मार्ग प्रशस्त गर्न लुम्बिनी प्रदेशका मुख्यमन्त्रीलाई एमालेको आग्रह
काठमाडौं । नेकपा एमालेले लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महरालाई राजीनामा दिन आग्रह गरेको छ। बिहीबार मुख्यमन्त्री महरालाई भेट गर्दै एमाले लुम्बिनीका प्रमुख सचेतक तुलसी चौधरीले राजीनामा दिएर मार्ग प्रशस्त गर्न आग्रह गरेका हुन्।
चौधरीले संघीय सरकारमा एमालेका मन्त्रीहरूले राजीनामा दिइसकेको अवस्थामा लुम्बिनीमा पनि एमालेले समर्थन फिर्ता लिने तयारी गरिरहेकाले आफैले राजीनामा दिएर मार्ग प्रशस्त गर्न सुझाव दिएको बताए। एमालेले समर्थन फिर्ता लिने तयारी गरिरहेको अवस्थामा नयाँ सरकार गठनका निम्ति मुख्यमन्त्री महराले राजीनामा दिए उपयुक्त हुने चौधरीले बताए।
‘हामीले समर्थन फिर्ता लिएर छोड्नु भन्दा आफैले राजीनामा दिएर मार्ग प्रशस्त गर्दा तपाईको उचाइँ पनि बढ्छ, राजनीति अहिलेलाई मात्र होइन धेरै लामो राजनीतिक यात्रा गर्नु छ भनेर मैले सुझाव दिएँ,’ चौधरीले भने। चौधरीले गठबन्धनको यात्रा सधैको लागि टुंगिएको भनेर नसोच्न पनि आग्रह गरेको बताए।
‘अहिलेको लागि गठबन्धनको सहयात्रा टुंगिए पनि सधैँको लागि टुंगिएको होइन भनेर पनि मुख्यमन्त्रीलाई भनेको छु,’ चौधरीले भने। मुख्यमन्त्री महराले भने असार २४ गतेसम्मलाई समय दिन आग्रह गरेको चौधरीले भने।
‘मलाई असार २४ गतेसम्मलाई समय दिनुस्, अहिले आर्थिक वर्षको अन्त्यमा छौं, केही आर्थिक भुक्तानीहरू दिने दायित्व छ त्यो दायित्व पुरा गरेपछि राजीनामा दिनेछु,’ मुख्यमन्त्री महराको भनाई उद्दृत गर्दै चौधरीले भने।मुख्यमन्त्री महराले समय मागेपनि आफूहरू त्यतिबेला सम्म पर्खिने अवस्थामा नरहेको चौधरीले बताए।
‘आज दिनभरीमा उहाँले राजीनामा दिनुहुन्छ भन्ने हामीलाई विश्वास छ, दिनुभएन भने आज साँझ या भोली बिहानसम्म हामीले दिएको समर्थन फिर्ता लिएर एमालेका मन्त्रीहरूले राजीनामा दिनुहुन्छ,’ उनले भने।
संघमा जस्तै लुम्बिनी प्रदेशमा पनि नयाँ समीकरण अनुसार सरकार गठनका लागि नेकपा एमाले र नेपाली कांग्रेसका सांसदहरु बीच छलफल सुरू भएको छ। नेकपा एमाले र नेपाली कांग्रेसकाबीच राष्ट्रिय सहमतिको सरकार बनाउने सहमति भएसँगै लुम्बिनी प्रदेशमा एमालेको नेतृत्वमा सरकार गठन गर्ने तयारी छ। अहिले एमाले लगायतका दलहरुका समर्थनमा नेकपा माओवादी केन्द्रका जोगबहादुर महरा मुख्यमन्त्री छन्।
पछिल्लो समीकरण अनुसार लुम्बिनीमा कांग्रेस एमालेको मात्रै पनि सहजै बहुमतको सरकार गठन हुन्छ। ८७ सदस्यीय प्रदेशसभामा नेकपा एमालेका २९ र नेपाली कांग्रेसका २७ गरी ५६ जनाको बहुमत जुट्छ। सरकार निर्माणका लागि ४४ जना सांसद भए पुग्छ।
लुम्बिनी प्रदेशमा सबैभन्दा ठुलो दल नेकपा एमालेका २९, नेपाली कांग्रेसका २७ माओवादी केन्द्रका सभामुख सहित ११, नागरिक उन्मुक्ति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीका ४-४, लोकतान्तिक समाजवादी पार्टी र जनता समाजवादी पार्टीका (विभाजित हुनुअघिको) ३-३, नेकपा एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चाका एकरएक जना तथा एक जना स्वतन्त्र गरी ८७ सांसद छन्।
Comments
अरु समाचार
-
काँकरभिट्टा नाकाबाट १६ अर्ब ८१ करोडको पेट्रोलियम पदार्थ आयात
भद्रपुर (झापा) । चालु आर्थिक वर्ष २०८२/८३ को चैत मसान्तसम्म पूर्वीनाका काँकरभिट्टाबाट रु १६ अर्ब ८१ करोड ३६ लाख ३०...
