राजस्व अनुसन्धान विभागकाे टाेली भैरहवा र नेपालगन्जमा, स्थानीय उद्यमी–व्यवसायीहरूसँग अन्तरकिया सम्पन्न
काठमाडौं । राजस्व अनुसन्धान विभागका महानिर्देशक चक्रबहादुर बुढा भैरहवा,बुटवल,कपिलवस्तु,बाँके र वर्दिया लगायतका जिल्लाको राजस्व चुहावट,राजस्व अनुसन्धान कार्यालय बुटवल, कोहलपुरको अनुगमन र यी क्षेत्रका जिल्ला प्रशासन कार्यालय,नेपाल प्रहरी, सशस्त्र प्रहरी वल, राष्ट्रिय जिल्ला कार्यालय, अन्य सुरक्षा निकाय र उद्यमी–व्यवसायीहरूसँग अन्तरकिया कार्यमा व्यस्त भएका छन् ।
असार १३ र १४ गते महानिर्देशक बुढासँगै प्रधानमन्त्री कार्यालयका सेक्रेटरीलगायतको टोली भैरहवा,कपिलवस्तु,बाँके र वर्दिया लगायतका जिल्लाहरूमा गएको छ । भैरहवा,कपिलवस्तु,बाँके,वर्दियामा महानिर्देशक बुढासहितको टोलीले रुपन्देही उद्योग वाणिज्य संघ ,बुटवल उद्योग वाणिज्य संघ,कपिलवस्तु उद्योग वाणिज्य संघ,बाँके उद्योग वाणिज्य संघ, नेपाल उद्योग वाणिज्य संघ,वर्दिया उद्योग वाणिज्य संघ लगायतका उद्योगी व्यवसायीहरूसँग राजस्व छली र चोरी तस्करी नियन्त्रणका विषयमा गहन र गम्भीर अन्तक्रिया गरेको छ ।
राजस्व अनुसन्धान विभागका महानिर्देशक चक्रबहादुर बुढाले पछिल्लो समय राजस्व चुहावट र छलि विरूद्व कडा एक्सनमा उत्रिएपछि राजस्वमारा काला व्यापारीहरू आतंकित बनेका छन। महानिर्देशक बुढाले रुपन्देही,कपिलवस्तु,बाँके र वर्दियामा रहेका सरकारी कार्यालयका प्रमुखहरूसहित सीमा क्षेत्रको स्थलगत निरीक्षणसमेत गरेका छन ।
राजस्व अनुसन्धान विभाग अन्तर्गतको कार्यालय समेत बुटवलर र कोहलपुरमा रहेको छ । राजस्व अनुसन्धान विभागको बुटवल कार्यालयका प्रमुख नेकपा (एकीकृत समाजवादी) कि सचिव राम कुमारी झाक्रीका पति पशुपति पुरी र कोहलपुर कार्यालय प्रमुखमा तिर्थ खनाल रहेका छन। त्यहाँको अन्तरक्रिया कार्यक्रमको संयोजन पुरी र खनालले गरेका थिए ।
पछिल्लो समय भैरहवा भन्सार कार्यालय,कृष्णनगर भन्सार कार्यालय,नेपालगन्ज भन्सार कार्यालय र खुला सिमाबाट व्यापक राजस्व चुहावटका मालवाहक सवारी साधन अत्याधिकरूपमा नेपाल प्रहरी र सशस्त्र प्रहरी वलले समाएर राजस्व अनुसन्धान विभाग पठाएपछि भैरहवा,कृष्णनगर,नेपालगन्ज भन्सार कार्यालयका कमी(कमजोरीका बारेमा समेत छलफल भएको छ । अहिले राजस्व चुहावट र छलि नियन्त्रणमा कडाइ गर्न महानिर्देशक बुढा निकै सकृय भएका छन।
Comments
अरु समाचार
-
बारबराका सन्दुककी भतिजी तथा नेपोकिड यांकीलाई वालेन्द्रको उपहार ‘लगानी बोर्डको सीईओ’
लगानी बोर्डको सीईओमा नियुक्त भएकी यांकी उक्याब सन्दुक रुइतको भतिजी रहेको पाइएको छ। तत्कालीन समयमा महाकालीको अञ्चलाधिश नै बनेका जोन...
