म्यान्मारमा पहिरोमा परी पाँच जनाको मृत्यु, सात व्यक्ति बेपत्ता
काठमाडौं । म्यानमारको खानीमा गएको पहिरोमा परी दुई चिनियाँ नागरिकसहित कम्तीमा पाँच जनाको मृत्यु हुनुका साथै अन्य सात जना बेपत्ता भएको खानीमा कार्यरत एक कामदारले बताए । चीनसँग सीमा जोडिएको कचिन राज्यको पाङ्वामा रहेको खानीको केही भाग मङ्गलबार बिहान खसेको खानीमा काम गर्ने कामदारले बताएका छन् ।
उनीहरूका अनुसार ‘पहिरोका कारण पूरै पहाड झरेको, ठूलाठूला रूख ढल्दा निकै ठूलो जङ्गली क्षेत्र कटान भएका र कम्तीमा पाँच जनाको मृत्यु भएको साथै सात जना हराइरहेका छन्’ । उद्धारकर्ताले दुई चिनियाँ नागरिक, दुई सुरक्षाकर्मी र एक कामदारसहित पाँच जनाको शव फेला पारेको स्रोतले जनाएको छ ।
स्थानीय सञ्चारमाध्यमले खानीबाट पाँच जनाको मृत्यु भएको र कम्तीमा २० जना हराइरहेका बताएका छन् । म्यान्मारको सुदूर उत्तरमा मूल्यवान् पथ्थर, सुन र काठजस्ता अन्य प्रचुर प्राकृतिक स्रोतहरूको खानी रहेको कचिन राज्यमा यी प्राकृतिक स्रोत जातीय कचिन विद्रोही र म्यान्मारको सेनालाई दशकौँ लामो गृहयुद्धका क्रममा आकर्षक आम्दानीको रूपमा रहेका छन् ।
यो क्षेत्र इलेक्ट्रिक साधनहरूमा प्रयोग हुने चुम्बकको खानीका लागि पनि प्रसिद्ध छ । ग्लोबल विटनेसले गत महिना स्याटेलाइट इमेजरीलाई उद्धृत गर्दै पाङ्वा शहरको वरपर ३०० भन्दा बढी खानी स्थलहरू रहेको बताएको थियो ।
Comments
अरु समाचार
-
अमेरिकी र इरानी अधिकारीहरु शान्ति वार्ता गर्न पुगे स्वीटजरल्याण्ड
काठमाडौं । शान्ति सम्झौताको प्रयासमा अमेरिकी र इरानी अधिकारीहरु वार्तामा बस्न स्वीटजरल्याण्ड पुगेका छन् । मध्यस्थकर्ताको भूमिका निर्वाह गरेका कतार...
-
मध्यपूर्वमा ऊर्जा र अन्य आपूर्ति अवरोध हट्न अझै समय लाग्छ : आइएमएफ
काठमाण्डौ । अमेरिका–इरानबीचको युद्धविराम घोषणाले मध्यपूर्वको तनावलाई कम गर्ने देखिए पनि ऊर्जा र अन्य आपूर्ति अवरोधहरू हट्न अझै समय लाग्ने...
-
इरानमाथि कडा दबाब सिर्जना गर्दै २२ देशले चेतावनी
सिड्नी । संयुक्त राज्य अमेरिका, बेलायतसहित युरोपेली राष्ट्रहरू र अस्ट्रेलिया लगायत २२ देशले इरानमाथि कडा दबाब सिर्जना गर्दै आफ्ना भूभागमा...
-
पोखरा-लिन्जीबीच सहकार्य विस्तारबारे शिष्टाचार भेटवार्ता
पोखरा । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यसँग चीनको भगिनी सहर लिन्जीका वैदेशिक मामिला उप–निर्देशक तथा सिपीसीका सचिव डानजेङ साङ्झोउ...
-
फ्लाईदुबईले सेप्टेम्बरदेखि पोखरा–दुबई दैनिक उडान गर्ने, मेयर आचार्यद्वारा सेवा सफल बनाउन अपिल
काठमाडौं । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय उडान सञ्चालन गर्ने दिशामा महत्वपूर्ण प्रगति भएको छ। उच्चस्तरीय सुरक्षा, सेफ्टी तथा सञ्चालनसम्बन्धी...
-
रुसी लगानीकर्तालाई नेपालको विद्युत क्षेत्रमा लगानी गर्न महतोको आह्वान
काठमाडाैं । व्यवसायी तथा उद्योगपति उपेन्द्र महतोले नेपालको जलविद्युत तथा ऊर्जा पूर्वाधार क्षेत्रमा लगानी गर्न रुसी व्यवसायी तथा लगानीकर्ताहरूलाई आह्वान...
-
इरानले भन्यो- फेरि कुनै युद्ध चाहिँदैन, हमला भए सशक्त जवाफ दिइनेछ
काठमाडौं । इरानले कुनै नयाँ युद्धको सुरुवात गर्न नचाहेको, तर आफूमाथि हमला भए पूर्ण तागतका साथ जवाफ दिने बताएको छ।...
-
आमनेसामने वार्ता गर्न जेलेन्स्कीले पुटिनलाई राखे प्रस्ताव
किभ। युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई एक खुला पत्र लेख्दै युद्ध अन्त्यका लागि आमनेसामने वार्ता गर्न प्रस्ताव...
-
हर्मुज जलमार्ग पूर्ण रूपमा बन्द गर्ने इरानको निर्णय, अमेरिकासँगको सन्देश आदानप्रदानमा समेत रोक
काठमाण्डौ। इरान र उसका सहयोगीहरूले ‘स्ट्रेट अफ हर्मुज’लाई पूर्ण रूपमा रोक्ने भएका छन् । इरानले ‘स्ट्रेट अफ हर्मुज’लाई पूर्ण रूपमा...











