राजस्व अनुसन्धान विभागलाई बदनाम गर्न तस्कर सक्रिय
काठमाडौं । राजस्व चुहावट र छलीका घटना नियन्त्रण गरि कानुनी कारवाही गर्न राजस्व अनुसन्धान विभागमा अघिल्ला महानिर्देशक नवराज ढुंगाना आएदेखि निकैै सक्रियरुपमा लागेपछि संगठित रूपमा राजस्व चुहावट तथा छली गर्दै आएका केही उद्योगी व्यवसायीहरू आतंकित बनेर अहिले प्रतिनिधि सभादेखि नेपाल चेम्बर अफ कमर्श, नेपाल उद्योग परिसंघ र नेपाल उद्योग वाणिज्य महासंघसम्म विभागका कर्मचारी र महानिर्देशक चक्रबहादुर बुढालाई बदनाम गर्ने गिरोह सक्रिय भएका छन् । यसमा दरवारमार्गका कफी पसलदेखि महँगा जुत्ता, स्पोट्र्स,कपडा, डिपार्टमेन्ट स्टोर, टेकुका हार्डवेयर पसल, चिप्स पसल र अन्य मालवस्तु बेचेर सरकारलाई राजस्व नबुझाई रातारात करोडपति बनेकाहरूले विभागको ७,१२ नम्बर कोठा र महानिर्देशक बुढाको मोवाइलबाट फोन गर्दै पैसा उठाउन बार्गेनिङ गरिरहेको भन्दै प्रायोजित समाचार लेखाएर बदनाम गराउने र राजस्व चुहावट तथा छली गरि आफ्नो दुनो सोझ्याउने कार्यमा सक्रिय भएको देखिन्छ।
प्रतिनिधि सभाको गत मंगलबारको बैठकमा नेपाली कांग्रेसका सांसद, राज्य व्यवस्था तथा सुशासन समितिका सभापतिसमेत रहेका रामहरी खतिवडाले राजस्व अनुसन्धान विभागका महानिर्देशकको नम्बरबाट विभिन्न व्यापारीलाई फोन गरेर पैसा माग्ने र धम्क्याउने काम भइरहेको भनेर कुनै आधार र तथ्य प्रस्तुत नगरीकन आधार र प्रमाणहिन गम्भीर आरोप लगाएपछि राजस्व चुहावट र छली गर्ने व्यापारीहरूलाई विभागका कर्मचारी र नेतृत्वलाई बदनाम गर्न थप मसला मिलेको छ।
सांसद खतिवडालाई गलत सूचना दिएर अनर्गल आरोप लगाउने काम पनि तिनै राजस्व चुहावट र छली गर्ने व्यवसायीहरूले गर्दै आएका छन् । उनीले यतिबेला विभागको सक्रियतालाई विश्राम लगाउन खोजेर आफ्नो पूरानो धन्दालाई निर्वाध सञ्चालन गर्न खोजेका छन्। तर नबिगार्नु,नडराउनु भन्ने नेपाली उखान जस्तै विभागका कर्मचारी र महानिर्देशक बुढा यस्ता आरोपबाट आफ्नो कर्तव्य र जिम्मेवारीमा कतिपनि विचलित भएका छैनन्। महानिदेशक बुढा यतिबेला प्रमुख जिल्ला अधिकारी, नेपाल प्रहरी,सशस्त्र प्रहरी वल, राष्ट्रिय अनुसन्धान, राजस्व अनुसन्धान, भन्सार कार्यालय, आन्तरिक राजस्व कार्यालय र उद्योगी व्यवसायीहरूबीच कसरी राजस्व चुहावट र छलीलाई प्रभावकारीरुपमा नियन्त्रण गर्न सकिन्छ भन्ने सम्बन्धमा अन्तरक्रिया गर्ने, भन्सार नाका र राजस्व अनुसन्धान कार्यालय बुटवल,कोहलपुरको अनुगमन गर्ने, नेपालभारत सीमावर्ती जिल्लाहरूको नाका अनुगमन गर्ने कार्यमा सक्रिय भएका छन्। राजस्व छली गरि तस्करी हुने ठाउँलाई बन्द गराउन र त्यहाँ सरोकारवाला निकायहरूलाई प्रभावकारीरुपमा परिचालन गर्न रूपन्देही, कपिलवस्तु, बाँके र वर्दियामा हुँदा यता महानिर्देशक बुढालाई बार्गेनिङ गर्यो भनी बदनाम गर्ने काम भएको छ।
