बजेटअनुसार परियोजना बनाउन मुख्यमन्त्री कँडेलको आग्रह
काठामाडौं । कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले सरकारी बजेट अनुसार परियोजना तर्जुमा गर्न निजी क्षेत्रलाई आग्रह गरेका छन् ।
कर्णाली प्रदेश सरकारको आगामी आव २०८१/८२ को नीति तथा कार्यक्रमका लागि सुझाव सङ्कलनका मङ्गलबार निजी क्षेत्रका प्रमुख तथा प्रतिनिधिहरूसँगको छलफलमा उहाँले प्रदेश सरकारको क्षमताका आधारमा निजी क्षेत्रले विकास निर्माणको परियोजना अगाडि बढाउनुपर्ने बताए । मुख्यमन्त्री कँडेलले भने, “कर्णाली प्रदेश सरकारको आन्तरिक आम्दानी नै न्यून छ । तपाईँ हामीले गरेका सबै अपेक्षा पूरा हुन सक्दैनन् ।”
क्षेत्र र भूमिका हिसाबले फरक भए पनि हामी सबैको गन्तव्य कर्णाली बनाउने हो भन्दै उनले निजी क्षेत्रले दिएको राय सुझाव प्रदेश सरकारको आगामी नीतिमा समावेश गरिने जनाए ।
समृद्धिको लागि सुशासन आवश्यक भएको र त्यसका लागि नीति नियममा बसेर काम गर्ने कुरा प्रमुख रहेको मुख्यमन्त्री कँडेले बताए । उनका अनुसार सबैको सहयोगबाट कर्णालीको विकासका लागि आगामी आर्थिक वर्षमा लगानी सम्मेलन गरिनेछ । त्यसैगरी सुर्खेत विमानस्थल निर्माणको जिम्मा सङ्घीय सरकारले लिनेगरी कर्णाली प्रदेश सरकारले त्यसको पहल गर्ने छ ।
कार्यक्रममा उद्योग वाणिज्य महासङ्घ कर्णाली प्रदेश अध्यक्ष पदबहादुर शाही, उद्योग वाणिज्य सङ्घ सुर्खेतका अध्यक्ष लक्ष्मण कँडेल, चेम्बर अफ कमर्स सुर्खेतका अध्यक्ष चिन्तामणि कँडेललगायत विभिन्न क्षेत्रमा कार्यरत उद्योग व्यवसायीले कर्णालीको पानी, खानी, विद्युत्, पूर्वाधार, कृषि, पर्यटन, खेल, जडीबुटी, सडक, शिक्षा, स्वास्थ्यलगायतका क्षेत्रको विकास हुनेगरी आगामी आवको नीति तथा कार्यक्रम ल्याउन सुझाएका थिए ।
Comments
अरु समाचार
-
बारबराका सन्दुककी भतिजी तथा नेपोकिड यांकीलाई वालेन्द्रको उपहार ‘लगानी बोर्डको सीईओ’
लगानी बोर्डको सीईओमा नियुक्त भएकी यांकी उक्याब सन्दुक रुइतको भतिजी रहेको पाइएको छ। तत्कालीन समयमा महाकालीको अञ्चलाधिश नै बनेका जोन...
-
आजदेखि साबिककै अनुसार १४.२ किलो तौल भएको ग्यास सिलिन्डर प्रयोगमा ल्याइँदै
काठमाडौं । नेपाल आयल निगमले आजदेखि बजारमा खाना पकाउने ग्यासको भरी सिलिन्डर पठाउने भएको छ । निगमले साबिककै अनुसार १४.२...
-
मुलुकका ४४ जिल्लामा बाढीको जोखिम, साना नदीमा आकस्मिक बाढीको सम्भावना
काठमाडौँ। यतिबेला मुलुकका ४४ जिल्लामा आकस्मिक बाढीको मध्यमदेखि उच्च जोखिम रहेको छ ।जल तथा मौसम विज्ञान विभागले पाँचथर, इलाम, झापा,...
-
मन्त्रीपरिषद् बैठकका पाँच महत्त्वपूर्ण निर्णय, वायुसेवा निगमको कार्यकारी अध्यक्षमा महेश्वरभक्त श्रेष्ठ नियुक्त
काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय सिंहदरबारमा मंगलबार बसेको मन्त्रीपरिषद् बैठकले पाँच महत्वपूर्ण निर्णय गरेको छ । यसैक्रममा बैडकले बीउबिजनसम्बन्धी...
-
बैंकर ज्योति पाण्डेलाई मातृशोक
काठमाडौं। नेपाल इन्भेष्टमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योतिप्रकाश पाण्डे र शिखर इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत दीपप्रकाश पाण्डेलाई मातृशोक परेको छ।...
-
पुनः प्रयोगयोग्य रकेट परीक्षणमा चीन सफल, अन्तरिक्ष दौडमा नयाँ उपलब्धि
काठमाडौं । चीनले पुनः प्रयोग गर्न मिल्ने रकेटको सफल अवतरण गर्दै अन्तरिक्ष प्रविधिमा नयाँ उपलब्धि हासिल गरेको छ। चाइना एरोस्पेस...
-
‘बिपी राजमार्ग अवरुद्ध भए ३० मिनेटभित्र सञ्चालन गर्ने आवश्यक तयारी’
काभ्रेपलाञ्चोक । बाढीपहिरोबाट क्षतिग्रस्त भई पुनर्निर्माण भइरहेको बिपी राजमार्गको काभ्रेपलाञ्चोक–सिन्धुली खण्ड वर्षायाममा पनि सहज सञ्चालन गर्ने तयारी गरिएको छ। डिभिजन...
-
टेलिकम बिलिङ प्रणाली ठेक्का प्रकरण : विशेष अदालतद्वारा सबै आरोपितलाई सफाइ
काठमाडौं । विशेष अदालतले नेपाल टेलिकमको बिलिङ प्रणाली ठेक्का प्रक्रियासम्बन्धी भ्रष्टाचार मुद्दामा सबै आरोपितलाई सफाइ दिएको छ। अदालतले नेपाल टेलिकमका...
-
दिपक भट्टसँग जोडिएपछि देउवाका छोरा जय विरलाई बयानका लागि बोलायो विभागले
काठमाडौं । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले जयवीर सिंह देउवालाई बयानका लागि बोलाएको छ । विभागले दिपक भट्ट र सुलभ अग्रवालसँग...












