साविक उपाधि विजेता चेन्नेइलाई स्तव्ध पार्दै बेंग्लुरु आईपीएलको प्लेअफमा
काठमाडौं । चेन्नई सुपर किंग्सलाई पराजित गर्दै रोयल च्यालेन्जर्स बैंगलोरू (आरसिबी) इन्डियन प्रिमियर लिग (आईपीएल) को प्लेअफमा पुगेको छ।
गएराति एम चिन्नास्वामी स्टेडियममा सम्पन्न भएको खेलमा आरसिबीले चेन्नईलाई २७ रनले पराजित गरेको हो । आरसिबीले दिएको २१९ रनको विशाल लक्ष्य पछ्याएको चेन्नेइले निर्धारित २० ओभरमा सात विकेट गुमाएर १९१ रन मात्रै बनाउन सक्यो ।
उसका लागि रचिन रबिन्द्रले अर्धशतक बनाएपनि जितका लागि पर्याप्त भएन । ३७ बलको सामना गरेका रबिन्द्रले पाँच चौका र तीन छक्काको मदतमा ६१ रन बनाएका थिए। त्यस्तै रविन्द्र जडेजाले ४२, अजेन्का रहानेले ३३, महेन्द्र सिंह धोनीले २५ रन बनाए ।
आरसिबीका यश दयाल दुई तथा ग्लेन म्याक्स्वेल, मोहमद सिराज, लोकी फर्ग्युसन, क्यमरुन ग्रिनले एक एक विकेट हात पारेका थिए।टस हारेर पहिला ब्याटिङको निम्तो पाएको आरसिबीले निर्धारित २० ओभरमा पाँच विकेट गुमाएर २१८ विशाल लक्ष्य खडा गरेको थियो ।
आरसिबीका लागि कप्तान फाफ डु प्लेसिसले ३९ बलको सामना गर्दै तीन छक्का र तीन चौकाको मदतले ५४ रन बनाए । यस्तै विराट कोहली ४७, रजत पाटीदार ४१, क्यामरन ग्रिन ३८, ग्लेन म्याग्स्वेलले १६ रन बनाए ।
चेन्नईका लागि सार्दुल ठाकुरले दुई तथा मिचेल सेन्टनर र तुषार देशपाण्डेले एकरएक विकेट लिए । योसँगै आरसिबी यो सिजनको आईपीएलको प्लेअफमा पुग्ने अन्तिम टोली बनेको छ। यसअघि कोलकाता नाइट राइडर्स, राजस्थान रोयल्स र सनराइजर्स हैदरावाद प्लेअफमा पुगिसकेका छन्।
१९ अंकका साथ कोलकाता पहिलो स्थानमा छ । प्लेअफ पुगिसकेका राजस्थान रोयल्स र सनराईजर्स हैदराबाद दोस्रो र तेस्रोका लागि प्रतिस्पर्धामा छन् । यो पनि आजै टुंगो लाग्नेछ । आज दिउँसो पौने ४ बजे हैदराबादले पञ्जाबसँग खेल्नेछ भने राजस्थानले राति पौने ८ बजे कोलकत्तासँग खेल्नेछ ।
Comments
अरु समाचार
-
प्रतिनिधिसभामा आज प्रचण्डले सम्बोधन गर्ने
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आजको प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्ने भएका छन्...
-
काठमाडौंका केही ठाउँ दुई महिनाका लागि निषेधाज्ञा
काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाण्डौले केही ठाउँमा दुई महिनाका लागि निषेधाज्ञा लगाएको छ । कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाका कार्यालय,...
-
वर्षाले घटाएको वायु प्रदूषण देशका मुख्य शहरमा फेरि बढ्यो
काठमाण्डाै । फागुनको मध्यमा भएको वर्षाले घटाएको वायु प्रदूषण फेरि बढेको छ । काठमाण्डौ उपत्यकासहित देशका धेरैजसो शहर र तराई...
-
क्यानडाका भावी प्रधानमन्त्रीले भने- अमेरिकी व्यापार युद्धलाई जितेरै छोड्छौँ
ओटावा । क्यानडाका भावी प्रधानमन्त्री मार्क कार्नीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको व्यापार युद्ध जित्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । लिबरल...
-
काठमाडौंमा एघारौँ नेपाल भूगर्भ सम्मेलन सुरू
काठमाडौं । आजदेखि काठमाडौंमा एघारौँ नेपाल भूगर्भ सम्मेलन सुरू भएको छ । नेपाल भूगर्भ समाजले आयोजना गरेको सम्मेलनलाई राष्ट्रपति रामचन्द्र...
-
पूर्वराजा शाह चार्टर्ड विमानबाट काठमाडौं आइपुगे
काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह समिट एअरको चार्टर्ड विमानबाट केही समयअघि काठमाडौं आइपुगेका छन्। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता तेजबहादुर पौड्यालले...
-
वुमन्स डे कप: युगाण्डामाथि नेपालको रोमाञ्चक जित
काठमाडौं । युगाण्डामा जारी वुमन्स डे कप टी–२० आई प्रतियोगिताको आफ्नो दोस्रो खेलमा नेपालले रोमाञ्चक जित निकालेको छ । टस...
-
पूर्व राजालाई स्वागत गर्न राजावादीहरु सडकमा
काठमाडौं । एकसाता लामो पोखरा घुमघामपछि काठमाडौं फर्कन लागेका पूर्व राजा ज्ञानेन्द्र शाहलाई काठमाडौंमा भब्य स्वागत गर्न राजावादीहरु सडकमा जम्मा...
-
रवि लामिछाने आज कास्की जिल्ला अदालतमा उपस्थित हुने
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने आज कास्की जिल्ला अदालतमा दोस्रो तारेखका लागि उपस्थित हुनेछन्। लामिछाने...