विवादास्पद छविका तत्कालीन मुख्यसचिवका प्रतिस्पर्धी चन्द्र घिमिरे सहसचिव सरहको राजदूतमा सिफारिस
काठमाडौं । तत्कालीन मुख्यसचिव शंकरदास बैरागी खनाल राजदूत हुने प्रतिस्पर्धामा लागेपछि विवादास्पद छविका तत्कालीन मुख्यसचिवका प्रतिस्पर्धी पूर्वसचिव चन्द्र घिमिरेले लेखेका थिए, ‘मुख्यसचिव राजदूत पदका लागि सहसचिवसँग प्रतिस्पर्धा गर्नु लाजमर्दो ।’, तर, मुख्यसचिव बैरागी राजदूत नबनी मन्त्री सरह सेवा सुविधा लिएर राष्ट्रिय सुरक्षा सल्लाहकार बने । उनी राष्ट्रिय सुरक्षा सल्लाहकार बनेर गएपछि अर्का विवादित पात्र डा. बैकुण्ठ अर्याल मुख्यसचिव बन्न सफल भए । बैरागीले ठाउँ नछाडेको भए ‘बिलिङ सिस्टम’ घोटालाका नाइके अर्याल मुख्यसचिव बन्ने नै थिएनन् ।
तत्कालीन मुख्यसचिव लोकदर्शन रेग्मी सहसचिव सरहको राजदूत बनेर बेलायत नगएको भए बैरागी पनि मुख्यसचिव बन्ने थिएनन् । रेग्मीले पूरा कार्यकाल मुख्यसचिव चलाएको भए स्वभाविक पक्रियाबाट घिमिरे मुख्यसचिव बन्ने थिए । तर, मुख्यसचिव रेग्मी सहसचिव सरहको बेलायतको राजदूत बनेपछि परराष्ट्र सचिव बैरागी मुख्यसचिव बने । घिमिरे राजीनामा दिएर हिँडे । रेग्मी पनि बेलायतको राजदूतबाट चाँडै फिर्ता भए ।
‘मुख्यसचिव राजदूत पदका लागि सहसचिवसँग प्रतिस्पर्धा गर्नु लाजमर्दो ’ भनेर घिमिरेले फेसबुकमा लेखेको स्टाटस निकै प्रशंसा पाएको देखिन्छ । उनको उक्त स्टाटसमा धेरैले समर्थन जनाएको देखिन्छ । तर, घिमिरे पनि अहिले सहसचिव सरहको राजदूत बनेर अमेरिका जाने भएका छन् ।
रुको हकमा आदर्शका कुरा छाड्ने पूर्वसचिव घिमिरेले आफूलाई सहज हुँदा सहसचिव सरहको राजदूत सहजै पचाइदिएका छन् । नेपालमा राजदूत पद कति सहज बनाइएको छ भन्ने यो ज्वलन्त उदाहरण हो । सहसचिव सरहको मानिने राजदूतमा सिफारिस भएपछि घिमिरे आफ्नै आदर्शबाट स्खलित भएका छन् । उक्त आदर्शमा टिकिरहने हो भने उनले ‘सचिव भइसकेको म अमेरिकाको राजदूत खान्न’, भन्न सक्नु पर्छ । नत्र घिमिरे पनि एउटै ड्याङ्को उस्तै पिँडालु’मा दरिने छन् । हेरौं सचिव भइसकेका घिमिरेले सहसचिव सरह मानिने राजदूत हुन जान्छन् कि जाँदैनन् ।
नेपालले जे सरहको सुविधा दिए पनि राजदूत भएर जाने देशले सहसचिव सरह कै मान्छ । त्यसैले अमेरिकाले नमान्ने र नचिन्ने सुविधा बढाएर राज्यकोषमा अनावश्यक व्यभार थप्ने धन्दा बन्द होस् ।
बेलायतको राजदूत हुँदा लोकदर्शन रेग्मीले मुलुकका लागि केही योगदान दिन सकेनन् । तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारले बेलायत राजदूत बनाएका रेग्मी कार्यकाल पूरा नहुँदै फिर्ता बोलाइएका थिए । उनै रेग्मीलाई फेरि ओलीको जोडबलमा भारतको राजदूतामा सिफारिस गरिएको हो । परराष्ट्रका अधिकारीहरु रेग्मीलाई अंग्रेजीको दक्षतामाथि प्रश्न गर्ने गर्छन् । लोकसेवा घोकेर जागिर खाएका रेग्मीले अंग्रेजी लेख्न त परै जाओस् सरकारको नीति निर्देशन समेत बोलेर सञ्चार गर्न नसक्ने परराष्ट्रका अधिकारीहरु ठोकुवा गर्छन् । यसले नेपाल-भारत सम्बन्धमा कुनै उपलब्धि परराष्ट्रका अधिकारीहरुको टिप्पणी छ । यस्तै यस्तै हर्कतले राजदूतको गरिमा र साख धुलिसाप हुन थालेको हो ।
Comments
अरु समाचार
-
पशुपति क्षेत्र विकास र नेपाल एयरलाइन्समा भनेको नियुक्ति दिलाउने सर्तमा पर्यटन सचिव बने मुकुन्द निराैला
काठमाडाैं । सोमबारको मन्त्रिपरिषद् बैठकले सरुवा गरेका सचिव मुकुन्द प्रसाद निरौलाले प्रधानमन्त्री सुशीला कार्कीको स्वकिय सचिव आदर्श श्रेष्ठको काम फत्ते...
