गिरीबन्धु टी-स्टेटलाई व्यवस्थित गर्न तत्कालीन प्रधानमन्त्री ओलीको नीतिगत निर्णय : शंकर पोखरेल
काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले गिरीबन्धु टी-स्टेटमा नीतिगत निर्णय गरेको ठोकुवा गरेका छन् । एक टेलिभिजनमा अन्तर्वार्ताका क्रममा उनले निर्दोषलाई अनावश्यक ढंगले आरोपित गर्ने कुरा ठीक नभएको जनाएका छन् ।
उनले गिरीबन्धु टी-स्टेटका सम्बन्धमा पार्टी अध्यक्ष जोड्ने खालको जे जस्तो धन्धा भयो, के लेनदेन भएको विषय हो र ? भन्ने प्रश्न गरेका छन् । महासचिव पोखरेलले अन्तर्वार्ताका क्रममा गिरीबन्धु टी-स्टेटसम्बन्धी तत्कालीन प्रधानमन्त्री ओलीको काम कुनै एउटा परियोजनाका लागि गरिएको विषय नभएको दाबी पनि गरेका छन् ।
समग्रतामा औद्योगिक क्षेत्रमा रहेका जमिनहरु व्यवस्थापनका सन्दर्भमा वैकल्पिक व्यवस्था गर्नका लागि कानुन बनाएको कुरालाइ चाहिँ भ्रष्टाचार ठान्नु र कानुन नै नबनाइकन अनेकपटक जग्गा बिक्री गर्ने खालको अनुमति दिनेहरुचाहिँ ठूलो स्वरमा कराउनु उचित नभएको एमाले महासचिव पोखरेलको भनाइ छ ।
एमाले महासचिव शंकर पाखरेलले एक टेलिभिजनलाई दिएको अन्तर्वार्ताको केही अंश जस्ताको तस्तै:
‘ कुनै पनि हालतमा दोषी मान्छे उम्किनु हुँदैन । निर्दोषलाई अनावश्यक ढंगलेचाहिँ आरोपित गर्ने कुरा ठीक होइन । गिरिबन्धु टीस्टेट भनेरचाहिँ पार्टी अध्यक्ष जोड्ने खालको जे जस्तो धन्धा भयो, के लेनदेन भएको विषय हो र ?यो नीतिगत निर्णय गरेको विषय हो । त्यो कुनै एउटा परियोजनाका लागि गरिएको विषय हो र ? समग्रतामा औद्योगिक क्षेत्रमा रहेका जमिनहरुको व्यवस्थापनका सन्दर्भमा वैकल्पिक व्यवस्था गर्नका लागि कानुन बनाएको कुरालाइ चाहिँ भ्रष्टाचार ठान्ने ? कानुन नै नबनाइकन अनेकपटक जग्गाचाहिँ बिक्री गर्ने खालको अनुमति दिनेहरुचाहिँ ठूलो स्वरमा कराउने ? छानविन गरे हुन्छ नि त ? हामी त के भन्छौं भन्दा खेर्री सबैभन्दा बढी चर्चामा ल्याएको गिरीबन्धु टीस्टेटको जग्गा बिक्री गर्ने विगतका कामहरुबाट थालौं न त छानविन गर्न । त्यहाँ त ज्ञानेन्द्र शाह पनि पर्नेछन् र अहिले नेपाली कांग्रेसका जिम्मेवार नेताहरु पनि पर्नेछन् ।’
Comments
अरु समाचार
-
यूएन महासभामा सहभागी हुन आज न्यूयोर्क जाँदै प्रधानमन्त्री, जलवायु न्याय र हिमाली मुद्दा प्राथमिकतामा
काठमाडौं। प्रधानमन्त्री बालेन्द्र शाह संयुक्त राष्ट्रसंघको महासभाको ८१औँ सत्रअन्तर्गतको ‘उच्चस्तरीय सप्ताह’ मा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज मंगलबार अमेरिकाको न्युयोर्क...
-
नागरिकता सम्बन्धी मुद्दामा विशेष अदालतको नजिरयुक्त फैसला: तथ्य र प्रमाणबिनाको आरोपबाट न्यायको जित
काठमाडौं । नागरिकता र झुठो लिखत सम्बन्धी बहुचर्चित मुद्दामा विशेष अदालतले वस्तुनिष्ठ प्रमाण र कानुनको न्यायसम्मत व्याख्या गर्दै सकारात्मक एवम्...
-
पासपोर्ट छपाइका लागि भएको ठेक्कापट्टा कानुनसम्मत: सर्वोच्च अदालत
काठमाडौं । राहदानी विभागबाट पासपोर्ट छपाइका लागि भएको ठेक्कापट्टा कानुनसम्मत रहेको सर्वोच्च अदालतले ठहर गरेको छ । न्यायाधीशहरू कुमार रेग्मी...
-
निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको प्रतिवेदन एमाले सचिवालयबाट स्वीकृत
काठमाडौं । निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको प्रतिवेदनलाई नेकपा एमालेको सचिवालय बैठकले औपचारिकता दिएको छ । सोमवार च्यासलस्थित पार्टी...
-
आज किन स्थगित गरियो नियमित सेयर कारोबार ?
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले आज (सोमबार) को नियमित सेयर कारोबार स्थगित गरेको छ । नेप्सेका अनुसार ७२...
-
‘आरोहणको तयारी गर्दैगर्दा हिम पहिरो गएको त्यो क्षण’
गोरखा । मनास्लु हिमालको तेस्रो शिविरमा गएको हिमपहिरोमा परी दुई जनाको मृत्यु भएको घटना यस वर्षको आरोहण सिजनमा हिमाली पर्यटनको...
-
भृकुटीमण्डपमा घरजग्गा मेला : बढ्दो आवास मागदेखि व्यवस्थित निर्माणको बहससम्म
काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा आयोजित ‘नवौं नेपाल जग्गा तथा आवास एवम् निर्माण प्रदर्शनी–२०८३’ मा करिब ८० हजारभन्दा बढीले अवलोकन गर्नुले...
-
एमाले नेता सूर्य थापाको टिप्पणी : ‘१२ भाइले छाड्नुस् भन्न मिल्छ, पुनर्गठन भन्न मिल्दैन’
काठमाडौं । नेकपा (एमाले) का नेता सूर्य थापाले पार्टीभित्रको नेतृत्व तथा संगठनात्मक विषयलाई लिएर सामाजिक सञ्जालमार्फत टिप्पणी गरेका छन् ।...
-
ईडीएलभीआरएस मार्फत ‘सवारी चालक अनुमतिपत्र’ व्यवस्था कार्यान्वयनमा
काठमाडौं । विद्युतीय ड्राइभिङ लाइसेन्स तथा सवारी दर्ता प्रणाली (ईडीएलभीआरएस) मार्फत सवारी चालक अनुमतिपत्र (लाइसेन्स) छपाइको काम थालिएको छ। सरकारले...












