नेपाल-चीन कूटनीतिक परामर्श संयन्त्रको १६औँ काठमाडौंमा बैठक सुरु
काठमाडौं । नेपाल–चीन कूटनीतिक परामर्श संयन्त्रको १६औँ बैठक आज बिहान साढे १० बजेदेखि सुरु भएको छ । काठमाडौँमा हुने बैठकमा नेपाल र चीनबीचको द्विपक्षीय सम्बन्ध र सहयोगका समग्र क्षेत्रबारे छलफल भइरहेको परराष्ट्र मन्त्रालयका प्रवक्ता अमृतबहादुर राईले जानकारी दिए ।
बैठकमा शिक्षा, स्वास्थ्य पूर्वाधार, कृषि, आर्थिक सहयोग, व्यापार, लगानी, पर्यटन, सम्पर्क सञ्जाललगायत क्षेत्रमा सहयोग आदानप्रदानबारे छलफल हुने बताइएको छ ।
परामर्श संयन्त्रको बैठकमा नेपालका तर्फबाट परराष्ट्र सचिव सेवा लम्सालले प्रतिनिधिमण्डलको नेतृत्व गर्नुभएको छ भने प्रतिनिधिमण्डलमा विभिन्न मन्त्रालयका वरिष्ठ अधिकारीहरू सम्मिलित हुनुहुन्छ । त्यस्तै चिनियाँ प्रतिनिधिमण्डलको नेतृत्व उपविदेश मन्त्री सुन वेइतोङले गर्नुभएको छ ।
बैठकका सहभागी हुन जनवादी गणतन्त्र चीनका उपविदेशमन्त्री सुन नेपालको तीन दिने औपचारिक भ्रमणका लागि आइतबार बिहान यहाँ आइपुग्नुभएको थियो । भ्रमणका क्रममा उहाँले राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग छुट्टाछुट्टै शिष्टाचार भेटवार्तासमेत गर्नुहुने कार्यक्रम छ । उपविदेशमन्त्री सुन भ्रमण सम्पन्न गरी भोलि असार १२ गते काठमाडौँबाट प्रस्थान गर्ने तालिका रहेको छ ।
Comments
अरु समाचार
-
शंखरापुर बस दुर्घटनाः ज्यान गुमाउने तीन विद्यार्थीको सनाखत
काठमाडौं । काठमाडौंको शंखरापुर नगरपालिका–५ मा भएको स्कुल बस दुर्घटनामा ज्यान गुमाउने तीन जना विद्यार्थीको सनाखत भएको छ । चाबहिलको...
-
खानेपानीको पाइप फुट्दा बबरमहलमा बाढी, डुबानमा सरकारी कार्यालय
काठमाडौं । मेलम्ची खानेपानी आयोजनाको पानीको पाइप फुटेर लथालिंग बन्दा विशेष अदालत वन कार्यालय परिसर डुबानमा परेको छ।पाइप फुटेपछि अहिले...
-
मेडिकल कलेजमा विदेशी विद्यार्थीको सङ्ख्या बढाउन छलफल
काठमाडौं । प्रधानमन्त्री एवम् अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बुधबार भएको चिकित्सा शिक्षा आयोगको १७ औँ बैठकले निजी मेडिकल कलेजमा...
-
कोशीटप्पुमा चराको सङ्ख्या बढ्यो, ७६ प्रजाति
मोरङ। कोशीटप्पु वन्यजन्तु आरक्षमा यसवर्ष चराको सङ्ख्या बढेको छ । आरक्ष र आसपासका क्षेत्रमा हालै गरिएकोे गणनामा विगत वर्षको तुलनामा...
-
सरकारले फागुनमा देशव्यापी नसर्ने रोग परीक्षण गर्ने,१ करोडलाई समेट्ने लक्ष्य
काठमाडौं । देशमा नसर्ने रोगको भार बढ्दै गएको स्थितिमा यसलाई नियन्त्रण गर्न सरकारले फागुन महिनाभर नसर्ने रोगको परीक्षण देशव्यापी रूपमा...
-
आज विभिन्न आठ वटा संसदीय समितिको बैठक बस्दै
काठमाडौं । आज एकै दिन ८ वटा संसदीय समितिको बैठक बस्दैछ । संघीय संसद्अन्तर्गतका ८ वटा समितिले बुधबार एकै दिन...
-
क्षतिग्रस्त बिपी राजमार्गको मर्मत सुरु
काठमाडौं । बाढीबाट क्षतिग्रस्त बिपी राजमार्गको भकुण्डेबेँसीबाट नेपालथोकसम्मका विभिन्न खण्डमा सडक विभागको अगुवाइमा मर्मत थालिएको छ । विभागका अनुसार धेरै...
-
च्याम्पियन्स लिगकाे प्ले अफमा सिटीविरुद्ध रियल म्याड्रिडको रोमाञ्चक जित
काठमाडौं । च्याम्पियन्स लिगको दोस्रो चरण प्रवेशका लागि भएको प्ले अफको पहिलो लेगमा रियल म्याड्रिडले म्यानचेस्टर सिटीलाई ३-२ ले हराएको...
-
एक महिना लामो स्वस्थानी व्रत समापन हुँदै
काठमाडौं । माघ शुक्ल पूर्णिमाका दिन आज एक महिना लामो स्वस्थानी व्रत कथा समापन गरिँदै छ। पौष शुक्ल पूर्णिमादेखि वैदिक...