विभागले राजस्व चुहावट र छलीमा छापामारेपछि कर्मचारी र महानिर्देशकलाई भनेर छुटाइदिन्छु भनी त्यस्ता व्यापारी र व्यवसायीसँग मिलाउने भन्दै बार्गेनिङ गर्ने धेरै बिचौलियाहरु हुन्छन्। तिनीहरूले नै राजस्व चुहावट र राजस्व छली गर्ने व्यवसायी र ट्रान्सपोर्ट कम्पनीहरूसँग मिलेर विभागलाई बदनाम गर्ने काम गर्दै आएको आशंका गरिएको छ। पहिला कालिकोट र अहिले कोहलपुर घर भएका उपेन्द्र शाही नामको बिचौलियाले चक्रबहादुर बुढालाई आफूले ३ करोड रुपियाँ खर्च गरेर विभागको महानिर्देशक बनाएको भन्दै काला व्यापारीहरूलाई ठग्न खोजेको चर्चा पनि छ। उनी अनेरास्ववियुको पूर्वनेता पनि हुन्। यस्तै ठगी काण्डमा मुछिएपछि अनेरास्ववियुबाट हटाइएका थिए। त्यसपछि उनी यस्तै बिचौलिया र ठगी धन्दामा सम्लग्न हुँदै आएका छन्। विभिन्न कर्मचारी र व्यवसायीहरूसँग सम्बन्ध र पहुँच भएका शाहीले पनि महानिर्देशक बुढालाई प्रभावमा पारी राजस्व छली सम्बन्धी सुराकी दिने गरेका थिए। उसैले दरवारमार्ग, न्यूरोड, टेकु लगायतका व्यवसायीहरूसँग तिमीहरूको विरूद्व विभागमा उजुरी परेको छ, म मिलाई दिन्छु भन्दै बार्गेनिङ गरेकाले व्यवसायीहरू आतंकित हुन पुगेको चर्चा छ। व्यापारीहरूले कहिलेकाहीँ राजस्व छलेकै हुन्छन् अनि राजस्व अनुसन्धान विभागको लफडामा परेर किन फर्म र कम्पनी विवादमा पर्ने भनेर बिचौलियालाई दुई-चार लाख दिएर मिलाउन खोज्छन्। त्यस्तै बिचौलिया, ट्रान्सपोर्ट कम्पनी र तस्कर व्यापारीहरूले विभागको सक्रियतालाई निस्तेज गर्न अनेकौं भ्रमपूर्ण समाचार प्रवाह गरेको बुझिन आएको छ।
प्रधानमन्त्रीको मातहतमा रहेको राजस्व अनुसन्धान विभागका महानिर्देशकको सरकारी नम्बरबाट फोन गरि पैसाको बार्गेनिङ गरिएको भनेर अनर्गल र भ्रमपूर्ण प्रचार गराइ महानिर्देशक बुढालाई बदनाम गर्न खोजिएको छ। बुढाले व्यवसायीहरूलाई बार्गेनिङ गरे(नगरेको कुरा मोवाइलको रेकर्ड मगाएर हेरे प्रष्ट थाह भइहाल्छ। महानिर्देशक बुढाले उपेन्द्रलाई सुराकीको रूपमा प्रयोग गरेको भने स्वीकार गरेका छन्। शाहीले पनि महानिर्देशक बुढासँग कतिपय व्यवसायीको समस्या लिएर भेट गराएका पनि थिए । यसरी उजुरी परेका र छानबिन अनुसन्धान भैरहेका व्यापारीहरूलाई भेटनु, उनीहरूका गुनासा, तर्क,प्रमाण सुन्नु अनुसन्धान अधिकृत र महानिर्देशक बुढाको सामान्य काम हो । यसकै भरमा कसैलाई बार्गेनिङ गर्यो, पैसा माग्यो भनेर ठोस प्रमाण नभई विनाआधार आरोप लगाउनु उचित हुँदैन।
चक्र बुढा बैशाख २२ गते राजस्व अनुसन्धान विभागको महानिर्देशक बनेका थिए। त्यसयता विभागले राजस्व चुहावट र छली नियन्त्रण गर्न देशभर सुराकी परिचालन गरि मालवस्तुका ट्रक र कन्टेनर पक्राउ गर्ने, पसल र कारोवार स्थलमा छापा मारेर छानबिन अनुसन्धान गर्दै आएको छ। यस्ता मुद्दामा जोडिएकाहरूले विभाग विरूद्व अनर्गल प्रचार गराएका हुन्,हामी यस्ता आरोपबाट बिचलित भएका छैनौ, विभागले कानुनतः पाएको जिम्मेवारी र कर्तव्य इमान्दारी र बफादारितापर्वक पूरा गर्दै आएको विभाग स्रोतले बताएको छ।
Comments
अरु समाचार
-
यूएन महासभामा सहभागी हुन आज न्यूयोर्क जाँदै प्रधानमन्त्री, जलवायु न्याय र हिमाली मुद्दा प्राथमिकतामा
काठमाडौं। प्रधानमन्त्री बालेन्द्र शाह संयुक्त राष्ट्रसंघको महासभाको ८१औँ सत्रअन्तर्गतको ‘उच्चस्तरीय सप्ताह’ मा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज मंगलबार अमेरिकाको न्युयोर्क...
