टी–२० विश्वकपमा उपाधि दावेदर मानिएको टोली पाकिस्तान अमेरिकासँग पराजित
काठमाडौं । टि–२० विश्वकपमा उपाधि दावेदार टेस्ट टोली पाकिस्तान अमेरिकासँग सुपर ओभरमा पराजित भएको छ ।
डालासस्थित ग्रान्ड पिएरे मैदानमा बिहीबार भएको रोमाञ्चक खेलमा पाकिस्तान आयोजक अमेरिकासँग सुपर ओभरमा पाँच रनले पराजित भएको हो । समूह ‘ए’ मा लगातार दोस्रो जित निकालेको अमेरिका चार अङ्कसहित शीर्षस्थानमा छ । एसोसिएट टोली अमेरिकाको सुपर आठ पुग्ने सम्भावना बलियो बनेको छ । अमेरिकाले पहिलो खेलमा क्यानडालाई हराएको थियो । पाकिस्तानले भने हारबाट विश्वकपको सुरुवात गरेको छ ।
सुपर ओभरमा पहिले ब्याटिङ गरेको अमेरिकाले २० रनको लक्ष्य दिएको थियो । सुपर ओभरमा अमेरिकाका एरोन जोन्सले ११ रन बनाए । जवाफमा पाकिस्तान १४ रनमा समेटियो ।यसअघि जितका लागि पाकिस्तानले प्रस्तुत गरेको एक सय ६० रनको लक्ष्य पछ्याएको अमेरिकाले निर्धारित २० ओभरमा तीन विकेटको क्षतिमा एक सय ५९ रन जोड्दै खेल सुपर ओभरमा लगेको थियो ।
अमेरिकाका लागि कप्तान मोनांक पटेलले ५० रन बनाए । उनले ३८ बलमा सात चौका र एक छक्काको सहयोगमा उक्त रन बनाएका थिए।एरोन जोन्सले अविजित ३६, एन्ड्रियस गाउसले ३५, नितिश कुमारले १४ र स्टेभन टेलरदे १२ रन बनाए । बलिङमा पाकिस्तानका मोहम्मद आमिर, नसिम शाह र ह्यारिस राउफले एक एक विकेट लिए।
यसअघि पहिले ब्याटिङ गरेको पाकिस्तानले निर्धारित २० ओभरमा सात विकेटको क्षतिमा एक सय ५९ रन बनाएको थियो ।पाकिस्तानका लागि कप्तान बाबर आजमले सर्वाधिक ४४ रन बनाए । सदाव खानले ४०, शाहिन शाह अफ्रिदीले २३, इफ्तिकर अहमेदले १८ र फकहर जमतले ११ रन बनाए ।बलिङमा अमेरिकाका नोस्थुस केन्जिङ्गेले तीन विकेट लिउ । सौरभ नेत्रभाल्करले दुई तथा अली खान र जस्दीप सिंहले एक एक विकेट लिए।
Comments
अरु समाचार
-
रसुवा बाढीपीडितका लागि वायुसेवा निगमद्वारा ९८ लाख ३५ हजार ९७६ रुपियाँ सहयोग
काठमाडौं । रसुवामा आएको बाढीबाट प्रभावित नागरिकको उद्धार तथा राहत कार्यमा सहयोग पुर्याउने उद्देश्यले नेपाल वायुसेवा निगमले प्रधानमन्त्री दैवी प्रकोप...
-
आरोहीले भरियो मनास्लु आधार शिविर, ४६६ विदेशीको आरोहण तयारी
सुलीकोट (गोरखा) । शरद ऋतु सुरु भएसँगै गोरखाको मनास्लु क्षेत्रमा हिमाल आरोहण गतिविधि तीव्र बनेको छ। यस वर्ष मनास्लु हिमाल...
-
सरकारकोआम्दानीभन्दा खर्च बढी, दुई महिनाको तथ्याङ्क कस्तो ?
काठमाडौँ । चालु आर्थिक वर्ष २०८३/८४ को शुरुआती दुई महिनामा सरकारले करिब दुई खर्ब रुपियाँ बजेट खर्च गरेको छ ।...
-
इरान युद्धमा अमेरिकाको खर्च ३८ अर्ब डलर, ०.५५ ले महँगी बढ्ने अनुमान
काठमाडौं ।अमेरिकाले इरानविरुद्धको ६ महिना लामो युद्धमा हालसम्म ३८ अर्ब डलर खर्च गरेको छ। अमेरिकी संसद्को गैरदलीय लेखाजोखा निकायका अनुसार...
-
उपत्यकाबाहिर यात्रुवाहक साधनलाई विशेष प्राथमिकता, रोकिएको दर्ता खुला
काठमाडौं । यातायात व्यवस्था विभागले काठमाडौं उपत्यकाबाहिर सार्वजनिक यात्रुवाहक सवारी साधनको रोकिएको दर्ता खुला गरेको छ । असोज १ गतेदेखि...
-
वाणिज्य बैंकहरूले असोज महिनाका लागि घटाए मुद्दति निक्षेपको ब्याजदर, कुन बैंकको ब्याजदर कति ?
काठमाडौं। वाणिज्य बैंकहरूले असोज महिनाका लागि मुद्दति निक्षेपको ब्याजदर घटाएका छन्। बैंकिङ प्रणालीमा अधिक तरलता र कर्जाको माग कमजोर रहँदा...
-
सरुवा भएका कर्मचारीलाई तोकिएको अवधिभित्र अनिवार्य रूपमा रमाना दिन निर्देशन
काठमाडौं। भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सरुवा भएका निजामती कर्मचारीलाई तोकिएको अवधिभित्र अनिवार्य रूपमा रमाना दिन...
-
‘२१ बुँदे कार्ययोजना घोषणा गरेपछि शेयर बजारमा उत्साह’
काठमाण्डाै । शेयर बजार लगातार तेस्रो कारोबार दिन बढेको छ । शेयर बजार परिसूचक नेप्से आज (मंगलबार) ४८.५७ अङ्कले बढेर...
-
प्रधानमन्त्री उद्धार कोषमा अहिलेसम्म १४ अर्ब दुई करोड ७३ लाख रुपियाँ जम्मा
काठमाडौँ। प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १४ अर्ब दुई करोड ७३ लाख २९ हजार ७७७ रुपियाँ जम्मा भएको छ ।...












