राष्ट्रपति पुटिन चीन भ्रमणमा
काठमाडौं । रुसी राष्ट्रपति भ्लादिमिर पुटिन आफ्नो दुई दिने राजकीय भ्रमणका लागि चीन आइपुग्नुभएको सिएनएनले जनाएको छ । मस्को र बेइजिङबीचको सम्बन्ध प्रगाढ बनाउन उहाँ बिहीबार बिहान यहाँ आइपुग्नुभएको हो । राष्ट्रपतिको रूपमा नयाँ कार्यकाल प्रारम्भ गरेपछि पुटिनको यो पहिलो प्रतीकात्मक विदेश भ्रमण हो ।
युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले देशको उत्तर–पूर्वी खर्सिभ क्षेत्रमा रुसको आक्रमणका विरुद्ध आफ्नो सेनाले प्रतिरक्षा गरिरहेको बेला आगामी सबै अन्तर्राष्ट्रिय भ्रमणहरू रोक्ने घोषणाको केही घण्टापछि रुसी राष्ट्रपति पुटिन चीनको राजधानी बेइजिङ आइपुग्नु भएको हो ।
सीएनएनका अनुसार चीनियाँ राष्ट्रपति सी जीङपिङ र रुसी राष्ट्रपति पुटिनको बैठकमा रुस–युक्रेन द्वन्द्व, गाजा युद्धको छलफलसँगै दुई देशबीचको व्यापार, सुरक्षा र ऊर्जा सम्बन्ध विस्तार गर्ने विषयमा पनि छलफल हुने अपेक्षा गरिएको छ ।
भ्रमण अगावै राष्ट्रपति पुटिनले चिनियाँ समाचार संस्था सिन्ह्वासँगको अन्तर्वार्तामा दुई देशबीचको रणनीतिक साझेदारीको प्रशंसा गर्नुभएको थियो । उहाँले दुई देशबीच विदेश नीति समन्वयलाई सुदृढ पार्ने, उद्योग र उच्च प्रविधि, बाह्य अन्तरिक्ष र आणविक ऊर्जा, कृत्रिम बुद्धिमता, नवीकरणीय ऊर्जा र अन्य क्षेत्रको प्रयोगको सहकार्यलाई मजबुद बनाउने लक्ष्य राखेको बताउनुभयो ।
यसै क्रममा राष्ट्रपति पुटिनले चीनको युक्रेन सङ्कट समाधान गर्ने दृष्टिकोणको पनि प्रशंसा गर्नुभएको थियो । दुवै नेताले रुस–युक्रेन द्वन्द्व सुरु भएदेखि नै आफ्नो देशको कूटनीतिक, व्यापार र सुरक्षा सम्बन्धलाई बलियो बनाउने पहल जारी राखेका छन् ।
भेटमा दुवै नेताले द्विपक्षीय सम्झौताहरूमा हस्ताक्षर गर्ने अपेक्षा गरिएको रुसी क्रेमलिनले जनाएको छ । चिनियाँ समाचार एजेन्सीले वर्णन गरेअनुसार चीन र रुसले आफ्नो कूटनीतिक सम्बन्धको ७५ वर्ष मनाउादैछन् ।
बेइजिङमा राष्ट्रपति सीसँगको भेटबाहेक पुटिनले रुसको सुदूर पूर्वको सिमानामा रहेको चीनको उत्तर–पूर्वी हेइलोंगजियाङ प्रान्तको राजधानी हार्बिनको पनि भ्रमण गर्ने योजना रहेको श्रोतले बताएको छ ।
Comments
अरु समाचार
-
विमान उडानमा वैज्ञानिकहरूको नयाँ प्रयास, प्रभावकारी उडानका लागि एआईको प्रयोग
काठमाडौं। विमानले बनाउने लामो समय टिक्ने ‘कन्ट्रेल’ अर्थात विमान आकाशमा उड्दा बन्ने बादलजस्तो धर्का बाट हुने जलवायु प्रभाव घटाउन कृत्रिम...
-
नेपाली मदिराको लोगो वा ट्रेडमार्कमा ‘Scotch’ वा ‘Scottish’ शब्द प्रयोग गर्न नपाइने: सर्वोच्च
काठमाडौं । नेपालमा उत्पादित मदिराजन्य पेय पदार्थको ट्रेडमार्क वा लोगोमा अन्तर्राष्ट्रिय रूपमा संरक्षित भौगोलिक संकेत (Geographical Indication- GI) का रूपमा...
-
एआई प्रविधिले उकास्यो चीनको व्यापार, निर्यातमा दोहोरो अंकको वृद्धि
हङकङ। कृत्रिम बौद्धिकता (एआई)सम्बन्धी उत्पादनको विश्वव्यापी माग तीव्र बनेसँगै चीनको निर्यात जुन महिनामा वार्षिक आधारमा २७ प्रतिशतले वृद्धि भएको छ...
-
विश्वकप २०२६ः फ्रान्स र मोरक्कोबीच सेमिफाइनल प्रवेशका लागि प्रतिस्पर्धा हुने
काठमाडौँ । विश्वकप फुटबल २०२६ को सेमिफाइनल प्रवेशका लागि फ्रान्स र मोरक्कोबीच प्रतिस्पर्धा हुने भएको छ । शनिबार राति भएका...
-
ह्वाट्सएपको नयाँ सुविधामा भारतले किन जनायो आपत्ति ?
नयाँदिल्ली । भारत सरकारले अनलाइन ठगी, फिसिङ र नक्कली परिचयमार्फत हुने साइबर अपराध बढ्न सक्ने चिन्ता व्यक्त गर्दै मेटालाई ह्वाट्सएपको...
-
अष्ट्रियालाई हराउँदै स्पेन विश्वकपको अन्तिम १६ मा
काठमाडौं। २०१० को च्याम्पियन स्पेन फिफा विश्वकप २०२६ को अन्तिम १६ मा प्रवेश गरेको छ। भर्खरै सम्पन्न राउन्ड अफ ३२...
-
सेनालाई बलियो बनाउने र भ्रष्टाचार नियन्त्रणमा जोड दिने चिनियाँ राष्ट्रपतिको प्रतिबद्धता
काठमाडौं । चिनियाँ राष्ट्रपति सी जिनपिङले सेनालाई सुदृढ र आधुनिकीकरण गर्ने तथा सत्तारूढ कम्युनिस्ट पार्टीभित्रको भ्रष्टाचारलाई निर्मूल पार्ने वाचा गर्नुभएको...
-
विभिन्न जेलमा रहेका ३३ नेपाली कैदीलाई साउदी सरकारले दियो माफी
काठमाडौँ । साउदी अरब सरकारले त्यहाँका विभिन्न जेलमा सजाय काटिरहेका ३३ जना नेपाली कैदीलाई 'माफी' दिएको छ । रमजान महिनाको...
-
भेनेजुएलामा भूकम्पबाट मृत्यु हुनेको संख्या ९२० पुग्यो, ५१ हजारभन्दा बढी बेपत्ता
काठमाडौं । भेनेजुएलामा भूकम्पमा परी मृत्यु हुनेको संख्या ९२० पुगेको छ। गत बुधबार राति ७.२ र ७.५ म्याग्नेच्युडको शक्तिशाली भूकम्प...












