बिदाई हुनुभन्दा २ घण्टा अगाडि आनन्दमोहनको जोडबलमा न्याय परिषद्को बैठक बोलाइयो, न्यायाधीशमा आफ्ना मान्छे ल्याउने खेल
काठमाडौं । ६५ वर्षे उमेर हदका कारण शुक्रबारदेखि अवकाश हुन लागेका सर्वोच्चका वरिष्ठतम् न्यायाधीश आनन्दमोहन भट्टराईले जाँदाजादै न्यायाधीश नियुक्तिमा जोडबल गरेका छन् । २ बजे उनको बिदाई कार्यक्रम तय भइसकेको छ । तर, न्यायाधीश नियुक्ति गर्ने उद्देश्यले १२ बजे न्याय परिषद्को बैठक डाकिएको हो । घर जानुभन्दा अगाडि आनन्दमोहन आफ्ना मान्छेलाई व्यवस्थापन गर्न चाहन्छन् भन्ने कुरा यो घटनाले पुष्टि गर्छ ।
आनन्दमोहनको स्वार्थमा प्रधानन्यायाधीश विशम्भरप्रसाद श्रेष्ठ र न्याय परिषद्का सदस्य रामप्रसाद श्रेष्ठ लागेको सर्वोच्च अदालतभित्र चर्चा चलेको छ । जाँदाजाँदै आफ्नो स्वार्थ अनुसार खल्तीका मान्छे नियुक्ति गरेर उनी जान खोजेको बुझिन्छ । राम्रो भन्दा पनि हाम्रा मान्छे नियुक्ति गरौं भनेर उहाँ लाग्नु भएको छ सर्वोच्च स्रोतले भन्यो, ईश्वरप्रसाद खतिवडाको डिजाइनमा आनन्दमोहन श्रीमान जाँदाजाँदै न्यायाधीश नियुक्ति गर्ने महिहत्ते गरेर लाग्नु भएको छ । न्याय परिषद् बैठक त्यसैको कडी हो ।
आनन्दमोहनले भने आफूले राम्रा मान्छे नियुक्ति गरेर जान खोजेको प्रतिक्रिया दिए । उनले जसले गरेपनि राम्रो मान्छे नियुक्ति गर्ने हो त्यसैलै जसले गरेपनि फरक पर्दैन भनेर आफ्नो कदमको बचाउ गरेका छन् । सर्वोच्च स्रोतका अनुसार आनन्दमोहनले वरिष्ठ र काबिल न्यायाधीशलाई रोकेर आफ्नो स्वार्थमा चल्नेलाई सर्वोच्चमा ल्याउन खोजेका हुन् । उनले च्यापेर हिँडेका मान्छे हेर्दा पनि त्यो कुरा प्रस्ट हुने स्रोतको दाबी छ ।
जाँदाजाँदै सर्वोच्च र उच्च अदालतमा न्यायाधीश नियुक्ति गरेर दाम्लो चुडाल्न खोजेका आन्दमोहनको भनाइ र गराइ बिल्कुल फरक छ । अन्तिम समयमा उनको कदमलाई साथ दिनेहरुले पनि एकपटक सोच्नु पर्ने कुरा हो । तर, उनीहरु आनन्दमोहनसँग नतमस्तक बनेको बुझिन्छ ।
Comments
अरु समाचार
-
काँकरभिट्टा नाकाबाट १६ अर्ब ८१ करोडको पेट्रोलियम पदार्थ आयात
भद्रपुर (झापा) । चालु आर्थिक वर्ष २०८२/८३ को चैत मसान्तसम्म पूर्वीनाका काँकरभिट्टाबाट रु १६ अर्ब ८१ करोड ३६ लाख ३०...
-
राजनीतिक नियुक्ति खारेजी हुँदै, को जोगिए- को पदमुक्त हुँदैछन् ?
काठमाडाैं । राष्ट्रपति रामचन्द्र पाैडेलले जारी गरेको सार्वजनिक पदाधिकारीको पदमुक्ति सम्बन्धी विशेष व्यवस्था अध्यादेश, २०८३ ले अब राजनीतिक नियुक्ति लिएका...
-
‘सम्पत्ति छानबिन आयोग विघटन भए अख्तियारमा अभिलेख बुझाउने व्यवस्था’
काठमाडौं । गत वैशाख २ गते सर्वोच्च अदालतका पूर्वन्यायाधीश राजेन्द्रकुमार भण्डारीको संयोजकत्वमा गठित पाँच सदस्यीय सम्पत्ति छानबिन आयोगसम्बन्धी कार्यदेश सार्वजनिक...
-
पिपुल अफ नेपाली ओरिजिन ‘पीएनओ’ को अध्यक्ष कुमार कार्की चयन
काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले पिपुल अफ नेपाली ओरिजिन 'पीएनओ’ को अध्यक्ष कुमार कार्कीलाई तोकेको छ । एनआरएनएका...
-
यूएईविरुद्धको खेलमा नेपालले हासिल गर्यो ६ रनको रोमाञ्चक जित
काठमाडौं । लिग २ अन्तरगत शुक्रबार भएको यूएईविरुद्धको म्याचमा नेपालले ६ रनको रोमाञ्चक जित हात पारेको छ। अन्तिम बलसम्म पुगेको...
-
आजदेखि उपत्यकाका बागमती र सहायक नदी किनारका जोखिमयुक्त बस्ती स्थानान्तरण
काठमाडौं । सरकारले दोस्रो चरणअन्तर्गत आजदेखि काठमाडौं उपत्यकाका वाग्मती तथा सहायक नदी किनारमा रहेका जोखिमयुक्त बस्ती स्थानान्तरण गर्ने भएको छ...
-
म्यानमानरकी नेत्री आङसान सुकीलाई जेलबाट घरमै नजरबन्दमा सारियो
काठमाडौं । । म्यानमारको सैनिक सरकारले थुनामा रहेकी प्रजातन्त्रवादी नेत्री आङ सान सूकीलाई घरमा नजरबन्दमा सारिएको जनाएको छ । थुनामा...
-
आयोगलाई राष्ट्रपति, प्रधानमन्त्रीदेखि निजी सचिवसम्मको सम्पति छानबिन गर्ने बाटो खुल्यो
काठमाडौं । सम्पति छानबिन आयोगले राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्रीदेखि निजी सचिवसम्मको सम्पति छानबिनको काम अघि बढाउने बाटो खुलेको छ । गत...
-
वर्षापछि काठमाण्डाै उपत्यकाकाे वायु गुणस्तरमा सुधार
काठमाडाैं । गएकाे हप्ता तीव्र रूपमा वृद्धि भएको काठमाण्डाै उपत्यकाको वायु गुणस्तरमा सुधार आएको छ । सुक्खा मौसम र वन...












