सहकारी ठगी प्रकरण: संसदीय छानबिन समितिले आइतबारदेखि काम थाल्ने
काठमाडौं। सत्तापक्ष र प्रतिपक्षबीचको लामो रस्साकस्सीपछि सहकारी ठगी प्रकरण छानबिनका लागि गठित ‘संसदीय छानबिन विशेष समिति’ ले आइतबारदेखि काम थाल्ने भएको छ ।सत्ता साझेदार नेकपा एमालेका सांसद सूर्यबहादुर थापा क्षेत्रीको संयोजकत्वमा गठित समितिले सहकारी ठगी प्रकरण छानबिनका लागि आइतबारदेखि काम थाल्ने गरी कार्यालय पनि व्यवस्थापन गरेको छ ।
संयोजक थापा क्षेत्रीले केही दिनमै काम थाल्ने गरी समितिले तयारी गरिरहेको जानकारी दिए । उनले संसदीय समितिलाई कार्यालय र आवश्यक जनशक्तिको टुंगो लाग्न बाँकी रहेको जानकारी दिए ।‘केही दिनमै कार्यालय खोलेर कर्मचारी पनि बन्दोबस्त भएपछि समितिले काम थाल्छ,’ संयोजक थापाले खबरहबसँग भने, ‘हामी केही दिनमै काम थाल्ने गरी तयारीमा जुटिसकेका छौँ ।’
संसदीय समितिले सहकारी ठगी प्रकरणको छानबनि सुरु गर्न आवश्यक बन्दोबस्त मिलाइदिन सभामुख देवराज घिमिरेलाई आग्रह गरिसकेको छ । ‘कार्यालय खडा गरिदिनु पर्यो । अर्काको कार्यालयमा बसेर काम हुँदैन । सभामुखलाई हामीले कार्यालय खडा गर्दिनू भनिसकेका छौँ,’ संयोजक थापाले भने, ‘कार्यालय व्यवस्थापनको प्रक्रिया अगाडि बढेको छ, सिंहदबारभित्रै कार्यालय कायम हुन्छ ।’
संसदीय समितिको आग्रहअनुसार सभामुख घिमिरेले कार्यालय र आवश्यक कर्मचारी व्यवस्थापन गर्न संसद सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेयलाई निर्देशन दिइसकेका छन् । सभामुख घिमिरेका प्रेस संयोजक शेखर अधिकारीले संसदीय समितिका लागि कार्यालय व्यवस्थापन र कर्मचारी खटाउन महासचिव पाण्डेलाई निर्देशन भइसकेको बताए ।
‘सभामुखज्यूले संसदीय समितिका लागि कार्यालय र आवश्यक कर्मचारीदेखि लजिस्टिकसम्म व्यवस्था मिलाउन महासचिवज्यूलाई निर्देशन दिइसक्नुभएको छ,’ उनले खबरहबलाई भने । अधिकारीका अनुसार संसदीय समितिका लागि संसद् सचिवालय परिसरभित्रै कार्यालय खडा गर्न भनिएको छ । त्यही योजनाअनुसार समितिलाई संसद् सचिवायलको भवन नम्बर २ मा कार्यालय बन्दोबस्त गरिएको छ ।
‘संसद् सचिवालय परिसरभित्रै कार्यालय राख्ने टुंगो भएको छ । छानबिन समितिको कार्यालय यही परिसरको भवन नम्बर २ मा रहने छ’, अधिकारीले भने । सहकारी ठगी प्रकरण छानबिनका लागि सरकारले जेठ १५ गते ७ सदस्यीय संसदीय समिति गठन गरेको थियो ।समितिमा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस र सत्तारुढ नेकपा एमालेबाट दुई–दुई र नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी तथा राष्ट्रिय प्रजातन्त्र पार्टीबाट एक–एक जना सांसद राखिएको छ ।
समितिमा कांग्रेसबाट बद्रीप्रसाद पाण्डे र ईश्वरीदेवी न्यौपाने, एमालेबाट थापाक्षेत्री र सरिता भुषाल, माओवादी केन्द्रबाट लेखनाथ दाहाल, राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० बाट शिशिर खनाल र राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाबाट ध्रुवबहादुर प्रधानलाई राखिएको छ ।
संसदीय समितिको कार्यादेश तय गर्न गठित कानुनमन्त्री पदम गिरी संयोजकत्वको कार्यदलले प्रतिनिधिसभा नियमावली २०७९ को नियम १८० बमोजिम ‘सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समिति’ गठन गरेको थियो । उक्त कार्यदलले संसदीय छानबिन समितिका लागि चार बुँदे कार्यादेश तयार गरेर जेठ १५ गते नै प्रतिवेदन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई बुझाएको थियो ।
Comments
अरु समाचार
-
बारबराका सन्दुककी भतिजी तथा नेपोकिड यांकीलाई वालेन्द्रको उपहार ‘लगानी बोर्डको सीईओ’
लगानी बोर्डको सीईओमा नियुक्त भएकी यांकी उक्याब सन्दुक रुइतको भतिजी रहेको पाइएको छ। तत्कालीन समयमा महाकालीको अञ्चलाधिश नै बनेका जोन...
