आजको राशिफल: २०८१ जेठ ९ गते बुधवार
मेष :प्रेम र मित्रताको बन्धन कसिलो हुनेछ। साथीभाइबाट सहयोग मिल्नेछ। सुखदुःखमा साथ दिनेहरू प्रशस्तै भेटिनेछन्। आफन्तले पनि उत्साह जगाउनेछन्। दिन लाभदायक र मनोरञ्जनपूर्ण रहनेछ। प्रियजनसँग रमाइलो भेटघाट हुनेछ। सोखले खर्च बढाए पनि अतिथिको रूपमा सत्कार पाइनेछ। आम्दानी बढाउने काम सुरु गर्न सकिनेछ।
वृष :काम बन्नाले मनग्गे लाभ हुनेछ। ईर्ष्या गर्नेहरूले हार खानेछन्। व्यापारलगायत आर्थिक लाभ हुने नयाँ योजना शुभारम्भ गर्ने समय छ।पुरुषार्थी कामले समाजमा स्थापित बनाउन सक्छ। स्वास्थ्य सबल बन्नुका साथै काममा उत्साह जाग्नेछ। चुनौती पन्छाएर पनि काम बनाउन सकिनेछ। शत्रुहरू किनारा लाग्नेछन् भने प्रतिस्पर्धामा विजयी भइनेछ।
मिथुन :फाइदाको स्रोत पहिल्याउन सकिनेछ। सेवामूलक कामबाट धनलाभ हुनेछ। प्रतीक्षा गरिएको नतिजा सबल रहनेछ। सन्तान वा अनुयायीले साथ दिनेछन्। समयले साथ दिनेछ भने प्रयत्न गरेका काम सजिलै सम्पादन हुनेछन्। अध्ययनमा राम्रो उपलब्धि प्राप्त हुनेछ। बौद्धिक प्रतिस्पर्धामा विजयी भइनेछ। प्रतिष्ठित काम सम्पादन गर्ने मौका छ।
कर्कट: अनावश्यक साइनो गाँस्नेहरूसँग जोगिएर काममा जुट्नुपर्ने समय छ। तापनि, शुभचिन्तकहरूको साथ जुट्नाले काम चिताएका सम्पादन गर्न सकिनेछ। प्रक्रिया दोहोर्याउनुपरे पनि अन्ततस् आफैंलाई फाइदा हुनेछ। दिगो फाइदा हुने काममा जग बसाउने मौका प्राप्त हुनेछ।हतारमा निर्णय लिने बानीले अप्ठ्यारो पार्ने हुँदा सजग रहनुहोला।
सिंह :उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ। ईर्ष्या गर्नेहरूले सताए पनि मिहिनेत गर्दा सफलता मिल्नेछ। नौलो प्रकृतिको काम गर्ने मौका छ।लगनशीलताले परिस्थितिलाई बदल्नेछ। पछि लाभ हुने काम प्रारम्भ हुनेछ। गुरुजनको सुझाव र सन्तानको सहयोग लाभदायी बन्नेछ। स्रोत(साधन जुट्नाले गरिएका कर्मको उचित प्रतिफल प्राप्त हुनेछ।
कन्या :शुभचिन्तकहरूको भावना बुझेर अघि बढ्नुहोला। तापनि मिहिनेतले उपलब्धि दिलाउन सक्छ। बुद्धिले काम लिन सकिनेछ।वचन पुर्याउन नसक्ता अरूले आलोचना गर्न सक्छन्। आत्तिने बानीले बोलीको गलत अर्थ लाग्न सक्छ। हातमा आएको रकम अरूका लागि खर्चनुपर्ने हुन सक्छ। अरूको मुख ताक्ने बानीले आफ्नो काम अधुरो रहनेछ।
तुला :आफ्नो सूचना बाहिरिन सक्छ, गोपनीयतामा ध्यान पुर्याउनुहोला। अवसर प्राप्त भए पनि परिस्थिति प्रतिकूल रहनेछ। बेसुरको निर्णयले समस्या निम्त्याउनेछ। आफ्ना कमजोरीमाथि गुनासो र टिप्पणी हुन सक्छ। तर प्रयत्न गर्दा स्थितिमा सुधार ल्याउन सकिनेछ। दोहोर्याएर प्रयास गर्दा रोकिएको काम बन्नेछ। बिछोडिएका आफन्तसँग भेट हुनेछ।
वृश्चिक :अवसरको खोजीमा केही दौडधुप गर्नुपर्ला। आकस्मिक खर्चले अर्थ अभाव देखापर्न सक्छ। तापनि सहयोग गर्नेहरू प्रशस्तै भेटिनेछन्। शुभचिन्तकहरू जुट्नाले अप्ठ्यारो ठानिएको काम पनि सम्पादन हुनेछ। विभिन्न परोपकारी काममा प्रवृत्त भइनेछ। विगतका कर्मको उचित प्रतिफल प्राप्त हुनेछ। टाढाको यात्रा गर्ने पक्रिया अघि बढ्न सक्छ।
धनु :आयस्रोत राम्रो हुनाले आवश्यक भौतिक साधन जुट्नेछन्। आम्दानी बढ्नाले उत्साह जाग्नेछ। श्रमको उचित मूल्य पाइनेछ। व्यापारमा राम्रै फड्को मार्ने समय छ। छोटो समयमै राम्रो उपलब्धि हातलागी हुनेछ। रोकिएको काम बन्नेछ भने जिम्मेवारी समेत बढ्नेछ। दिगो फाइदा हुने काम प्रारम्भ हुनेछ। सेयर तथा लगानीबाट लाभ लिने समय छ।
