पाथीभरा केबलकार निर्माणको विरोधमा दुइ दिन तमोर कोरिडोर बन्द
काठमाडौं । पाथीभरा केबलकार निर्माण विरोध गर्दै आज र भोलि तमोर कोरिडोर बन्द घोषणा भएको छ । विभिन्न ६ संस्थाले बुधबार र बिहीबार मेची राजमार्गको तमोर करिडोर अन्तर्गत ताप्लेजुङ खण्डमा यातायात बन्द आह्वान गरेका हुन् ।
‘ताप्लेजुङ जिल्लामा अवस्थित पवित्र आस्था केन्द्र आध्यात्मिक स्थल मुक्कम्लुङ युमामाङ देवस्थललाई राज्यसत्ता र शक्तिको आडमा अतिक्रमण गरी पाथिभरा बनाइएको र त्यहाँ केबलकार बनाउन लागिएको बिरुद्धमा विगतदेखि नै हामी आन्दोलनरत रहेको कुरा सर्वविदितै छ,’ बन्द आह्वानकर्ताद्वारा जारी विज्ञप्तिमा लेखिएको छ ।
स्थानीय जनताको भावना र मागलाई कुल्चेर मुक्कुमलुङ क्षेत्रमा जबरजस्त केबलकार बनाउन डकैत शैलीमा आधारातमा रुख कटान गर्न खोजिएको आरोप बन्दकर्ता संघसंस्थाले लगाएका छन् । चोरी दाउमा बहुमूल्य जडिबुटीजन्य वनस्पति लगायत ढकमक्क फुलिरहेका लाखौँ राष्ट्रिय फूल लालिगुराँस ढालेर उजाड बनाइएको पनि उनीहरूले दाबी गरेका छन् । केबलकार निर्माण योजना रद्द गर्न र वन फडानीमा संलग्न व्यक्तिहरुले सार्वजनिक रुपमा माफी माग्न पर्ने माग उनीहरूको छ ।
मुक्कुमलुङ संरक्षण संयुक्त सङ्घर्ष समिति,पाथीभरा केबलकार खारेजी संयुक्त सङ्घर्ष समिति, किरात याक्थुङ चुम्लुङ सङ्घीय समिति, लिम्बु थरगत संस्था (याक्थुङ सयङ) मूल अभियान, पहिचान सहितको प्रदेश नं.१ प्रदेश पुनः नामाङ्कन अभियान समिति, किरात धर्म तथा साहित्य उत्थान सङ्घ मोरङ र मुक्कमलुङ तान्सेस्प् चुम्भोले बन्द आह्वान गरेका हुन्।
Comments
अरु समाचार
-
यूएन महासभामा सहभागी हुन आज न्यूयोर्क जाँदै प्रधानमन्त्री, जलवायु न्याय र हिमाली मुद्दा प्राथमिकतामा
काठमाडौं। प्रधानमन्त्री बालेन्द्र शाह संयुक्त राष्ट्रसंघको महासभाको ८१औँ सत्रअन्तर्गतको ‘उच्चस्तरीय सप्ताह’ मा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज मंगलबार अमेरिकाको न्युयोर्क...
-
नागरिकता सम्बन्धी मुद्दामा विशेष अदालतको नजिरयुक्त फैसला: तथ्य र प्रमाणबिनाको आरोपबाट न्यायको जित
काठमाडौं । नागरिकता र झुठो लिखत सम्बन्धी बहुचर्चित मुद्दामा विशेष अदालतले वस्तुनिष्ठ प्रमाण र कानुनको न्यायसम्मत व्याख्या गर्दै सकारात्मक एवम्...
-
पासपोर्ट छपाइका लागि भएको ठेक्कापट्टा कानुनसम्मत: सर्वोच्च अदालत
काठमाडौं । राहदानी विभागबाट पासपोर्ट छपाइका लागि भएको ठेक्कापट्टा कानुनसम्मत रहेको सर्वोच्च अदालतले ठहर गरेको छ । न्यायाधीशहरू कुमार रेग्मी...
-
निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको प्रतिवेदन एमाले सचिवालयबाट स्वीकृत
काठमाडौं । निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको प्रतिवेदनलाई नेकपा एमालेको सचिवालय बैठकले औपचारिकता दिएको छ । सोमवार च्यासलस्थित पार्टी...
-
आज किन स्थगित गरियो नियमित सेयर कारोबार ?
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले आज (सोमबार) को नियमित सेयर कारोबार स्थगित गरेको छ । नेप्सेका अनुसार ७२...
-
‘आरोहणको तयारी गर्दैगर्दा हिम पहिरो गएको त्यो क्षण’
गोरखा । मनास्लु हिमालको तेस्रो शिविरमा गएको हिमपहिरोमा परी दुई जनाको मृत्यु भएको घटना यस वर्षको आरोहण सिजनमा हिमाली पर्यटनको...
-
भृकुटीमण्डपमा घरजग्गा मेला : बढ्दो आवास मागदेखि व्यवस्थित निर्माणको बहससम्म
काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा आयोजित ‘नवौं नेपाल जग्गा तथा आवास एवम् निर्माण प्रदर्शनी–२०८३’ मा करिब ८० हजारभन्दा बढीले अवलोकन गर्नुले...
-
एमाले नेता सूर्य थापाको टिप्पणी : ‘१२ भाइले छाड्नुस् भन्न मिल्छ, पुनर्गठन भन्न मिल्दैन’
काठमाडौं । नेकपा (एमाले) का नेता सूर्य थापाले पार्टीभित्रको नेतृत्व तथा संगठनात्मक विषयलाई लिएर सामाजिक सञ्जालमार्फत टिप्पणी गरेका छन् ।...
-
ईडीएलभीआरएस मार्फत ‘सवारी चालक अनुमतिपत्र’ व्यवस्था कार्यान्वयनमा
काठमाडौं । विद्युतीय ड्राइभिङ लाइसेन्स तथा सवारी दर्ता प्रणाली (ईडीएलभीआरएस) मार्फत सवारी चालक अनुमतिपत्र (लाइसेन्स) छपाइको काम थालिएको छ। सरकारले...












