आईपीएल: मुम्बईलाई पराजित गरेसँगै कोलकाता शीर्ष स्थानमा
काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा शीर्ष स्थानको कोलकाता नाइट राइडर्सले मुम्बई इन्डियन्सलाई १८ रनले पराजित गरेको छ। वर्षाले अवरुद्ध भएपछि १६ ओभरमा छुट्याइएको खेलको सुरुमा ब्याटिङ गरेको कोलकाताले दिएको १५८ रनको लक्ष्य पूरा गर्न नसक्दा प्लेअफ दौडबाट बाहिरिएको मुम्बई आठ विकेट गुमाउँदै १३९ रनमा समेटिएको हो।
जितसँगै कोलकाता शीर्ष स्थानमा रहँदै १८ अंकका साथ प्लेअफमा पुगेको छ। मुम्बई भने प्लेअफको दौडबाट यसअघि नै बाहिरिसकेको टिम हो। उसले १३ खेल खेल्दा ९ खेल गुमाएको छ। टस जितेर मुम्बईले ब्याटिङको निम्तो दिएको खेलमा कलकाताका सुरुवाती ब्याट्सम्यान सस्तैमा समेटिएका थिए। उसका लागि वेंकटेश अय्यरले सर्वाधिक ४२ रन बनाए। नितिश राना ३३ रनमा आउट हुँदा आन्द्रे रसेल २४ र रिंकु सिंह २० रन बनाएर आउट भएका थिए।
उसका लागि रमनदीप सिंह १७ रनमा नटआउट रहे। ओपनर फिल साल्टले ५ बलमा ६ रन बनाउँदा सुनिल नारायन पहिलो बलमै आउट भएका थिए। मुम्बईले कोलकातालाई १६ ओभरमा ७ विकेट हात पार्दै १५७ रनमा समेटेको थियो। उसका लागि जसप्रित बुमराह र पियुष चावलाले समान दुईदुई विकेट लिँदा अंशुल कम्बोज र नुवान तुषाराले एकएक विकेट हात पारेका थिए।
कोलकाताले दिएको १५८ रनको लक्ष्य पछ्याएको मुम्बईका लागि इशन किसनले सर्वाधिक ४० रन जोडे भने तिलक बर्माले ३२ रन बनाए। रोहित शर्मा १९, नमन धिर १७ रनमा आउट हुँदा सूर्यकुमार यादवले ११ रन मात्र जोडे। अन्य ब्याट्सम्यानले भने दोहोरो रन जोड्न सकेनन्। कप्तान हार्दिक पाण्डेयले ४ बल खेलेर २ रन जोडेका थिए।
मुम्बईलाई सस्तैमा समेट्न कोलकाताका हर्षित राना, वरुण चक्रवर्ती र आन्द्रे रसेलले समान दुई/दुई विकेट हात पारे भने सुनिल नारायनले १ विकेट लिए। आईपिएलको यो सिजनमा अब मुम्बईले अब एउटा मात्र खेल खेल्न बाँकी छ। शीर्ष स्थानको कोलकाताले भने अझै दुई खेल खेल्नेछ।
Comments
अरु समाचार
-
केवाइसी इलेक्ट्रीक भ्यानका सेवा देशभरका १२ स्थानबाट उपलब्ध : इलेक्ट्रि ड्रिम्स मोबिलिटी प्रा.लि.
काठमाडौं । नेपालका लागि केवाइसी ब्राण्डका इलेक्ट्रीक भ्यानको आधिकारिक वितरक 'इलेक्ट्रि ड्रिम्स मोबिलिटी प्रालि'ले देशभरका आफ्ना सेवा केन्द्रहरू निरन्तर संचालनमै...
-
चलचित्र पत्रकार दिनेश सिटौलाको उपचारका क्रममा निधन
काठमाडौं । चलचित्र पत्रकार संघ नेपालका निवर्तमान अध्यक्ष दिनेश सिटौलाको उपचारका क्रममा निधन भएको छ । उनकाे ग्राण्डी अस्पतालमा आज...
-
‘गैरबैंकिङ वित्तीय संस्थाहरूको नियमनका लागि छुट्टै नियामक निकाय’
काठमाडौं । कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष र सामाजिक सुरक्षा कोषजस्ता मुलुकका प्रमुख गैरबैङ्किङ वित्तीय संस्थाहरूको नियमन र अनुगमनका...
-
निर्वाचन ३२ दिन बाँकी : पन्ध्र जिल्लाको १८ निर्वाचन क्षेत्रको मतपत्र छपाइ सम्पन्न
काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फको १५ जिल्लाको मतपत्र छपाइको काम सम्पन्न भएको छ...
-
नेपाल-चीन मैत्रीपूर्ण महिला फुटबलः नेपालद्वारा चीन ३–१ गोल अन्तरले पराजित
काठमाडौं । नेपाल र चीनबीच भएको मैत्रीपूर्ण महिला फुटबलमा नेपालले जित हासिल गरेको छ । चिनियाँ नयाँ वर्षको अवसरमा शनिबार...
-
माघ १७ गते राजा महेन्द्रको अपत्यारिलो अवसान भएको दिन !
२०२८ सालको माघ ३ गते साधारण अवस्थाका राजा महेन्द्र भरतपुरका लागि निस्किएका थिए । यो भ्रमण करिव एक महिनाको लागि...
-
मौसमले साथ दिँदा सुन्तला उत्पादनमा वृद्धि, यसवर्ष २६ करोड ९० लाख बराबरको बिक्री
ढोरपाटन (बागलुङ) । यस वर्ष बागलुङमा रु २६ करोड ९० लाखको सुन्तला उत्पादन भएको छ । सुन्तला खेतीप्रति किसानको आकर्षण...
-
निर्वाचन ३३ दिन बाँकी : आचारसंहिता पालना गराउन आयोग सक्रिय, २१ स्पष्टीकरण सोधियो
काठमाडौं । निर्वाचन आयोगले आचारसंहिता उल्लघंनलाई नियन्त्रण गर्ने प्रयास गरिरहेको छ । फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा...
-
वीरगञ्ज हुँदै महिनामा ११ अर्ब ५७ करोड मूल्यका १६ थरिका खाद्य पदार्थ आयात
वीरगञ्ज (पर्सा) । वीरगञ्ज हुँदै चालु आर्थिक वर्षको छ महिनामा ११ अर्ब ५७ करोड मूल्यका १६ थरिका खाद्य पदार्थ आयात...