मकर: विशेष उपलब्धि प्राप्त हुनेछ भने भविष्यका लागि सम्भावना खोजी गर्ने समय छ। दिगो फाइदा हुने योजना बन्न सक्छ। सानो प्रयत्नले समाजका लागि फाइदा हुने काम बन्न सक्छ। रोकिएका काम दोहोर्याउन सकिनेछ। मिहिनेत गर्दा कीर्तिमानी काम बन्नेछ। विशिष्ट व्यक्तिहरूसँग मित्रता बढ्नेछ। अरूलाई प्रभावित पारेर काम बनाउने समय छ।
कुम्भ: आजको मिहिनेतले भविष्यमा नाम र प्रतिष्ठा दिलाउन सक्छ। साथीभाइको सहयोगले हिम्मत दिलाउनेछ। राम्रो कर्मफल प्राप्त हुनाले मन प्रसन्न रहनेछ। अरूलाई प्रभावित पारेर काम बनाउने समय छ। सामाजिक दायित्व बढ्नेछ। धेरैले आफ्ना कामको तारिफ गर्नेछन्। भौतिक साधन जुट्नाले जीवनशैलीमा पनि परिवर्तन ल्याउन सफल भइनेछ।
मीन: सूचना बाहिरिने समय रहेकाले गोपनीयतामा ध्यान पुर्याउनुहोला। केही काम दोहोर्याउनुपर्ला। विगतका कमीकमजोरीलाई सुधार गर्ने अवसर प्राप्त हुनेछ। न्यून उपलब्धिमा चित्त बुझाउन नसकिएला। प्रतीक्षित नतिजा प्राप्त गर्न काम दोहोर्याउनुपर्ने हुनसक्छ। स्वास्थ्यका कारण लक्ष्यमा पुग्न समस्या पर्नेछ। अरूका लागि बुद्धि र समय खर्चनुपर्ला।
Comments
अरु समाचार
-
आशिका तामाङलाई स्पष्टीकरण सोध्ने रास्वपाको तयारी, कसुर के हो?
काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टीले प्रतिनिधिसभा सदस्य आशिका तामाङलाई स्पष्टीरकण सोध्ने तयारी गरेको छ। सामाजिक सञ्जालबाट विभिन्न विषयमा पार्टी हितविपरित...
-
डर प्रभाव वा दुई तिहाई र महाभियोगको त्रासमा न्याय निरुपण असम्भवः सपना प्रधान मल्ल
काठमाडाैं । सर्वोच्च अदालतकी कायममुकायम प्रधानन्यायाधीश सपना प्रधान मल्लले न्यायपालिका कुनैपनि प्रकारको डर, त्रास वा राजनीतिक प्रभावबाट मुक्त हुनुपर्ने बताएकी...
-
सुकुम्वासीको डिजिटल लगत के हो ? धमाधम संकलन गर्दै सरकार
काठमाण्डौ - सरकारले सुकुम्वासी तथा भूमिहीनहरूको समस्या समाधान गर्न एकीकृत डिजिटल लगत सङ्कलन गर्ने भएको छ । काठमाण्डौ उपत्यकाका भूमिहीन...
-
कांग्रेसले सुरू गरेको देशव्यापी चुनावी समीक्षा तथा प्रशिक्षण कार्यक्रम आज धनगढीबाट सुरू
काठमाडाैं । नेपाली कांग्रेसले सुरू गरेको देशव्यापी चुनावी समीक्षा तथा प्रशिक्षण कार्यक्रम आज सुदूरपश्चिमको धनगढीबाट सुरू हुँदैछ । विहान १०...
-
मनोज शर्मा नै किन रवि र बालेनलाई नै प्यारो ?
काठमाडौं । ‘नेपोकिड’ को नाराले ओलीलाई हेलिकप्टर चढेर भाग्ने बनायो । नातावाद र कृपावादको विरोधमा उत्रिएका जेनजीले सरकार फेरे ।...
-
अन्तिम कारोबार दिन पनि बढेर रोकियो नेप्से, २७ अंकले बढ्दा तीन अर्ब २८ करोडको शेयर किनबेच
काठमाडौं । साताको अन्तिम कारोबार दिन आज शुक्रबार पनि नेप्से बढेर रोकिएको छ । अघिल्लो दिन छ दशमलव ९४ अंकले...
-
उच्च अदालत जनकपुरले शनिबार ‘न्यायिक महोत्सव’ आयोजना गर्दै
जनकपुर । उच्च अदालत जनकपुरले कानुन दिवसको अवसरमा शनिबार पहिलो पटक न्यायिक महोत्सवको आयोजना गर्दैछ । दिनभर चल्ने महोत्सवमा अदालत,...
-
सर्वोच्चमा पेशी सार्वजनिक ढिलो, सपना प्रधान मल्ल र मनोज शर्माको इजलास तोकिएन
काठमाडौं । सर्वोच्च अदालत ले शुक्रबारका लागि पेशी सूची ढिलो गरी सार्वजनिक गरेको छ। सार्वजनिक गरिएको सूचीमा कायममुकायम प्रधानन्यायाधीश सपना...
-
सर्वोच्चको पेशी आउन ढिला हुने, आन्तरिक बैठक जारी
काठमाडाैं । प्रधानन्यायाधीश सिफारिसमा वरियता मिचिएपछि सर्वोच्च अदालतको पेशी नै ढिला हुन पुगेको छ। सर्वोच्च अदालतमा आन्तरिक बैठक चलिरहेका कारण...












