इरानमा नयाँ राष्ट्रपतिका लागि आगामी जुन २८ तारिखमा चुनाव हुने
तेहरान । इरानमा नयाँ राष्ट्रपति चयनका लागि आउँदो जुन २८ तारिखमा चुनाव हुने भएको छ । देशको १४ औँ राष्ट्रपति चयन गर्न जुन २८ तारिख अर्थात् आउँदो असार १४ गते चुनाव हुने त्यहाँको सरकारी निकायलाई उद्धृत गरी चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ ।
राष्ट्रपति इब्राहिम रायसीको अस्ति आइतवार भएको हेलिकोप्टर दुर्घटनामा निधन भएपछि उपराष्ट्रपति मोहम्मद मोख्बेरले कार्यवाहक राष्ट्रपतिको जिम्मेवारी पाउनुभएको छ । इरानको संविधानअनुसार राष्ट्रपति पद रिक्त भएको अवस्थामा ५० दिनभित्र नयाँ राष्ट्रपति चयनका लागि चुनाव गर्नुपर्ने व्यवस्था छ । रायसी सन् २०२१ मा इरानको राष्ट्रपति चुनिनुभएको थियो ।
इरानमा राष्ट्रपतीय चुनाव सन् २०२५ मा हुने तय भएको थियो । अघिल्लो चुनावमा रायसीलाई चुनौती दिन सक्ने नेतालाई उम्मेदवार बन्न दिइएको थिएन । इरानले राष्ट्रपति रायसी, विदेशमन्त्रीलगायत नौ जनाको दुर्घटनामा ज्यान गएपछि पाँच दिनको राष्ट्रिय शोक घोषणा गरेको छ ।
इरानमा सर्वोच्च नेतापछि राष्ट्रपति पद दोस्रो वरीयताको हो । राज्यसम्बन्धी सम्पूर्ण मामिलाबारे अन्तिम निर्णय सर्वोच्च नेता आयातोल्लाह अली खामेनीले लिनुहुन्छ । तर देशको आन्तरिक र वैदेशिक मामिलामा भने राष्ट्रपतिको महत्त्वपूर्ण प्रभाव हुने गर्छ ।
रायसीको निधनले राजनीतिक अस्थिरता आउन सक्ने भए पनि यसले इरानको विदेश नीति वा मध्यपूर्वमा उसको भूमिका परिवर्तन गर्ने सम्भावना नभएको विश्लेषकहरूले बताएका छन् ।उनीहरूकाअनुसार रायसीको निधनले राजनीतिक व्यवस्थालाई स्थिरता सुनिश्चित गर्न भने चुनौती देखिन्छ । सर्वोच्च नेता खामेनीले राज्य सञ्चालनमा कुनै पनि अवरोध नहुने बताउँदै आउनुभएको छ ।
Comments
अरु समाचार
-
केवाइसी इलेक्ट्रीक भ्यानका सेवा देशभरका १२ स्थानबाट उपलब्ध : ड्रिम्स मोबिलिटी
काठमाडौं । नेपालका लागि केवाइसी ब्राण्डका इलेक्ट्रीक भ्यानको आधिकारिक वितरक ड्रिम्स मोबिलिटी प्रालिले देशभरका आफ्ना सेवा केन्द्रहरू निरन्तर संचालनमै रहेको...
-
चलचित्र पत्रकार दिनेश सिटौलाको उपचारका क्रममा निधन
काठमाडौं । चलचित्र पत्रकार संघ नेपालका निवर्तमान अध्यक्ष दिनेश सिटौलाको उपचारका क्रममा निधन भएको छ । उनकाे ग्राण्डी अस्पतालमा आज...
-
‘गैरबैंकिङ वित्तीय संस्थाहरूको नियमनका लागि छुट्टै नियामक निकाय’
काठमाडौं । कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष र सामाजिक सुरक्षा कोषजस्ता मुलुकका प्रमुख गैरबैङ्किङ वित्तीय संस्थाहरूको नियमन र अनुगमनका...
-
निर्वाचन ३२ दिन बाँकी : पन्ध्र जिल्लाको १८ निर्वाचन क्षेत्रको मतपत्र छपाइ सम्पन्न
काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फको १५ जिल्लाको मतपत्र छपाइको काम सम्पन्न भएको छ...
-
नेपाल-चीन मैत्रीपूर्ण महिला फुटबलः नेपालद्वारा चीन ३–१ गोल अन्तरले पराजित
काठमाडौं । नेपाल र चीनबीच भएको मैत्रीपूर्ण महिला फुटबलमा नेपालले जित हासिल गरेको छ । चिनियाँ नयाँ वर्षको अवसरमा शनिबार...
-
माघ १७ गते राजा महेन्द्रको अपत्यारिलो अवसान भएको दिन !
२०२८ सालको माघ ३ गते साधारण अवस्थाका राजा महेन्द्र भरतपुरका लागि निस्किएका थिए । यो भ्रमण करिव एक महिनाको लागि...
-
मौसमले साथ दिँदा सुन्तला उत्पादनमा वृद्धि, यसवर्ष २६ करोड ९० लाख बराबरको बिक्री
ढोरपाटन (बागलुङ) । यस वर्ष बागलुङमा रु २६ करोड ९० लाखको सुन्तला उत्पादन भएको छ । सुन्तला खेतीप्रति किसानको आकर्षण...
-
निर्वाचन ३३ दिन बाँकी : आचारसंहिता पालना गराउन आयोग सक्रिय, २१ स्पष्टीकरण सोधियो
काठमाडौं । निर्वाचन आयोगले आचारसंहिता उल्लघंनलाई नियन्त्रण गर्ने प्रयास गरिरहेको छ । फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा...
-
वीरगञ्ज हुँदै महिनामा ११ अर्ब ५७ करोड मूल्यका १६ थरिका खाद्य पदार्थ आयात
वीरगञ्ज (पर्सा) । वीरगञ्ज हुँदै चालु आर्थिक वर्षको छ महिनामा ११ अर्ब ५७ करोड मूल्यका १६ थरिका खाद्य पदार्थ आयात...











