विवादास्पद छविका तत्कालीन मुख्यसचिवका प्रतिस्पर्धी चन्द्र घिमिरे सहसचिव सरहको राजदूतमा सिफारिस
काठमाडौं । तत्कालीन मुख्यसचिव शंकरदास बैरागी खनाल राजदूत हुने प्रतिस्पर्धामा लागेपछि विवादास्पद छविका तत्कालीन मुख्यसचिवका प्रतिस्पर्धी पूर्वसचिव चन्द्र घिमिरेले लेखेका थिए, ‘मुख्यसचिव राजदूत पदका लागि सहसचिवसँग प्रतिस्पर्धा गर्नु लाजमर्दो ।’, तर, मुख्यसचिव बैरागी राजदूत नबनी मन्त्री सरह सेवा सुविधा लिएर राष्ट्रिय सुरक्षा सल्लाहकार बने । उनी राष्ट्रिय सुरक्षा सल्लाहकार बनेर गएपछि अर्का विवादित पात्र डा. बैकुण्ठ अर्याल मुख्यसचिव बन्न सफल भए । बैरागीले ठाउँ नछाडेको भए ‘बिलिङ सिस्टम’ घोटालाका नाइके अर्याल मुख्यसचिव बन्ने नै थिएनन् ।
तत्कालीन मुख्यसचिव लोकदर्शन रेग्मी सहसचिव सरहको राजदूत बनेर बेलायत नगएको भए बैरागी पनि मुख्यसचिव बन्ने थिएनन् । रेग्मीले पूरा कार्यकाल मुख्यसचिव चलाएको भए स्वभाविक पक्रियाबाट घिमिरे मुख्यसचिव बन्ने थिए । तर, मुख्यसचिव रेग्मी सहसचिव सरहको बेलायतको राजदूत बनेपछि परराष्ट्र सचिव बैरागी मुख्यसचिव बने । घिमिरे राजीनामा दिएर हिँडे । रेग्मी पनि बेलायतको राजदूतबाट चाँडै फिर्ता भए ।
‘मुख्यसचिव राजदूत पदका लागि सहसचिवसँग प्रतिस्पर्धा गर्नु लाजमर्दो ’ भनेर घिमिरेले फेसबुकमा लेखेको स्टाटस निकै प्रशंसा पाएको देखिन्छ । उनको उक्त स्टाटसमा धेरैले समर्थन जनाएको देखिन्छ । तर, घिमिरे पनि अहिले सहसचिव सरहको राजदूत बनेर अमेरिका जाने भएका छन् ।
रुको हकमा आदर्शका कुरा छाड्ने पूर्वसचिव घिमिरेले आफूलाई सहज हुँदा सहसचिव सरहको राजदूत सहजै पचाइदिएका छन् । नेपालमा राजदूत पद कति सहज बनाइएको छ भन्ने यो ज्वलन्त उदाहरण हो । सहसचिव सरहको मानिने राजदूतमा सिफारिस भएपछि घिमिरे आफ्नै आदर्शबाट स्खलित भएका छन् । उक्त आदर्शमा टिकिरहने हो भने उनले ‘सचिव भइसकेको म अमेरिकाको राजदूत खान्न’, भन्न सक्नु पर्छ । नत्र घिमिरे पनि एउटै ड्याङ्को उस्तै पिँडालु’मा दरिने छन् । हेरौं सचिव भइसकेका घिमिरेले सहसचिव सरह मानिने राजदूत हुन जान्छन् कि जाँदैनन् ।
नेपालले जे सरहको सुविधा दिए पनि राजदूत भएर जाने देशले सहसचिव सरह कै मान्छ । त्यसैले अमेरिकाले नमान्ने र नचिन्ने सुविधा बढाएर राज्यकोषमा अनावश्यक व्यभार थप्ने धन्दा बन्द होस् ।
बेलायतको राजदूत हुँदा लोकदर्शन रेग्मीले मुलुकका लागि केही योगदान दिन सकेनन् । तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारले बेलायत राजदूत बनाएका रेग्मी कार्यकाल पूरा नहुँदै फिर्ता बोलाइएका थिए । उनै रेग्मीलाई फेरि ओलीको जोडबलमा भारतको राजदूतामा सिफारिस गरिएको हो । परराष्ट्रका अधिकारीहरु रेग्मीलाई अंग्रेजीको दक्षतामाथि प्रश्न गर्ने गर्छन् । लोकसेवा घोकेर जागिर खाएका रेग्मीले अंग्रेजी लेख्न त परै जाओस् सरकारको नीति निर्देशन समेत बोलेर सञ्चार गर्न नसक्ने परराष्ट्रका अधिकारीहरु ठोकुवा गर्छन् । यसले नेपाल-भारत सम्बन्धमा कुनै उपलब्धि परराष्ट्रका अधिकारीहरुको टिप्पणी छ । यस्तै यस्तै हर्कतले राजदूतको गरिमा र साख धुलिसाप हुन थालेको हो ।
