ताजा समाचार

सुनको मूल्य हालसम्मकै उच्च बिन्दुमा

काठमाडौं । स्थानीय बजारमा पहेँलो धातुको मूल्य तोलामा रु. एक हजारले बढेको छ । बिहीबार प्रतितोला एक लाख ४४ हजारमा कारोबार भएको छापावाला सुन आजका लागि  एक लाख ४५ हजार निर्धारण भएको छ । यो हालसम्मकै उच्च मूल्य हो ।

यस्तै, तेजाबी सुन बिहीबार तोलामा एक लाख ४३ हजार तीन सयमा कारोबार भएकामा आजका लागि  एक लाख ४४ हजार तीन सय निर्धारण भएको छ ।

चाँदीको मूल्य भने तोलामा ५० ले वृद्धि भएको छ । बिहीबार प्रतितोला रु। एक हजार आठ सय ५० मा कारोबार भएको चाँदी आजका लागि भने एक हजार नौ सय निर्धारण भएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org