-
उपत्यकामा श्रृंखलाबद्ध सिक्री लुट्ने ‘कर्मा समूह’का नाइकेसहित पाँच पक्राउ
काठमाडौं । उपत्यकाका विभिन्न स्थानमा श्रृंखलाबद्ध रूपमा सुनका सिक्री तथा नगद लुटपाटमा संलग्न ‘कर्मा समूह’का नाइकेसहित पाँच जनालाई प्रहरीले पक्राउ...
-
लोकतान्त्रिक मूल्य सुदृढ बनाउन अग्रज नेताको आदर्श आत्मसात् गर्नुपर्छः पूर्वराष्ट्रपति भण्डारी
ललितपुर । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले लोकतान्त्रिक मूल्यमान्यता, नैतिकता, सुशासन र जनउत्तरदायित्वलाई सुदृढ बनाउन अग्रज राजनीतिक व्यक्तित्वहरूको आदर्शलाई आत्मसात् गर्न आवश्यक...
-
आम्दानी र सिट उपयोगितामा सुधार, निगमलाई आत्मनिर्भर बनाउने तयारी
काठमाडाैं । नेपाल वायुसेवा निगमले नयाँ नेतृत्व पाएसँगै संस्थागत सुधारका कामले गति लिन थालेको जनाएको छ। व्यवस्थापकीय सुधार, कार्यसम्पादनमा जवाफदेहिता...
-
एआई प्रविधिले उकास्यो चीनको व्यापार, निर्यातमा दोहोरो अंकको वृद्धि
हङकङ। कृत्रिम बौद्धिकता (एआई)सम्बन्धी उत्पादनको विश्वव्यापी माग तीव्र बनेसँगै चीनको निर्यात जुन महिनामा वार्षिक आधारमा २७ प्रतिशतले वृद्धि भएको छ...
-
विश्वकप २०२६: फ्रान्सलाई २–० ले हराउँदै स्पेन १६ वर्षपछि फाइनलमा
काठमाडौँ। बलियो प्रतिद्वन्द्वी फ्रान्सलाई स्तब्ध बनाउँदै स्पेन फिफा विश्वकप–२०२६ को फाइनलमा प्रवेश गरेको छ । अमेरिकाको डालास स्टेडियममा बुधबार बिहान...
-
मुलुकका ४४ जिल्लामा बाढीको जोखिम, साना नदीमा आकस्मिक बाढीको सम्भावना
काठमाडौँ। यतिबेला मुलुकका ४४ जिल्लामा आकस्मिक बाढीको मध्यमदेखि उच्च जोखिम रहेको छ ।जल तथा मौसम विज्ञान विभागले पाँचथर, इलाम, झापा,...
-
मन्त्रीपरिषद् बैठकका पाँच महत्त्वपूर्ण निर्णय, वायुसेवा निगमको कार्यकारी अध्यक्षमा महेश्वरभक्त श्रेष्ठ नियुक्त
काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय सिंहदरबारमा मंगलबार बसेको मन्त्रीपरिषद् बैठकले पाँच महत्वपूर्ण निर्णय गरेको छ । यसैक्रममा बैडकले बीउबिजनसम्बन्धी...
-
परिणाममुखी काम गर्न प्रेस काउन्सिल र दूरसञ्चार प्राधिकरणका नवनियुक्त अध्यक्षलाई सञ्चारमन्त्रीको निर्देशन
काठमाडौँ । प्रेस काउन्सिल नेपालको अध्यक्षमा नियुक्त उमेश श्रेष्ठ र नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष अर्जुन घिमिरेले नियुक्तिपत्र ग्रहण गरेका छन्।...