-
उपत्यकामा श्रृंखलाबद्ध सिक्री लुट्ने ‘कर्मा समूह’का नाइकेसहित पाँच पक्राउ
काठमाडौं । उपत्यकाका विभिन्न स्थानमा श्रृंखलाबद्ध रूपमा सुनका सिक्री तथा नगद लुटपाटमा संलग्न ‘कर्मा समूह’का नाइकेसहित पाँच जनालाई प्रहरीले पक्राउ...
-
लोकतान्त्रिक मूल्य सुदृढ बनाउन अग्रज नेताको आदर्श आत्मसात् गर्नुपर्छः पूर्वराष्ट्रपति भण्डारी
ललितपुर । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले लोकतान्त्रिक मूल्यमान्यता, नैतिकता, सुशासन र जनउत्तरदायित्वलाई सुदृढ बनाउन अग्रज राजनीतिक व्यक्तित्वहरूको आदर्शलाई आत्मसात् गर्न आवश्यक...
-
आम्दानी र सिट उपयोगितामा सुधार, निगमलाई आत्मनिर्भर बनाउने तयारी
काठमाडाैं । नेपाल वायुसेवा निगमले नयाँ नेतृत्व पाएसँगै संस्थागत सुधारका कामले गति लिन थालेको जनाएको छ। व्यवस्थापकीय सुधार, कार्यसम्पादनमा जवाफदेहिता...
-
एआई प्रविधिले उकास्यो चीनको व्यापार, निर्यातमा दोहोरो अंकको वृद्धि
हङकङ। कृत्रिम बौद्धिकता (एआई)सम्बन्धी उत्पादनको विश्वव्यापी माग तीव्र बनेसँगै चीनको निर्यात जुन महिनामा वार्षिक आधारमा २७ प्रतिशतले वृद्धि भएको छ...
-
विश्वकप २०२६: फ्रान्सलाई २–० ले हराउँदै स्पेन १६ वर्षपछि फाइनलमा
काठमाडौँ। बलियो प्रतिद्वन्द्वी फ्रान्सलाई स्तब्ध बनाउँदै स्पेन फिफा विश्वकप–२०२६ को फाइनलमा प्रवेश गरेको छ । अमेरिकाको डालास स्टेडियममा बुधबार बिहान...
-
मुलुकका ४४ जिल्लामा बाढीको जोखिम, साना नदीमा आकस्मिक बाढीको सम्भावना
काठमाडौँ। यतिबेला मुलुकका ४४ जिल्लामा आकस्मिक बाढीको मध्यमदेखि उच्च जोखिम रहेको छ ।जल तथा मौसम विज्ञान विभागले पाँचथर, इलाम, झापा,...
-
मन्त्रीपरिषद् बैठकका पाँच महत्त्वपूर्ण निर्णय, वायुसेवा निगमको कार्यकारी अध्यक्षमा महेश्वरभक्त श्रेष्ठ नियुक्त
काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय सिंहदरबारमा मंगलबार बसेको मन्त्रीपरिषद् बैठकले पाँच महत्वपूर्ण निर्णय गरेको छ । यसैक्रममा बैडकले बीउबिजनसम्बन्धी...
-
परिणाममुखी काम गर्न प्रेस काउन्सिल र दूरसञ्चार प्राधिकरणका नवनियुक्त अध्यक्षलाई सञ्चारमन्त्रीको निर्देशन
काठमाडौँ । प्रेस काउन्सिल नेपालको अध्यक्षमा नियुक्त उमेश श्रेष्ठ र नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष अर्जुन घिमिरेले नियुक्तिपत्र ग्रहण गरेका छन्।...












