‘प्रधानमन्त्री छोरी आत्मनिर्भरता’ भन्ने सुनेपछि संसदमा हाँसोको फोहरा
काठमाडौ । राष्ट्रपति रामचन्द्र पौडेलले झण्डै २ घण्टा लगाएर सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरे । मंगलबार संसदको दुवै सदनमा प्रस्तुत गरेको नीति तथा कार्यक्रममा अधिकांश बुँदाहरु दोहोरिए ।
तर एउटा यस्तो बुँदा थियो सुन्ने बित्तिकै संसदमा हाँसोको फोहरा उठ्यो । बुँदा नं। थियो १३५ । बुँदाको अन्तिम लाइनमा थियो ‘महिलालाई आर्थिक रुपमा सक्षम बनाउन प्रधानमन्त्री छोरी आत्मनिर्भर कार्यक्रम सञ्चालन गरिनेछ ।’संसदहरुलाई नै हँसाउने यो कस्तो कार्यक्रम हो आम चासो देखियो ।
खासमा महिलालाई आर्थिक रुपमा बलियो बनाउनुपर्छ भनेर ‘प्रधानमन्त्री छोरी आत्मनिर्भरता कार्यक्रम’ अघि सारिएको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगवती चौधरीले बताइन् । ‘प्रधानमन्त्री छोरी आत्मनिर्भरता कार्यक्रम’ का लागि १६ अर्ब रुपैयाँ बजेट प्रस्ताव गरिएको छ ।
मन्त्री चौधरी भन्छिन, ‘एकै पटक कार्यक्रम गर्नेभन्दा पनि विस्तारै गर्दै जानुपर्छ भनेर यो कार्यक्रम अघि बढाएका छौं । यसमा हामीले महिलाले गर्न खोजेको पेशा व्यवसायलाई बीउ पूँजी दिएर प्याकेज कार्यक्रमका रुपमा नै दुई वा तीन वर्षका लागि लगानी गर्न सक्यो भने सहज हुन्छ भनेर वडा तहसम्म गर्न खोजेको हो ।’
सेवा दिने निकाय नै स्थानीय सरकार भएकाले प्याकेजका रुपमा ‘प्रधानमन्त्री छोरी आत्मनिर्भरता कार्यक्रम’ गर्न खोजिएको हो ।अर्थमन्त्रालयले पनि छोरीका लागि निकै राम्रो कार्यक्रम ल्याउने गरी बजेट बनिरहेको बताउँदै आएको छ । विशेषगरी अर्थमन्त्री वर्षमान पुनले सुचना प्रविधि, स्टार्टअप तथा महिलालाई मध्यनजर गर्दै बजेट आउने बताउँदै आएका छन् ।
Comments
अरु समाचार
-
केवाइसी इलेक्ट्रीक भ्यानका सेवा देशभरका १२ स्थानबाट उपलब्ध : इलेक्ट्रि ड्रिम्स मोबिलिटी प्रा.लि.
काठमाडौं । नेपालका लागि केवाइसी ब्राण्डका इलेक्ट्रीक भ्यानको आधिकारिक वितरक 'इलेक्ट्रि ड्रिम्स मोबिलिटी प्रालि'ले देशभरका आफ्ना सेवा केन्द्रहरू निरन्तर संचालनमै...
-
चलचित्र पत्रकार दिनेश सिटौलाको उपचारका क्रममा निधन
काठमाडौं । चलचित्र पत्रकार संघ नेपालका निवर्तमान अध्यक्ष दिनेश सिटौलाको उपचारका क्रममा निधन भएको छ । उनकाे ग्राण्डी अस्पतालमा आज...
-
‘गैरबैंकिङ वित्तीय संस्थाहरूको नियमनका लागि छुट्टै नियामक निकाय’
काठमाडौं । कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष र सामाजिक सुरक्षा कोषजस्ता मुलुकका प्रमुख गैरबैङ्किङ वित्तीय संस्थाहरूको नियमन र अनुगमनका...
-
निर्वाचन ३२ दिन बाँकी : पन्ध्र जिल्लाको १८ निर्वाचन क्षेत्रको मतपत्र छपाइ सम्पन्न
काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फको १५ जिल्लाको मतपत्र छपाइको काम सम्पन्न भएको छ...
-
नेपाल-चीन मैत्रीपूर्ण महिला फुटबलः नेपालद्वारा चीन ३–१ गोल अन्तरले पराजित
काठमाडौं । नेपाल र चीनबीच भएको मैत्रीपूर्ण महिला फुटबलमा नेपालले जित हासिल गरेको छ । चिनियाँ नयाँ वर्षको अवसरमा शनिबार...
-
माघ १७ गते राजा महेन्द्रको अपत्यारिलो अवसान भएको दिन !
२०२८ सालको माघ ३ गते साधारण अवस्थाका राजा महेन्द्र भरतपुरका लागि निस्किएका थिए । यो भ्रमण करिव एक महिनाको लागि...
-
मौसमले साथ दिँदा सुन्तला उत्पादनमा वृद्धि, यसवर्ष २६ करोड ९० लाख बराबरको बिक्री
ढोरपाटन (बागलुङ) । यस वर्ष बागलुङमा रु २६ करोड ९० लाखको सुन्तला उत्पादन भएको छ । सुन्तला खेतीप्रति किसानको आकर्षण...
-
निर्वाचन ३३ दिन बाँकी : आचारसंहिता पालना गराउन आयोग सक्रिय, २१ स्पष्टीकरण सोधियो
काठमाडौं । निर्वाचन आयोगले आचारसंहिता उल्लघंनलाई नियन्त्रण गर्ने प्रयास गरिरहेको छ । फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा...
-
वीरगञ्ज हुँदै महिनामा ११ अर्ब ५७ करोड मूल्यका १६ थरिका खाद्य पदार्थ आयात
वीरगञ्ज (पर्सा) । वीरगञ्ज हुँदै चालु आर्थिक वर्षको छ महिनामा ११ अर्ब ५७ करोड मूल्यका १६ थरिका खाद्य पदार्थ आयात...











