कवाड व्यवसायीमाथि प्रहरी दमनको विरोधमा सांसदहरू
काठमाडौं । सांसदहरुले कवाड व्यवसायीहरुको शान्तिपूर्ण आन्दोलनमा प्रहरीले दमन गरेको भन्दै आपत्ति जनाएका छन् । साथै उनीहरुले प्रहरी दमनबाट घाइते भएकाहरुको उचित उपचारको व्यवस्था गर्न पनि माग गरेका छन् ।
बुधबार प्रतिनिधिसभाको आकस्मिक समयमा बोल्दै आम जनता पार्टीका अध्यक्ष प्रभु साहले कवाड व्यवसायीहरुमाथि प्रहरीले निर्मम दमन गरेको र ५० भन्दा बढि घाइते भएउनले प्रहरी दमनका बिषयमा गृहमन्त्री रवि लामिछानेको जवाफ माग गर्दै दमनमा संलग्नलाई कारवाही गर्नुपर्ने धारण राखे ।
शान्तिपूर्ण विरोध प्रदर्शन गर्न नेपाली जनताको संवैधानिक र लोकतान्त्रिक हकविपरीत भएको प्रहरी हस्तक्षेप लोकतन्त्रविपरीत रहेको बताए । नेपालका जनताका जीउधन र व्यवसायको ग्यारेन्टीको सवाल सिर्जना भएको उनले बताए ।
त्यस्तै सांसद डा. अमरेशकुमार सिंहले अदालतबाट आदेश जारी भए पनि कवाड व्यवसायलाई हटाउने कामको विरोध गदै प्रदर्शनमा उत्रेका प्रदर्शनकारीमाथि भएको प्रहरी हस्तक्षेपप्रति आक्रोश पोखे । मधेशको मान्छे देख्नेबित्तिकै लाठीचार्ज गर्ने प्रशासनको नीति स्वीकार्य नभएको उनले बताए । घाइतेहरूको उपचार निशुल्क गर्न पनि उनले सरकारसँग माग गरेका छन् ।
यसअघि मंगलबार कवाड हटाउने निर्णयको विरोध गर्दै काठमाडौं महानगरपालिका घेराउ गर्न खोज्दा कवाडी व्यवसायीहरूमाथि प्रहरीले धरपकड गरेको थियो ।
Comments
अरु समाचार
-
बार र कानुन सक्षम बनाइए न्यायालयलाई खबरदारी हुनेछः सर्वोच्च न्यायाधीश फुयाँल
विराटनगर । सर्वोच्च अदालतका न्यायाधीश हरि फुयाँलले बार र कानुन सक्षम हुनु पर्नेमा जोड दिनु भएको छ । '६९ औं...
-
नेपालमा चिनियाँ भाषाको आकर्षण बढ्दो, भाषाका माध्यमबाट चीन चिनाइँदै
काठमाडौं । विश्व बजारमा छिमेकी चीनको प्रभाव विस्तार हुँदै गएका बेला नेपालमा चिनियाँ भाषाप्रतिको आकर्षण बढेको छ । विभिन्न बिद्यालय...
-
कुलपतिको अग्रसरतामा त्रिविसभाको अनौपचारिक बैठक सम्पन्न
काठमाडौं । प्रधानमन्त्री एवं कुलपति केपी शर्मा ओलीको अग्रसरतामा त्रिभुवन विश्वविद्यालयमा देखिएका विविध समस्या र सुधारका विषयमा विश्वविद्यालयसभाको अनौपचारिक बैठक...
-
पाथीभरालाई विश्व सम्पदा सूचीमा समावेश गर्न पहल गरिने
काठमाडौं । ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिरलाई विश्व सम्पदा सूचीमा समावेश गर्नका लागि पाथीभरा क्षेत्र विकास समितिले पहल गर्ने निर्णय...
-
प्रमुख प्रशासकीय अधिकृत गुरागाईंमाथि छानबिन थाल्ने र हाजिर हुन नदिने मेयर बालेनकाे तयारी
काठमाडौं। छानबिनको दायरामा रहेको काठमाडौंको पुरानो बसपार्कस्थित काठमाडौं भ्यूटावरको नक्सापास हठातमा स्वीकृत गरेपछि काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सरोजप्रसाद गुरागाईं...
-
रास्वपा सभापति लामिछानेविरुद्ध अदातलमा अभियोगपत्र पेस
काठमाडौं । सहकारीको बचत रकम अपचलनको आरोपमा पक्राउ परी जिल्ला प्रहरी कार्यालय, कास्कीको हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि...
-
एनपिएल विजेता जनकपुर बोल्ट्सलाई प्रधानमन्त्रीद्वारा सम्मान
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल प्रिमियर लिग (एनपिएल) पहिलो संस्करणको उपाधि विजेता जनकपुर बोल्ट्सलाई बधाईसहित सम्मान गरेका छन्...
-
मुग्लिन–काठमाडौँ सडकखण्ड आजदेखि दैनिक तीनघण्टा बन्द
भरतपुर (चितवन) । मुग्लिन–काठमाडौँ सडक आजदेखि दैनिक तीन घण्टा बन्द हुने भएको छ । स्तरोन्नतिसहित निर्माणाधीन उक्त सडक विस्तारका क्रममा...
-
इजरायल र हमास निरन्तर वार्तामा, युद्धविराम र बन्धक रिहा गर्ने सहमति नजिक
जेरुसलेम । इजरायल र हमासबीच युद्धविराम र बन्धक रिहा गर्ने सम्झौतामा ९० प्रतिशत प्रगति भएको प्यालेस्टाइनले जनाएको छ । वार्तामा...