मेलम्चीको मुद्दामा बहस सुरू गर्नुअघि पूर्व सुनुवाइ छलफल गरिने
काठमाडौं । विशेष अदालतले मेलम्ची खानेपानी आयोजनाको भ्रष्टाचार मुद्दामा नियमित सुनुवाइ सुरु गर्नुअघि पूर्व सुनुवाइ छलफल गर्ने भएको छ । मेलम्चीको मुद्दामा प्रतिवादी बनाइएका सबै आरोपितहरु हाजिर भएपछि विशेष अदालतले पूर्व सुनुवाइ छलफलको आदेश दिएको हो ।
अध्यक्ष टेकनारायण कुँवर, सदस्यहरु तेजनारायण सिंह राई र मुरारीबाबु श्रेष्ठको इजलासले गरेको आदेशमा भनिएको छ, ‘यस मुद्दाको विषयवस्तुको गम्भीरता मध्यनजर गरी पूर्व सुनुवाइ छलफल गर्न उपयुक्त देखिएकाले १३ असार, २०८१ मा पेशी तोकी नियमानुसार पेश गर्नू ।’
विशेष अदालतका प्रवक्ता धनबहादुर कार्कीका अनुसार मुद्दाका पक्ष अदालतमा उपस्थित भइसकेपछि सुनुवाइअघि दुवै पक्षलाई बोलाएर मुद्दाको वास्तविक विषयवस्तुबारे छलफल गरिन्छ, त्यसलाई पूर्व सुनुवाइ छलफल भन्ने चलन छ ।
‘मुद्दाको सुनुवाइका क्रममा कुन कागजात आवश्यक पर्छ, के कस्ता प्रश्नहरुलाई केन्द्रमा राखेर न्याय निरुपण गर्ने भन्नेबारे दुवै पक्षबीच छलफल हुन्छ । यसलाई सुनुवाइअघिको सुनुवाइ पनि भन्ने चलन छ’, उनले भने ।
मुलुकी फौजदारी कार्यविधि संहिता र विशेष अदालत नियमावलीमा पूर्व सुनुवाइ छलफलको व्यवस्था भएपनि अहिलेसम्म त्यसको व्यवहारिक कार्यान्वयन भएको थिएन । पूर्व छलफल विना नै मुद्दाको सुनुवाइ अघि बढ्दा सरोकारवाला निकायहरुबाट पटक पटक कागजात माग्ने, कानुन व्यवसायीहरुले उही बुँदामा बारम्बार बहस दोहो¥याउने लगायतका समस्या हुन्थ्यो । पूर्व सुनुवाइमा त्यसलाई व्यवस्थित गर्ने प्रयास हुने प्रवक्ता कार्कीले बताए ।
उनका अनुसार, पूर्व सुनुवाइ छलफलमा मुद्दाको निरुपण गर्नुपर्ने विषयवस्तु टुंग्याइन्छ । दुवै पक्षले तय गरेका प्रश्नहरुमध्ये कानुन व्यवसायीहरुले निश्चित विषयमा मात्रै बहस गर्नेगरी जिम्मेवारी लिन्छन् । साक्षी, बकपत्रदेखि बहसको समय व्यवस्थापन पहिल्यै तय गरिन्छ । प्रवक्ता कार्की भन्छन्, ‘अदालतले सम्बन्धित निकायबाट बुझ्नुपर्ने कागजात पहिल्यै तय हुन्छ र एकैपटक झिकाउने आदेश गरिन्छ ।’
अहिलेसम्म अदालतहरुमा आरोपितहरुको बयान सकिएपछि साक्षी बुझ्ने र कागजात मगाउने अभ्यास थियो । पछि सुनुवाइका क्रममा मुद्दाको कुनै पक्षले थप कागजात मगाउन माग गरेमा अदालतले फेरि तयसै अनुसार आदेश दिन्थ्यो । पटकपटक कागजात मगाउने आदेश गर्दा मुद्दाको प्रक्रिया लम्बिन्थ्यो । परम्परागत तौरतरिकाको तुलनामा व्यवस्थित र वैज्ञानिक पद्धति भएकाले परीक्षणको रुपमा पूर्व सुनुवाइ छलफल गर्न खोजिएको उनले बताए । पूर्व सुनुवाइ छलफलमा मुद्दाका दुवै पक्ष, उनीहरुका कानुन व्यवसायीहरुले नै छलफलबाट मुद्दामा निरुपण गर्नुपर्ने प्रश्नहरु तय गर्छन् । दुवै पक्षका कानुन व्यवसायीहरुले लिने समय व्यवस्थापन हुन्छ ।
साक्षी र बकपत्रलाई समेत नदोहोरिने गरी व्यवस्थापनको प्रयास गरिने कार्कीले बताए । अभियोगपत्र दायर भएपछि कुनै प्रमाणहरु छुटेका भए मुद्दाको पक्षहरुको अनुरोधमा न्यायाधीशहरुले प्रमाण पेश गर्ने समय दिन सक्छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ६ फागुन, २०८० मा मेलम्ची खानेपानी आयोजनामा भ्रष्टाचार भएको दाबी गर्दै तीन पूर्वसचिव सहित १५ जना विरुद्ध मुद्दा दायर गरेको थियो । मेलम्ची खानेपानी आयोजना विकास समितिका तत्कालिन अध्यक्षहरु खानेपानी मन्त्रालयका तत्कालिन सचिव डा। सञ्जय शर्मा, भीमप्रसाद उपाध्याय, गजेन्द्र कुमार ठाकुरलाई अख्तियारले मुद्दा चलाएको थियो ।
प्रतिवादी र बिगोको हिसाबले ठूलो मेलम्चीको मुद्दामा सुरु भएको यो अभ्यास अन्य मुद्दाहरुमा पनि लागू गर्दै जाने विशेष अदालतका प्रवक्ता कार्कीले बताए । ‘छिटो र छरितो रुपमा मुद्दा व्यवस्थापन गर्न सकिने अनुमानका साथ ठूलो मुद्दाबाट यसको अभ्यास गर्न थालिएको हो ।’
Comments
अरु समाचार
-
बारबराका सन्दुककी भतिजी तथा नेपोकिड यांकीलाई वालेन्द्रको उपहार ‘लगानी बोर्डको सीईओ’
लगानी बोर्डको सीईओमा नियुक्त भएकी यांकी उक्याब सन्दुक रुइतको भतिजी रहेको पाइएको छ। तत्कालीन समयमा महाकालीको अञ्चलाधिश नै बनेका जोन...