-
नागरिकता सम्बन्धी मुद्दामा विशेष अदालतको नजिरयुक्त फैसला: तथ्य र प्रमाणबिनाको आरोपबाट न्यायको जित
काठमाडौं । नागरिकता र झुठो लिखत सम्बन्धी बहुचर्चित मुद्दामा विशेष अदालतले वस्तुनिष्ठ प्रमाण र कानुनको न्यायसम्मत व्याख्या गर्दै सकारात्मक एवम्...
-
पासपोर्ट छपाइका लागि भएको ठेक्कापट्टा कानुनसम्मत: सर्वोच्च अदालत
काठमाडौं । राहदानी विभागबाट पासपोर्ट छपाइका लागि भएको ठेक्कापट्टा कानुनसम्मत रहेको सर्वोच्च अदालतले ठहर गरेको छ । न्यायाधीशहरू कुमार रेग्मी...
-
निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको प्रतिवेदन एमाले सचिवालयबाट स्वीकृत
काठमाडौं । निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको प्रतिवेदनलाई नेकपा एमालेको सचिवालय बैठकले औपचारिकता दिएको छ । सोमवार च्यासलस्थित पार्टी...
-
आज किन स्थगित गरियो नियमित सेयर कारोबार ?
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले आज (सोमबार) को नियमित सेयर कारोबार स्थगित गरेको छ । नेप्सेका अनुसार ७२...
-
‘आरोहणको तयारी गर्दैगर्दा हिम पहिरो गएको त्यो क्षण’
गोरखा । मनास्लु हिमालको तेस्रो शिविरमा गएको हिमपहिरोमा परी दुई जनाको मृत्यु भएको घटना यस वर्षको आरोहण सिजनमा हिमाली पर्यटनको...
-
भृकुटीमण्डपमा घरजग्गा मेला : बढ्दो आवास मागदेखि व्यवस्थित निर्माणको बहससम्म
काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा आयोजित ‘नवौं नेपाल जग्गा तथा आवास एवम् निर्माण प्रदर्शनी–२०८३’ मा करिब ८० हजारभन्दा बढीले अवलोकन गर्नुले...
-
एमाले नेता सूर्य थापाको टिप्पणी : ‘१२ भाइले छाड्नुस् भन्न मिल्छ, पुनर्गठन भन्न मिल्दैन’
काठमाडौं । नेकपा (एमाले) का नेता सूर्य थापाले पार्टीभित्रको नेतृत्व तथा संगठनात्मक विषयलाई लिएर सामाजिक सञ्जालमार्फत टिप्पणी गरेका छन् ।...
-
ईडीएलभीआरएस मार्फत ‘सवारी चालक अनुमतिपत्र’ व्यवस्था कार्यान्वयनमा
काठमाडौं । विद्युतीय ड्राइभिङ लाइसेन्स तथा सवारी दर्ता प्रणाली (ईडीएलभीआरएस) मार्फत सवारी चालक अनुमतिपत्र (लाइसेन्स) छपाइको काम थालिएको छ। सरकारले...