-
विनोद चाैधरीको मोनोपोली उच्च अदालत पाटनले पारिदियो चक्नाचुर, केवाइसी भ्यानको विवाद सुल्झियो
काठमाडाैं । जताकतै सेटिङ मिलाउने दाबी गर्दै मोनोपोली कायम गर्ने गरेका विवादास्पद व्यापारी विनोद चाैधरीलाई अदालत पाटनले धक्का दिएको छ...
-
एमालेले एघारौं महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने !
काठमाडौं । नेकपा एमालेले काठमाडौंमा आगामी मंसिर २७ गतेबाट गर्न लागेको एघारौं राष्ट्रिय महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने...
-
कुनै पनि दल ‘चोखो र जनउत्तरदायी’ छैनन् हामी कसैसँग गठबन्धन गर्दैनाैः हर्क साम्पाङ
काठमाडाैं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका नगरप्रमुख हर्कराज राई (साम्पाङ)ले आगामी चुनावमा आफ्नो दलले कुनै पनि राजनीतिक...
-
विदेश भाग्ने तयारीपछि क्यानका महानिर्देशक प्रदीप अधिकारी अख्तियारको नियन्त्रणमा
काठमाडौं । नागरिक उड्डयन प्राधिकरण (क्यान) का महानिर्देशक प्रदीप अधिकारी विदेश भाग्ने तयारीमा जुटेपछि पक्राउ परेका छ्न् । बुधबार तारेखका...
-
प्रतिनिधिसभा विघटन विरुद्धको रिटमा सुनुवाइका लागि पेसी तोकियो !
काठमाडौं । नेकपा एमालेले सर्वाेच्च अदालतमा दायर गरेको प्रतिनिधि सभा विघटन विरूद्धकाे रिटमा आज बुधबार संवैधानिक इजलासमा सुनुवाइ हुने भएको...
-
मुख्यमन्त्री नै अनुपस्थित भएपछि मधेश प्रदेशसभा दिउँसो २ बजेसम्मकाे लागि स्थगित !
काठमाडौं । मधेस प्रदेश सभाको बैठक दुई बजेसम्मका लागि स्थगित भएको छ। साढे १० बजे शुरू भएको बैठकमा सरकारका प्रतिनिधि...
-
एनपीएलमा आज लुम्बिनी र विराटनगरबीच प्रतिस्पर्धा गर्दै !
काठमाडौं । कीर्तिपुरमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज विराटनगर किङ्स र लुम्बिनी लायन्सबीच प्रतिस्पर्धा हुँदैछ।...
-
मधेस प्रदेशको सरकारसम्बन्धि सर्वोच्च अदालतको फैसलाप्रति ओलीको असन्तुष्टि
काठमाडाैं । नेकपा एमालेका अध्यक्ष एवं निःवर्तमान प्रधानमन्त्री केपी ओलीले मधेस प्रदेशको सरकारसम्बन्धि सर्वोच्च अदालतको फैसलाप्रति असन्तुष्टि व्यक्त गरेका छन्...