-
राजनीतिक नियुक्ति खारेजी हुँदै, को जोगिए- को पदमुक्त हुँदैछन् ?
काठमाडाैं । राष्ट्रपति रामचन्द्र पाैडेलले जारी गरेको सार्वजनिक पदाधिकारीको पदमुक्ति सम्बन्धी विशेष व्यवस्था अध्यादेश, २०८३ ले अब राजनीतिक नियुक्ति लिएका...
-
‘सम्पत्ति छानबिन आयोग विघटन भए अख्तियारमा अभिलेख बुझाउने व्यवस्था’
काठमाडौं । गत वैशाख २ गते सर्वोच्च अदालतका पूर्वन्यायाधीश राजेन्द्रकुमार भण्डारीको संयोजकत्वमा गठित पाँच सदस्यीय सम्पत्ति छानबिन आयोगसम्बन्धी कार्यदेश सार्वजनिक...
-
पिपुल अफ नेपाली ओरिजिन ‘पीएनओ’ को अध्यक्ष कुमार कार्की चयन
काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले पिपुल अफ नेपाली ओरिजिन 'पीएनओ’ को अध्यक्ष कुमार कार्कीलाई तोकेको छ । एनआरएनएका...
-
यूएईविरुद्धको खेलमा नेपालले हासिल गर्यो ६ रनको रोमाञ्चक जित
काठमाडौं । लिग २ अन्तरगत शुक्रबार भएको यूएईविरुद्धको म्याचमा नेपालले ६ रनको रोमाञ्चक जित हात पारेको छ। अन्तिम बलसम्म पुगेको...
-
आजदेखि उपत्यकाका बागमती र सहायक नदी किनारका जोखिमयुक्त बस्ती स्थानान्तरण
काठमाडौं । सरकारले दोस्रो चरणअन्तर्गत आजदेखि काठमाडौं उपत्यकाका वाग्मती तथा सहायक नदी किनारमा रहेका जोखिमयुक्त बस्ती स्थानान्तरण गर्ने भएको छ...
-
म्यानमानरकी नेत्री आङसान सुकीलाई जेलबाट घरमै नजरबन्दमा सारियो
काठमाडौं । । म्यानमारको सैनिक सरकारले थुनामा रहेकी प्रजातन्त्रवादी नेत्री आङ सान सूकीलाई घरमा नजरबन्दमा सारिएको जनाएको छ । थुनामा...
-
आयोगलाई राष्ट्रपति, प्रधानमन्त्रीदेखि निजी सचिवसम्मको सम्पति छानबिन गर्ने बाटो खुल्यो
काठमाडौं । सम्पति छानबिन आयोगले राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्रीदेखि निजी सचिवसम्मको सम्पति छानबिनको काम अघि बढाउने बाटो खुलेको छ । गत...
-
वर्षापछि काठमाण्डाै उपत्यकाकाे वायु गुणस्तरमा सुधार
काठमाडाैं । गएकाे हप्ता तीव्र रूपमा वृद्धि भएको काठमाण्डाै उपत्यकाको वायु गुणस्तरमा सुधार आएको छ । सुक्खा मौसम र वन...