Comments
अरु समाचार
-
नागरिकता सम्बन्धी मुद्दामा विशेष अदालतको नजिरयुक्त फैसला: तथ्य र प्रमाणबिनाको आरोपबाट न्यायको जित
काठमाडौं । नागरिकता र झुठो लिखत सम्बन्धी बहुचर्चित मुद्दामा विशेष अदालतले वस्तुनिष्ठ प्रमाण र कानुनको न्यायसम्मत व्याख्या गर्दै सकारात्मक एवम्...
-
पासपोर्ट छपाइका लागि भएको ठेक्कापट्टा कानुनसम्मत: सर्वोच्च अदालत
काठमाडौं । राहदानी विभागबाट पासपोर्ट छपाइका लागि भएको ठेक्कापट्टा कानुनसम्मत रहेको सर्वोच्च अदालतले ठहर गरेको छ । न्यायाधीशहरू कुमार रेग्मी...
-
निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको प्रतिवेदन एमाले सचिवालयबाट स्वीकृत
काठमाडौं । निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको प्रतिवेदनलाई नेकपा एमालेको सचिवालय बैठकले औपचारिकता दिएको छ । सोमवार च्यासलस्थित पार्टी...
-
आज किन स्थगित गरियो नियमित सेयर कारोबार ?
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले आज (सोमबार) को नियमित सेयर कारोबार स्थगित गरेको छ । नेप्सेका अनुसार ७२...
-
‘आरोहणको तयारी गर्दैगर्दा हिम पहिरो गएको त्यो क्षण’
गोरखा । मनास्लु हिमालको तेस्रो शिविरमा गएको हिमपहिरोमा परी दुई जनाको मृत्यु भएको घटना यस वर्षको आरोहण सिजनमा हिमाली पर्यटनको...
-
भृकुटीमण्डपमा घरजग्गा मेला : बढ्दो आवास मागदेखि व्यवस्थित निर्माणको बहससम्म
काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा आयोजित ‘नवौं नेपाल जग्गा तथा आवास एवम् निर्माण प्रदर्शनी–२०८३’ मा करिब ८० हजारभन्दा बढीले अवलोकन गर्नुले...
-
एमाले नेता सूर्य थापाको टिप्पणी : ‘१२ भाइले छाड्नुस् भन्न मिल्छ, पुनर्गठन भन्न मिल्दैन’
काठमाडौं । नेकपा (एमाले) का नेता सूर्य थापाले पार्टीभित्रको नेतृत्व तथा संगठनात्मक विषयलाई लिएर सामाजिक सञ्जालमार्फत टिप्पणी गरेका छन् ।...
-
ईडीएलभीआरएस मार्फत ‘सवारी चालक अनुमतिपत्र’ व्यवस्था कार्यान्वयनमा
काठमाडौं । विद्युतीय ड्राइभिङ लाइसेन्स तथा सवारी दर्ता प्रणाली (ईडीएलभीआरएस) मार्फत सवारी चालक अनुमतिपत्र (लाइसेन्स) छपाइको काम थालिएको छ। सरकारले...
-
किन पक्राउ परे राजनीतिक विश्लेषक भरत दाहाल ?
विराटनगर । मोरङको बेलबारीबाट राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ परेका छन् । यनी आइतबार बिहान पक्राउ परेका हुन् । दाहालविरुद्ध...












