आईपीएल: मुम्बईलाई पराजित गरेसँगै कोलकाता शीर्ष स्थानमा
काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा शीर्ष स्थानको कोलकाता नाइट राइडर्सले मुम्बई इन्डियन्सलाई १८ रनले पराजित गरेको छ। वर्षाले अवरुद्ध भएपछि १६ ओभरमा छुट्याइएको खेलको सुरुमा ब्याटिङ गरेको कोलकाताले दिएको १५८ रनको लक्ष्य पूरा गर्न नसक्दा प्लेअफ दौडबाट बाहिरिएको मुम्बई आठ विकेट गुमाउँदै १३९ रनमा समेटिएको हो।
जितसँगै कोलकाता शीर्ष स्थानमा रहँदै १८ अंकका साथ प्लेअफमा पुगेको छ। मुम्बई भने प्लेअफको दौडबाट यसअघि नै बाहिरिसकेको टिम हो। उसले १३ खेल खेल्दा ९ खेल गुमाएको छ। टस जितेर मुम्बईले ब्याटिङको निम्तो दिएको खेलमा कलकाताका सुरुवाती ब्याट्सम्यान सस्तैमा समेटिएका थिए। उसका लागि वेंकटेश अय्यरले सर्वाधिक ४२ रन बनाए। नितिश राना ३३ रनमा आउट हुँदा आन्द्रे रसेल २४ र रिंकु सिंह २० रन बनाएर आउट भएका थिए।
उसका लागि रमनदीप सिंह १७ रनमा नटआउट रहे। ओपनर फिल साल्टले ५ बलमा ६ रन बनाउँदा सुनिल नारायन पहिलो बलमै आउट भएका थिए। मुम्बईले कोलकातालाई १६ ओभरमा ७ विकेट हात पार्दै १५७ रनमा समेटेको थियो। उसका लागि जसप्रित बुमराह र पियुष चावलाले समान दुईदुई विकेट लिँदा अंशुल कम्बोज र नुवान तुषाराले एकएक विकेट हात पारेका थिए।
कोलकाताले दिएको १५८ रनको लक्ष्य पछ्याएको मुम्बईका लागि इशन किसनले सर्वाधिक ४० रन जोडे भने तिलक बर्माले ३२ रन बनाए। रोहित शर्मा १९, नमन धिर १७ रनमा आउट हुँदा सूर्यकुमार यादवले ११ रन मात्र जोडे। अन्य ब्याट्सम्यानले भने दोहोरो रन जोड्न सकेनन्। कप्तान हार्दिक पाण्डेयले ४ बल खेलेर २ रन जोडेका थिए।
मुम्बईलाई सस्तैमा समेट्न कोलकाताका हर्षित राना, वरुण चक्रवर्ती र आन्द्रे रसेलले समान दुई/दुई विकेट हात पारे भने सुनिल नारायनले १ विकेट लिए। आईपिएलको यो सिजनमा अब मुम्बईले अब एउटा मात्र खेल खेल्न बाँकी छ। शीर्ष स्थानको कोलकाताले भने अझै दुई खेल खेल्नेछ।
Comments
अरु समाचार
-
यूएन महासभामा सहभागी हुन आज न्यूयोर्क जाँदै प्रधानमन्त्री, जलवायु न्याय र हिमाली मुद्दा प्राथमिकतामा
काठमाडौं। प्रधानमन्त्री बालेन्द्र शाह संयुक्त राष्ट्रसंघको महासभाको ८१औँ सत्रअन्तर्गतको ‘उच्चस्तरीय सप्ताह’ मा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज मंगलबार अमेरिकाको न्युयोर्क...
-
नागरिकता सम्बन्धी मुद्दामा विशेष अदालतको नजिरयुक्त फैसला: तथ्य र प्रमाणबिनाको आरोपबाट न्यायको जित
काठमाडौं । नागरिकता र झुठो लिखत सम्बन्धी बहुचर्चित मुद्दामा विशेष अदालतले वस्तुनिष्ठ प्रमाण र कानुनको न्यायसम्मत व्याख्या गर्दै सकारात्मक एवम्...
-
पासपोर्ट छपाइका लागि भएको ठेक्कापट्टा कानुनसम्मत: सर्वोच्च अदालत
काठमाडौं । राहदानी विभागबाट पासपोर्ट छपाइका लागि भएको ठेक्कापट्टा कानुनसम्मत रहेको सर्वोच्च अदालतले ठहर गरेको छ । न्यायाधीशहरू कुमार रेग्मी...
-
निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको प्रतिवेदन एमाले सचिवालयबाट स्वीकृत
काठमाडौं । निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको प्रतिवेदनलाई नेकपा एमालेको सचिवालय बैठकले औपचारिकता दिएको छ । सोमवार च्यासलस्थित पार्टी...
-
आज किन स्थगित गरियो नियमित सेयर कारोबार ?
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले आज (सोमबार) को नियमित सेयर कारोबार स्थगित गरेको छ । नेप्सेका अनुसार ७२...
-
‘आरोहणको तयारी गर्दैगर्दा हिम पहिरो गएको त्यो क्षण’
गोरखा । मनास्लु हिमालको तेस्रो शिविरमा गएको हिमपहिरोमा परी दुई जनाको मृत्यु भएको घटना यस वर्षको आरोहण सिजनमा हिमाली पर्यटनको...
-
भृकुटीमण्डपमा घरजग्गा मेला : बढ्दो आवास मागदेखि व्यवस्थित निर्माणको बहससम्म
काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा आयोजित ‘नवौं नेपाल जग्गा तथा आवास एवम् निर्माण प्रदर्शनी–२०८३’ मा करिब ८० हजारभन्दा बढीले अवलोकन गर्नुले...
-
एमाले नेता सूर्य थापाको टिप्पणी : ‘१२ भाइले छाड्नुस् भन्न मिल्छ, पुनर्गठन भन्न मिल्दैन’
काठमाडौं । नेकपा (एमाले) का नेता सूर्य थापाले पार्टीभित्रको नेतृत्व तथा संगठनात्मक विषयलाई लिएर सामाजिक सञ्जालमार्फत टिप्पणी गरेका छन् ।...
-
ईडीएलभीआरएस मार्फत ‘सवारी चालक अनुमतिपत्र’ व्यवस्था कार्यान्वयनमा
काठमाडौं । विद्युतीय ड्राइभिङ लाइसेन्स तथा सवारी दर्ता प्रणाली (ईडीएलभीआरएस) मार्फत सवारी चालक अनुमतिपत्र (लाइसेन्स) छपाइको काम थालिएको छ। सरकारले...












