विद्युतीय गाडीको आयात उच्च, ९अर्ब ३६ करोड ४४ लाख रुपैयाँ राजस्व संकलन
काठमाडौं । सरकारको प्रोत्साहनका कारण नेपालमा विद्युतीय गाडीको आयात उच्च भएको छ । चालू आर्थिक वर्षको १० महिना अर्थात् साउनदेखि वैशाखसम्म आठ हजार वटाभन्दा धेरै विद्युतीय गाडी भित्रिएका छन् ।
भन्सार विभागका अनुसार साउनदेखि वैशाखसम्म आठ हजार चार सय ९७ वटा विद्युतीय गाडी नेपालमा आएका छन् । विद्युतीय गाडीको आयातमा २१ अर्ब आठ करोड ८० लाख ३९ हजार रुपैयाँ बाहिरिएको छ । यसबाट सरकारलाई नौ अर्ब ३६ करोड ४४ लाख रुपैयाँ राजस्व प्राप्त भएको छ ।
वैशाखमा मात्रै एक हजार चार सय वटाभन्दा धेरै विद्युतीय गाडीको आयात भएको विभागले जनाएको छ । गएको वर्ष जम्मा दुई हजार नौ सय ५५ वटा विद्युतीय कार आयात भएका थिए ।
यसैबीच चालू आर्थिक वर्षको १० महिनामा दुई खर्ब ७६ अर्ब सात करोड रुपैयाँ बराबरको पेट्रोलियम पदार्थ आयात भएको छ । १० महिनामा एक खर्ब १५ अर्ब ६७ करोडको डिजेल, ५६ अर्ब ८० करोडको पेट्रोल र ४६ अर्ब रुपैयाँको खाना पकाउने ग्यास आयात भएको छ ।
विद्युतीय गाडीको आयात बढ्दा पेट्रोल र डिजेलको खपत घट्ने अनुमान भए पनि गएको वर्षको जत्तिकै परिमाणमा पेट्रोल र डिजेलको आयात भइरहेको छ ।
Comments
अरु समाचार
-
केवाइसी इलेक्ट्रीक भ्यानका सेवा देशभरका १२ स्थानबाट उपलब्ध : इलेक्ट्रि ड्रिम्स मोबिलिटी प्रा.लि.
काठमाडौं । नेपालका लागि केवाइसी ब्राण्डका इलेक्ट्रीक भ्यानको आधिकारिक वितरक 'इलेक्ट्रि ड्रिम्स मोबिलिटी प्रालि'ले देशभरका आफ्ना सेवा केन्द्रहरू निरन्तर संचालनमै...
-
चलचित्र पत्रकार दिनेश सिटौलाको उपचारका क्रममा निधन
काठमाडौं । चलचित्र पत्रकार संघ नेपालका निवर्तमान अध्यक्ष दिनेश सिटौलाको उपचारका क्रममा निधन भएको छ । उनकाे ग्राण्डी अस्पतालमा आज...
-
‘गैरबैंकिङ वित्तीय संस्थाहरूको नियमनका लागि छुट्टै नियामक निकाय’
काठमाडौं । कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष र सामाजिक सुरक्षा कोषजस्ता मुलुकका प्रमुख गैरबैङ्किङ वित्तीय संस्थाहरूको नियमन र अनुगमनका...
-
निर्वाचन ३२ दिन बाँकी : पन्ध्र जिल्लाको १८ निर्वाचन क्षेत्रको मतपत्र छपाइ सम्पन्न
काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फको १५ जिल्लाको मतपत्र छपाइको काम सम्पन्न भएको छ...
-
नेपाल-चीन मैत्रीपूर्ण महिला फुटबलः नेपालद्वारा चीन ३–१ गोल अन्तरले पराजित
काठमाडौं । नेपाल र चीनबीच भएको मैत्रीपूर्ण महिला फुटबलमा नेपालले जित हासिल गरेको छ । चिनियाँ नयाँ वर्षको अवसरमा शनिबार...
-
माघ १७ गते राजा महेन्द्रको अपत्यारिलो अवसान भएको दिन !
२०२८ सालको माघ ३ गते साधारण अवस्थाका राजा महेन्द्र भरतपुरका लागि निस्किएका थिए । यो भ्रमण करिव एक महिनाको लागि...
-
मौसमले साथ दिँदा सुन्तला उत्पादनमा वृद्धि, यसवर्ष २६ करोड ९० लाख बराबरको बिक्री
ढोरपाटन (बागलुङ) । यस वर्ष बागलुङमा रु २६ करोड ९० लाखको सुन्तला उत्पादन भएको छ । सुन्तला खेतीप्रति किसानको आकर्षण...
-
निर्वाचन ३३ दिन बाँकी : आचारसंहिता पालना गराउन आयोग सक्रिय, २१ स्पष्टीकरण सोधियो
काठमाडौं । निर्वाचन आयोगले आचारसंहिता उल्लघंनलाई नियन्त्रण गर्ने प्रयास गरिरहेको छ । फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा...
-
वीरगञ्ज हुँदै महिनामा ११ अर्ब ५७ करोड मूल्यका १६ थरिका खाद्य पदार्थ आयात
वीरगञ्ज (पर्सा) । वीरगञ्ज हुँदै चालु आर्थिक वर्षको छ महिनामा ११ अर्ब ५७ करोड मूल्यका १६ थरिका खाद्य पदार्थ आयात...











