सडक दुघर्टना न्यूनीकरण गर्न सबैको साथ आवश्यकः मुख्यमन्त्री पाण्डे
काठमाडौं । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सडक दुर्घटना न्यूनीकरणका लागि सबै क्षेत्रबाट सकारात्मक पहलकदमी हुनुपर्नेमा जोड दिएका छन् ।
नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय गगनगौडा कास्कीको आयोजनामा आज तनहुँको शुक्लागण्डकी–४ दुलेगौँडामा भएको सवारी दुर्घटना व्यवस्थापन नमूना अभ्यास कार्यक्रममा मुख्यमन्त्री पाण्डेले सवारी दुर्घटना न्यूनीकरणका लागि सबै क्षेत्रको साथ र सहयोग आवश्यक रहेको बताए ।
“दुर्घटना न्यूनीकरणका लागि सबै तहतप्काबाट पहल हुनुपर्छ”, मुख्यमन्त्री पाण्डेले भन्नुभयो, “त्यसैले दुर्घटना न्यूनीकरणका लागि गण्डकी प्रदेशमा सचेतना फैलाउने कार्यमा प्रदेश सरकार जुटेको छ ।”
सवारी दुर्घटनामा ट्राफिक प्रहरीले कसरी घाइतेको उद्वार गर्छ भन्ने बारेमा नमूना अभ्यास गरिएको थियो । अभ्यासका क्रममा प्रहरी र स्थानीय सहभागी भएका थिए । दुर्घटनामा मृतकका परिवारले क्षतिपूर्तिका लागि गर्ने आन्दोलनले असहज परिस्थिति सृजना हुनसक्ने समेत नमूना अभ्यासमा देखाइएको थियो । कार्यक्रममा नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना, नागरिक समाज र विद्यार्थीलगायतको उपस्थिति थियो ।
प्रमुख जिल्ला अधिकारी जनार्दन गौतम र शुक्लागण्डकी नगरपालिकाका प्रमुख कृष्णराज पण्डितले सवारी दुर्घटना न्यूनीकरणका लागि सडक, सवारी र चालकको महत्वपूर्ण भूमिका रहने बताएका छन् ।
गण्डकी प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक दुर्गा सिंहले प्रहरीले जहिले पनि समाजमा हुनसक्ने दुर्घटना न्यूनीकरणका लागि अग्रसर रहँदै आएको बताए। नेपालमा सडकको विकल्प नभएकाले सवारीसाधन दुर्घटना दर उच्च रहेको उनको भनाइ छ । मुलुकमा प्रत्येक वर्ष दुई हजार छ सय जनाको सवारी दुर्घटनाबाट मृत्यु हुने र १५ हजार घाइते हुने गरेको तथ्याङ्क उनले प्रस्तुत गरेका थिए ।
Comments
अरु समाचार
-
यूएन महासभामा सहभागी हुन आज न्यूयोर्क जाँदै प्रधानमन्त्री, जलवायु न्याय र हिमाली मुद्दा प्राथमिकतामा
काठमाडौं। प्रधानमन्त्री बालेन्द्र शाह संयुक्त राष्ट्रसंघको महासभाको ८१औँ सत्रअन्तर्गतको ‘उच्चस्तरीय सप्ताह’ मा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज मंगलबार अमेरिकाको न्युयोर्क...
-
नागरिकता सम्बन्धी मुद्दामा विशेष अदालतको नजिरयुक्त फैसला: तथ्य र प्रमाणबिनाको आरोपबाट न्यायको जित
काठमाडौं । नागरिकता र झुठो लिखत सम्बन्धी बहुचर्चित मुद्दामा विशेष अदालतले वस्तुनिष्ठ प्रमाण र कानुनको न्यायसम्मत व्याख्या गर्दै सकारात्मक एवम्...
-
पासपोर्ट छपाइका लागि भएको ठेक्कापट्टा कानुनसम्मत: सर्वोच्च अदालत
काठमाडौं । राहदानी विभागबाट पासपोर्ट छपाइका लागि भएको ठेक्कापट्टा कानुनसम्मत रहेको सर्वोच्च अदालतले ठहर गरेको छ । न्यायाधीशहरू कुमार रेग्मी...
-
निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको प्रतिवेदन एमाले सचिवालयबाट स्वीकृत
काठमाडौं । निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको प्रतिवेदनलाई नेकपा एमालेको सचिवालय बैठकले औपचारिकता दिएको छ । सोमवार च्यासलस्थित पार्टी...
-
आज किन स्थगित गरियो नियमित सेयर कारोबार ?
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले आज (सोमबार) को नियमित सेयर कारोबार स्थगित गरेको छ । नेप्सेका अनुसार ७२...
-
‘आरोहणको तयारी गर्दैगर्दा हिम पहिरो गएको त्यो क्षण’
गोरखा । मनास्लु हिमालको तेस्रो शिविरमा गएको हिमपहिरोमा परी दुई जनाको मृत्यु भएको घटना यस वर्षको आरोहण सिजनमा हिमाली पर्यटनको...
-
भृकुटीमण्डपमा घरजग्गा मेला : बढ्दो आवास मागदेखि व्यवस्थित निर्माणको बहससम्म
काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा आयोजित ‘नवौं नेपाल जग्गा तथा आवास एवम् निर्माण प्रदर्शनी–२०८३’ मा करिब ८० हजारभन्दा बढीले अवलोकन गर्नुले...
-
एमाले नेता सूर्य थापाको टिप्पणी : ‘१२ भाइले छाड्नुस् भन्न मिल्छ, पुनर्गठन भन्न मिल्दैन’
काठमाडौं । नेकपा (एमाले) का नेता सूर्य थापाले पार्टीभित्रको नेतृत्व तथा संगठनात्मक विषयलाई लिएर सामाजिक सञ्जालमार्फत टिप्पणी गरेका छन् ।...
-
ईडीएलभीआरएस मार्फत ‘सवारी चालक अनुमतिपत्र’ व्यवस्था कार्यान्वयनमा
काठमाडौं । विद्युतीय ड्राइभिङ लाइसेन्स तथा सवारी दर्ता प्रणाली (ईडीएलभीआरएस) मार्फत सवारी चालक अनुमतिपत्र (लाइसेन्स) छपाइको काम थालिएको छ। सरकारले...












