पाथीभरा केबलकार निर्माणको विरोधमा दुइ दिन तमोर कोरिडोर बन्द
काठमाडौं । पाथीभरा केबलकार निर्माण विरोध गर्दै आज र भोलि तमोर कोरिडोर बन्द घोषणा भएको छ । विभिन्न ६ संस्थाले बुधबार र बिहीबार मेची राजमार्गको तमोर करिडोर अन्तर्गत ताप्लेजुङ खण्डमा यातायात बन्द आह्वान गरेका हुन् ।
‘ताप्लेजुङ जिल्लामा अवस्थित पवित्र आस्था केन्द्र आध्यात्मिक स्थल मुक्कम्लुङ युमामाङ देवस्थललाई राज्यसत्ता र शक्तिको आडमा अतिक्रमण गरी पाथिभरा बनाइएको र त्यहाँ केबलकार बनाउन लागिएको बिरुद्धमा विगतदेखि नै हामी आन्दोलनरत रहेको कुरा सर्वविदितै छ,’ बन्द आह्वानकर्ताद्वारा जारी विज्ञप्तिमा लेखिएको छ ।
स्थानीय जनताको भावना र मागलाई कुल्चेर मुक्कुमलुङ क्षेत्रमा जबरजस्त केबलकार बनाउन डकैत शैलीमा आधारातमा रुख कटान गर्न खोजिएको आरोप बन्दकर्ता संघसंस्थाले लगाएका छन् । चोरी दाउमा बहुमूल्य जडिबुटीजन्य वनस्पति लगायत ढकमक्क फुलिरहेका लाखौँ राष्ट्रिय फूल लालिगुराँस ढालेर उजाड बनाइएको पनि उनीहरूले दाबी गरेका छन् । केबलकार निर्माण योजना रद्द गर्न र वन फडानीमा संलग्न व्यक्तिहरुले सार्वजनिक रुपमा माफी माग्न पर्ने माग उनीहरूको छ ।
मुक्कुमलुङ संरक्षण संयुक्त सङ्घर्ष समिति,पाथीभरा केबलकार खारेजी संयुक्त सङ्घर्ष समिति, किरात याक्थुङ चुम्लुङ सङ्घीय समिति, लिम्बु थरगत संस्था (याक्थुङ सयङ) मूल अभियान, पहिचान सहितको प्रदेश नं.१ प्रदेश पुनः नामाङ्कन अभियान समिति, किरात धर्म तथा साहित्य उत्थान सङ्घ मोरङ र मुक्कमलुङ तान्सेस्प् चुम्भोले बन्द आह्वान गरेका हुन्।
Comments
अरु समाचार
-
क्यानको केन्द्रीय सम्झौतामा समावेश नहुने सन्दीपको घोषणा
काठमाडौं । नेपाली क्रिकेट टिमका पूर्वकप्तान तथा लेग स्पीनर सन्दीप लामिछानेले यसपटक नेपाल क्रिकेट संघ (क्यान)को केन्द्रीय सम्झौतामा समावेश नहुने...
-
प्रधानमन्त्रीद्धारा प्रेस चौतारीको प्रशिक्षण वर्ष २०८२ को लोगो सार्वजनिक
काठमाडौं । प्रधानमन्त्री केपी ओलीद्धारा प्रेस चौतारी नेपालको प्रशिक्षण वर्ष २०८२ को लोगो औपचारिक रूपमा सार्वजनिक गरिएको छ । प्रेस...
-
किरातीले ‘एयरपोर्ट बनाउनु टेम्पो चलाउनु जस्तो होइन’ भनेपछि !
काठमाडौं । पूर्वमन्त्री सुदन किरातीका प्रति धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ खनिएका छन्। हर्क धरानमा बन्ने भनिएको एयरपोर्टको विषय झिकेर...
-
काठमाडाैंको मखनटोलमा आगलागी, एक महिलाको गयो ज्यान
काठमाडौं । काठमाडौं महानगरपालिका वडा नम्बर २४ स्थित मखन टोलमा आगलागी हुँदा एक जनाको मृत्यु भएको छ । घरको तेश्रो...
-
सम्पत्ति शुद्धिकरण विभाग रेकर्ड ब्रेकको योजनामा, तथ्याङ्कले के देखाउँछ ?
काठमाडाैं । सम्पत्ति शुद्धिकरण विभागको स्थापनाकालदेखि अहिलेसम्म ४ हजार ३३ उजुरी दर्ता भएका छन् । विभागमा दर्जा उजुरीमध्ये ८० प्रतिशत...
-
नेपाली पासपोर्ट टेन्डरः प्रतिस्पर्धामा फ्रान्स, जर्मनी र पोल्यान्डका कम्पनी
काठमाडौं । राहदानी विभागले ६४ लाख पासपोर्ट छपाइका लागि अघि बढाएको टेन्डर प्रक्रियाबाट अमेरिकी कम्पनी आइरिसिस बाहिरिएको छ। विभागले सार्वजनिक...
-
ट्रम्प र साउदी राजाबीच इतिहासकै ठूलो रक्षा सम्झौता !
वासिङ्टन डीसी । अमेरिका र साउदी अरबले एक खर्ब ४२ अर्ब डलरको रक्षा सम्झौता गरेका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड...
-
सगरमाथा संवादमा एक सय ७५ विदेशी प्रतिनिधि सहभागी हुने
काठमाण्डाै । आउँदो शुक्रवारदेखि शुरू हुने सगरमाथा संवादमा एक सय ७५ जना विदेशी प्रतिनिधिले सहभागिता जनाउने भएका छन् । सिंहदरबारमा...
-
रुस-युक्रेन युद्ध आज ११७४ दिन पूरा: ७३ नेपालीको मृत्यु, ५० जनाको रिपोर्ट आउँन बाँकी
काठमाडौं । २४ फेब्रुअरी २०२२मा सुरु भएको रुस युक्रेन युद्धबिचको युद्ध आज ११७४ दिन पूरा भएको छ । उक्त भयानक...