भारतलाई विजुली दिन नेपालमा १६ सय मेगावाटको संरचना बन्यो, भारतको भने आनाकानी
काठमाण्डौ । नेपाल र भारतबीच भएको विद्युत खरिद समझौताको पालना भारतले नगरेको पाइएको छ । भारतले अनुमति दिएमा झण्डै १६ सय मेगावाट बिजुली निर्यातको संरचना बनिसकेको नेपाल विद्युत प्राधिकरणले जनाएको छ।
दुई देशबीच बिजुली व्यापारको लागि चाहिने प्रशारणलाइन र सवस्टेशनको अहिलेको क्षमताले १५ सय ८० मेगावाट बिजुली निर्यात गर्न सकिने छ । तर भारतले अहिलेसम्म ६ सय ९० मेगावाट बिजुली आयात अनुमति दिएकाले नेपालले यो भन्दा धेरै परिमाणमा बिजुली निर्यात गर्न पाउँदैन ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को गएको वर्ष भएको भारत भ्रमणको क्रममा ‘प्रचण्ड’ र भारतीय प्रधानमन्त्री मोदीबीच १० वर्षमा नेपालले भारतलाई १० हजार मेगावाट बिजुली बेच्ने सहमतिमा हस्ताक्षर भइसकेको छ । तर अहिलेसम्म नेपालले ६ सय ९० मेगावाट मात्रै निर्यातको अनुमति पाएको छ ।
नेपालले तत्कालै १२ सय मेगावाटको बिजुली निर्यातको अनुमति मागेको छ । तर भारतले अनुमति दिन आनाकानी गरिरहेको छ । विद्युत् प्राधिकरणले सन् २०३० सम्म १२ हजार सात सय मेगावाटसम्म निर्यात गर्न सकिने संरचना तयार भइरहेको पनि जानकारी दिएको छ ।
अहिलेसम्म नेपाल र भारतबीच ४०० केभीको एउटा मात्रै ढल्केबर–मुजफ्फरपुर प्रसारणलाइन सञ्चालनमा छ । यो प्रसारणलाइनबाट जम्मा ८ सय मेगावाट बिजुली आदान प्रदान गर्न सकिन्छ । यस्तै, अरु विभिन्न प्रसारणलाइनबाट झण्डै ८ सय मेगावाट निर्यात गर्न सकिन्छ ।
Comments
अरु समाचार
-
यूएन महासभामा सहभागी हुन आज न्यूयोर्क जाँदै प्रधानमन्त्री, जलवायु न्याय र हिमाली मुद्दा प्राथमिकतामा
काठमाडौं। प्रधानमन्त्री बालेन्द्र शाह संयुक्त राष्ट्रसंघको महासभाको ८१औँ सत्रअन्तर्गतको ‘उच्चस्तरीय सप्ताह’ मा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज मंगलबार अमेरिकाको न्युयोर्क...
-
नागरिकता सम्बन्धी मुद्दामा विशेष अदालतको नजिरयुक्त फैसला: तथ्य र प्रमाणबिनाको आरोपबाट न्यायको जित
काठमाडौं । नागरिकता र झुठो लिखत सम्बन्धी बहुचर्चित मुद्दामा विशेष अदालतले वस्तुनिष्ठ प्रमाण र कानुनको न्यायसम्मत व्याख्या गर्दै सकारात्मक एवम्...
-
पासपोर्ट छपाइका लागि भएको ठेक्कापट्टा कानुनसम्मत: सर्वोच्च अदालत
काठमाडौं । राहदानी विभागबाट पासपोर्ट छपाइका लागि भएको ठेक्कापट्टा कानुनसम्मत रहेको सर्वोच्च अदालतले ठहर गरेको छ । न्यायाधीशहरू कुमार रेग्मी...
-
निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको प्रतिवेदन एमाले सचिवालयबाट स्वीकृत
काठमाडौं । निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको प्रतिवेदनलाई नेकपा एमालेको सचिवालय बैठकले औपचारिकता दिएको छ । सोमवार च्यासलस्थित पार्टी...
-
आज किन स्थगित गरियो नियमित सेयर कारोबार ?
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले आज (सोमबार) को नियमित सेयर कारोबार स्थगित गरेको छ । नेप्सेका अनुसार ७२...
-
‘आरोहणको तयारी गर्दैगर्दा हिम पहिरो गएको त्यो क्षण’
गोरखा । मनास्लु हिमालको तेस्रो शिविरमा गएको हिमपहिरोमा परी दुई जनाको मृत्यु भएको घटना यस वर्षको आरोहण सिजनमा हिमाली पर्यटनको...
-
भृकुटीमण्डपमा घरजग्गा मेला : बढ्दो आवास मागदेखि व्यवस्थित निर्माणको बहससम्म
काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा आयोजित ‘नवौं नेपाल जग्गा तथा आवास एवम् निर्माण प्रदर्शनी–२०८३’ मा करिब ८० हजारभन्दा बढीले अवलोकन गर्नुले...
-
एमाले नेता सूर्य थापाको टिप्पणी : ‘१२ भाइले छाड्नुस् भन्न मिल्छ, पुनर्गठन भन्न मिल्दैन’
काठमाडौं । नेकपा (एमाले) का नेता सूर्य थापाले पार्टीभित्रको नेतृत्व तथा संगठनात्मक विषयलाई लिएर सामाजिक सञ्जालमार्फत टिप्पणी गरेका छन् ।...
-
ईडीएलभीआरएस मार्फत ‘सवारी चालक अनुमतिपत्र’ व्यवस्था कार्यान्वयनमा
काठमाडौं । विद्युतीय ड्राइभिङ लाइसेन्स तथा सवारी दर्ता प्रणाली (ईडीएलभीआरएस) मार्फत सवारी चालक अनुमतिपत्र (लाइसेन्स) छपाइको काम थालिएको छ। सरकारले...












