श्रीलङ्काका राष्ट्रपति र सार्क महासचिवबीच भेटवार्ता
काठमाडौं । परिचयात्मक परामर्श भ्रमणमा रहेका दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) का महासचिव गुलाम सरवारले श्रीलङ्काका राष्ट्रपति रनिल विक्रमासिङ्घेसँग बुधबार कोलम्बोमा शिष्टाचार भेट गरेका छन् ।
त्यस अवसरमा महासचिव सरवारले स्थापनाकालदेखि नै सार्क प्रक्रियालाई श्रीलङ्काबाट निरन्तर सहयोग भएकामा त्यसको सराहना गर्दै सङ्गठनलाई थप सुदृढ बनाउन श्रीलङ्काबाट सहयोग र मार्गदर्शन प्राप्त हुने विश्वास व्यक्त गरेको सार्क सचिवालयले जनाएको छ । महासचिवले श्रीलङ्काका राष्ट्रपतिलाई सार्कका वर्तमान गतिविधि र यसका चुनौतीहरूबारे अवगत गराउँदै सार्क प्रक्रियालाई पुनः सशक्त बनाउन श्रीलङ्काको सहयोगको अपेक्षा गरेका थिए ।
सार्क अध्यक्ष नेपालसँगको परामर्शमा शिखर सम्मेलनलगायत अन्य उच्चस्तरीय बैठक यथाशीघ्र हुनेमा आफू विश्वस्त रहेको महासचिवले बताए ।
सार्क क्षेत्रका जनताको आशा र आकाङ्क्षालाई मूर्तरूप दिनुपर्नेमा जोड दिँदै राष्ट्रपति विक्रमासिङ्घेले सार्क प्रक्रियालाई पुनरुत्थानका निम्ति थप कदम चाल्न आवश्यक भएको बताए । उनले कोलम्बोमा सार्क सांस्कृतिक केन्द्र स्थापनाका लागि स्थायी स्थान उपलव्ध गराउन सहमति जनाउनुभएको सचिवालयले जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।
राष्ट्रपति विक्रमासिङ्घेले सार्कप्रति श्रीलङ्काको प्रतिबद्धता दोहो¥याउँदै सार्क क्षेत्रमा दिगो र एकीकृत विकास हासिल गर्न तथा सङ्गठनका लक्ष्य पूरा गर्न हरसम्भव सहयोग गर्ने प्रतिबद्धता दोहो¥याएका थिए।
Comments
अरु समाचार
-
विमान उडानमा वैज्ञानिकहरूको नयाँ प्रयास, प्रभावकारी उडानका लागि एआईको प्रयोग
काठमाडौं। विमानले बनाउने लामो समय टिक्ने ‘कन्ट्रेल’ अर्थात विमान आकाशमा उड्दा बन्ने बादलजस्तो धर्का बाट हुने जलवायु प्रभाव घटाउन कृत्रिम...
-
नेपाली मदिराको लोगो वा ट्रेडमार्कमा ‘Scotch’ वा ‘Scottish’ शब्द प्रयोग गर्न नपाइने: सर्वोच्च
काठमाडौं । नेपालमा उत्पादित मदिराजन्य पेय पदार्थको ट्रेडमार्क वा लोगोमा अन्तर्राष्ट्रिय रूपमा संरक्षित भौगोलिक संकेत (Geographical Indication- GI) का रूपमा...
-
एआई प्रविधिले उकास्यो चीनको व्यापार, निर्यातमा दोहोरो अंकको वृद्धि
हङकङ। कृत्रिम बौद्धिकता (एआई)सम्बन्धी उत्पादनको विश्वव्यापी माग तीव्र बनेसँगै चीनको निर्यात जुन महिनामा वार्षिक आधारमा २७ प्रतिशतले वृद्धि भएको छ...
-
विश्वकप २०२६ः फ्रान्स र मोरक्कोबीच सेमिफाइनल प्रवेशका लागि प्रतिस्पर्धा हुने
काठमाडौँ । विश्वकप फुटबल २०२६ को सेमिफाइनल प्रवेशका लागि फ्रान्स र मोरक्कोबीच प्रतिस्पर्धा हुने भएको छ । शनिबार राति भएका...
-
ह्वाट्सएपको नयाँ सुविधामा भारतले किन जनायो आपत्ति ?
नयाँदिल्ली । भारत सरकारले अनलाइन ठगी, फिसिङ र नक्कली परिचयमार्फत हुने साइबर अपराध बढ्न सक्ने चिन्ता व्यक्त गर्दै मेटालाई ह्वाट्सएपको...
-
अष्ट्रियालाई हराउँदै स्पेन विश्वकपको अन्तिम १६ मा
काठमाडौं। २०१० को च्याम्पियन स्पेन फिफा विश्वकप २०२६ को अन्तिम १६ मा प्रवेश गरेको छ। भर्खरै सम्पन्न राउन्ड अफ ३२...
-
सेनालाई बलियो बनाउने र भ्रष्टाचार नियन्त्रणमा जोड दिने चिनियाँ राष्ट्रपतिको प्रतिबद्धता
काठमाडौं । चिनियाँ राष्ट्रपति सी जिनपिङले सेनालाई सुदृढ र आधुनिकीकरण गर्ने तथा सत्तारूढ कम्युनिस्ट पार्टीभित्रको भ्रष्टाचारलाई निर्मूल पार्ने वाचा गर्नुभएको...
-
विभिन्न जेलमा रहेका ३३ नेपाली कैदीलाई साउदी सरकारले दियो माफी
काठमाडौँ । साउदी अरब सरकारले त्यहाँका विभिन्न जेलमा सजाय काटिरहेका ३३ जना नेपाली कैदीलाई 'माफी' दिएको छ । रमजान महिनाको...
-
भेनेजुएलामा भूकम्पबाट मृत्यु हुनेको संख्या ९२० पुग्यो, ५१ हजारभन्दा बढी बेपत्ता
काठमाडौं । भेनेजुएलामा भूकम्पमा परी मृत्यु हुनेको संख्या ९२० पुगेको छ। गत बुधबार राति ७.२ र ७.५ म्याग्नेच्युडको शक्तिशाली भूकम्प...












