केन्द्रीय समिति र संसदीय दलमा खनालको बहुमत
काठमाडौँ । प्रतिनिधिसभामा १० सिट रहेको तर राष्ट्रिय पार्टी हुन नसकेको नेकपा एस आन्तरिक कलहमा भने राष्ट्रव्यापी हुने लक्षण देखिएको छ। केही दिन सम्म प्रधानमन्त्री हुन्छु भनेर आफै घोषणा गर्दै हिँड्नु भएका सो पार्टीका अध्यक्ष माधव नेपाल आफै संसदीय दल र अल्पमतमा परेपछि तनावमा देखिएको एक नेताले जानकारी दिए। स्रोतका अनुसार पार्टीको केन्द्रीय समितिमा माधव नेपाल अल्पमतमा हुनुहुन्छ भने प्रतिनिधिसभाका १० सांसद मध्ये ८ खनालको पक्षमा र २ नेपालको पक्षमा छन् । त्यसैले कुनै पनि बेला सो पार्टीमा विद्रोहको सम्भावना रहेको बताइएको छ।
वैकल्पिक सरकार गठनको कसरतमा रहेका कांग्रेस सभापति शेरबहादुर देउवा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालसँग निरन्तर संवादमा हुनुहुन्छ । त्यसै गरी सम्मानित नेता झलनाथ खनाल वाम ध्रुवीकरणको एजेन्डा लिएर एमाले अध्यक्ष केपी शर्मा ओली र प्रधानमन्त्री पुष्पकमल दाहालसँग निरन्तर संवादमा हुनुहुन्छ।
बिहीबार बिहानै एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डबिच भेटवार्ता भयो । प्रधानमन्त्री प्रचण्ड र नेता खनालबिच प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भेटवार्ता भएको थियो । भेटका खनालले आफूहरू अहिलेको गठबन्धनलाई निरन्तरता दिने प्रतिबद्धता प्रचण्डसंग गर्नुभएको स्रोतले बतायो । स्रोतका अनुसार खनालले पार्टीको बहुमत अहिलेको निरन्तरताको पक्षमा रहेकोले ढुक्क भएर अगाडि बढ्न प्रधानमन्त्रीलाई आग्रह गर्नुभएको थियो।
यसअघि बुधवार एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र सांसद मेटमणि चौधरी कांग्रेस सभापति शेरबहादुर देउवालाई भेट्न उनको निजी निवास बुढानीलकण्ठ पुग्नुभयो । बुढानीलकण्ठमा सभापति देउवा, अध्यक्ष नेपाल, जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव र लोसपा अध्यक्ष महन्थ ठाकुरबिच भेटवार्ता भएको थियो । विपक्षी गठबन्धनको छलफलमा नेपाल सहभागी भएकोमा पार्टी भित्र उहाँ प्रति असन्तुष्टि बढेको स्रोतले दाबी गर्यो।
सरकार सञ्चालनका विषयमा प्रचण्ड र एमाले अध्यक्ष ओलीले आफूसँग कुनै छलफल नगर्ने गरेको गुनासो अध्यक्ष नेपालले गर्दै आउनुभएको छ । बिहीबार विराटनगरमा प्रधानमन्त्री दाहालले , नेपाल यता र उता गरिरहेको टिप्पणी गर्नुभयो । ‘माधवजी अलि पहिलेदेखि नै उता पनि यता पनि दुवैतिर जोडिनेजस्तो देखिनुभएको थियो, तर अहिले उहाँ हामी भन्दा बाहिर जानु हुन्न’ प्रधानमन्त्री प्रचण्डको विश्वास थियो ।
Comments
अरु समाचार
-
लोकतान्त्रिक मूल्य सुदृढ बनाउन अग्रज नेताको आदर्श आत्मसात् गर्नुपर्छः पूर्वराष्ट्रपति भण्डारी
ललितपुर । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले लोकतान्त्रिक मूल्यमान्यता, नैतिकता, सुशासन र जनउत्तरदायित्वलाई सुदृढ बनाउन अग्रज राजनीतिक व्यक्तित्वहरूको आदर्शलाई आत्मसात् गर्न आवश्यक...
-
परिणाममुखी काम गर्न प्रेस काउन्सिल र दूरसञ्चार प्राधिकरणका नवनियुक्त अध्यक्षलाई सञ्चारमन्त्रीको निर्देशन
काठमाडौँ । प्रेस काउन्सिल नेपालको अध्यक्षमा नियुक्त उमेश श्रेष्ठ र नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष अर्जुन घिमिरेले नियुक्तिपत्र ग्रहण गरेका छन्।...
-
साउन १ देखि सर्वोच्च अदालतको नियमित सुनुवाइ ११ दिन प्रभावित
काठमाडौं । नयाँ आर्थिक वर्षका लागि लगत सार्ने वार्षिक प्रक्रियाका कारण सर्वोच्च अदालतमा साउन १ गतेदेखि नियमित सुनुवाइ ११ दिनसम्म...
-
रेशम चौधरीलाई आममाफीविरुद्ध परेको मुद्धाको आज सुनुवाई हुँदै
काठमाडौं । रेशम चौधरीलाई आमआफी दिनेविरुद्ध परेको मुद्धाको आज (शुक्रबार) पेशी तोकिएको छ । टीकापुर घटनामा मारिएका नेपाल प्रहरीका प्रहरी...
-
राष्ट्रिय सभा: एकै दिन ६ विधेयक पारित, संवैधानिक प्रक्रियाका लागि प्रतिनिधिसभामा
काठमाडौं । राष्ट्रिय सभाले बिहीबार एकै दिन ६ वटा विधेयक पारित गर्दै प्रतिनिधिसभामा पठाएको छ। पारित हुने विधेयकमध्ये चार वटा...
-
पीडित शारदा बोहराको आग्रहः ‘रेशम चौधरीलाई आममाफी नदिइयोस्, अदालतको फैसला कार्यान्वयन होस्’
काठमाडौं । टीकापुर घटनामा मारिएका नेपाल प्रहरीका प्रहरी निरीक्षक केशव बोहराकी पत्नी शारदा कडायत बोहराले रेशम चौधरीको रिहाइप्रति असहमति जनाउँदै...
-
प्रतिनिधिसभाको बैठकमा आज राष्ट्रिय सेवा दल विधेयक प्रस्तुत गरिँदै
काठमाडौँ । संघीय संसदअन्तर्गत प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे सिंहदरबारमा बस्ने भएको छ। बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहको तर्फबाट कानून,...
-
मन्त्रिपरिषद्का ८ महत्वपूर्ण निर्णय के–के ? गोविन्दबहादुर कार्की मुख्य सचिव नियुक्त
काठमाडौँ । सरकारले नेपाल सरकारको मुख्य सचिव पदमा गोविन्दबहादुर कार्कीलाई नियुक्त गर्ने निर्णय गरेको छ। आज बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री...
-
म्याद सकिएका औषधि व्यवस्थापनमा अनियमितता, फार्मेसी अधिकृतसहित आठ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
काठमाडौं । निजामती कर्मचारी अस्पताल, नयाँ बानेश्वरको फार्मेसी युनिटका फार्मेसी अधिकृत दिपा ढुङ्गानासहित आठ जनाविरुद्ध दुई करोड ९१ लाख ३४...