-
उपत्यकामा श्रृंखलाबद्ध सिक्री लुट्ने ‘कर्मा समूह’का नाइकेसहित पाँच पक्राउ
काठमाडौं । उपत्यकाका विभिन्न स्थानमा श्रृंखलाबद्ध रूपमा सुनका सिक्री तथा नगद लुटपाटमा संलग्न ‘कर्मा समूह’का नाइकेसहित पाँच जनालाई प्रहरीले पक्राउ...
-
लोकतान्त्रिक मूल्य सुदृढ बनाउन अग्रज नेताको आदर्श आत्मसात् गर्नुपर्छः पूर्वराष्ट्रपति भण्डारी
ललितपुर । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले लोकतान्त्रिक मूल्यमान्यता, नैतिकता, सुशासन र जनउत्तरदायित्वलाई सुदृढ बनाउन अग्रज राजनीतिक व्यक्तित्वहरूको आदर्शलाई आत्मसात् गर्न आवश्यक...
-
आम्दानी र सिट उपयोगितामा सुधार, निगमलाई आत्मनिर्भर बनाउने तयारी
काठमाडाैं । नेपाल वायुसेवा निगमले नयाँ नेतृत्व पाएसँगै संस्थागत सुधारका कामले गति लिन थालेको जनाएको छ। व्यवस्थापकीय सुधार, कार्यसम्पादनमा जवाफदेहिता...
-
एआई प्रविधिले उकास्यो चीनको व्यापार, निर्यातमा दोहोरो अंकको वृद्धि
हङकङ। कृत्रिम बौद्धिकता (एआई)सम्बन्धी उत्पादनको विश्वव्यापी माग तीव्र बनेसँगै चीनको निर्यात जुन महिनामा वार्षिक आधारमा २७ प्रतिशतले वृद्धि भएको छ...
-
विश्वकप २०२६: फ्रान्सलाई २–० ले हराउँदै स्पेन १६ वर्षपछि फाइनलमा
काठमाडौँ। बलियो प्रतिद्वन्द्वी फ्रान्सलाई स्तब्ध बनाउँदै स्पेन फिफा विश्वकप–२०२६ को फाइनलमा प्रवेश गरेको छ । अमेरिकाको डालास स्टेडियममा बुधबार बिहान...
-
मुलुकका ४४ जिल्लामा बाढीको जोखिम, साना नदीमा आकस्मिक बाढीको सम्भावना
काठमाडौँ। यतिबेला मुलुकका ४४ जिल्लामा आकस्मिक बाढीको मध्यमदेखि उच्च जोखिम रहेको छ ।जल तथा मौसम विज्ञान विभागले पाँचथर, इलाम, झापा,...
-
मन्त्रीपरिषद् बैठकका पाँच महत्त्वपूर्ण निर्णय, वायुसेवा निगमको कार्यकारी अध्यक्षमा महेश्वरभक्त श्रेष्ठ नियुक्त
काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय सिंहदरबारमा मंगलबार बसेको मन्त्रीपरिषद् बैठकले पाँच महत्वपूर्ण निर्णय गरेको छ । यसैक्रममा बैडकले बीउबिजनसम्बन्धी...
-
परिणाममुखी काम गर्न प्रेस काउन्सिल र दूरसञ्चार प्राधिकरणका नवनियुक्त अध्यक्षलाई सञ्चारमन्त्रीको निर्देशन
काठमाडौँ । प्रेस काउन्सिल नेपालको अध्यक्षमा नियुक्त उमेश श्रेष्ठ र नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष अर्जुन घिमिरेले नियुक्तिपत्र ग्रहण गरेका छन्।...












