ‘कर्मा समूह’का नाइकेसहित पाँच पक्राउ
काठमाडौं । उपत्यकाका विभिन्न स्थानमा श्रृंखलाबद्ध रूपमा सुनका सिक्री तथा नगद लुटपाटमा संलग्न ‘कर्मा समूह’का नाइकेसहित पाँच जनालाई प्रहरीले पक्राउ...
-
लोकतान्त्रिक मूल्य सुदृढ बनाउन अग्रज नेताको आदर्श आत्मसात् गर्नुपर्छः पूर्वराष्ट्रपति भण्डारी
ललितपुर । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले लोकतान्त्रिक मूल्यमान्यता, नैतिकता, सुशासन र जनउत्तरदायित्वलाई सुदृढ बनाउन अग्रज राजनीतिक व्यक्तित्वहरूको आदर्शलाई आत्मसात् गर्न आवश्यक...
-
विश्वकप २०२६: समूह चरण सकियो, अन्तिम ३२ टोलीको भिडन्त तय
काठमाडौं । ४८ टोली सहभागी पहिलो पटकको विस्तारित विश्वकप फुटबलको समूह चरण सम्पन्न भएसँगै नकआउट चरणमा पुग्ने अन्तिम ३२ टोलीको...
-
BREAKING: एमाले उपाध्यक्ष विष्णु पाैडेल पक्राउ
काठमाडाैं। नेकपा एमालेका उपाध्यक्ष विष्णु पाैडेललाई सम्पत्ति शुद्धिकरण विभागले पक्राउ गरेको छ। एमाले उपाध्यक्ष पाैडेललाई विभागले सम्पत्ति शुद्धिकरणको अभियोगमा अनुसन्धानका...
-
व्यवसायिक कारोबारलाई अपराधीकरण गर्दै राज्यले प्रतिशोधपूर्ण ढंगले प्रस्तुत गर्योः दीपक भट्ट
काठमाडौं । सम्पत्ति शुद्धीकरण तथा धितोपत्र कारोबारसँग सम्बन्धित अनुसन्धानमा मुछिएका व्यवसायी दीपक भट्टले आफूविरुद्ध लगाइएका आरोपहरू अस्वीकार गर्दै राज्य निकायले...












