भारतको कश्मीरमा चरमपन्थी हमला, कम्तीमा पाँच सैनिक मारिए
काठमाडौं । भारतको उत्तरी राज्य जम्मु-कश्मीरको कठुआमा सोमबार भएको चरमपन्थी हमलामा कम्तीमा ५ जना भारतीय सैनिक मारिएका छन् । सोमबार जम्मु-कश्मीरको कठुआ जिल्लामा सर्च अपरेशनमा रहेको सेनाको गाडीमा चमपन्थीले हमला बोलेका थिए । उच्च सुरक्षा सतर्कता र हमलाको सम्भावनाबारेको सूचनाबीच एक महिनायताकै ठूलो आक्रमण भएको हो ।
हिजबुल मुजाहिदिनका नेता बुरहान वानीको वार्षिकीको मौकामा हमला हुन सक्ने सूचना थियो । कठुआमा पनि उच्च सुरक्षा सतर्कता थियो । तर चरमपन्थी हमला गर्न सफल भएका छन् । जासुसी संयन्त्रबाट लगातार आइरहेको सूचनापछि सैनिक स्कुल पनि सोमबारलाई छुट्टी दिइएको थियो । स्कुल ग्रीष्मकालीन बिदापछि सोमबारदेखि खुल्ने तालिका थियो । सुरक्षाबलको गाडीलाई चरमपन्थीहरूले पहिरो झरेको सडकमा निशाना बनाएका हुन् ।
सुरक्षाबलको गाडीमा ग्रिनेड हानिएपछि सेनाका जवानले जवाफी फायरिङ थालेका थिए । त्यसपछि मुठभेट चलिरह्यो । हमलाको जानकारी मिलेपछि थप सुरक्षा बल पनि घटनास्थलमा पुगेको थियो । भिडन्तका क्रममा कम्तीमा पनि ५ भारतीय सैनिक मारिएको पुष्टि रक्षामन्त्री राजनाथ सिंहले गरेका छन् । उनले घटनालाई लिएर दुस्ख पनि व्यक्त गरेका छन् ।
‘कठुआको बदनोटामा एक आतंकवादी हमलामा हाम्रा पाँच बहादुर सैनिकको निधनप्रति मलाई दुस्ख लागेको छ’, उनले भनेका छन् । उनले शोक सन्तप्त परिवारप्रति गहिरो समवेदना प्रकट गर्दै यो कठिन घडीमा देश उनीहरूको साथमा रहेको बताएका छन् ।
उनले आतंकवाद विरोधी अभियान जारी रहने बताउँदै जम्मु-कश्मिरमा शान्ति व्यवस्था कायम गरिरहन भारतीय सैनिक प्रतिबद्ध रहेको उल्लेख गरेका छन् । सोमबार जम्मु-कश्मीरको कठुआ जिल्लामा भारतीय सेनाको बहामा धावा बोलिएको थियो । जसमा पाँच सैनिकले ज्यान गुमाएपछि अहिले सर्च अभियान तीव्र बनाइएको छ।
Comments
अरु समाचार
-
लसएन्जलसमा फैलिएको आगो नियन्त्रणमा आउन सकेन, २४ को मृत्यु, २३ जना बेपत्ता
काठमाडौं । अमेरिकाको लसएन्जलसमा फैलिएको आगो अझै पनि नियन्त्रणमा आउन सकेको छैन । आगोमा जलेर २४ जनाको मृत्यु भइसकेको छ...
-
उत्तर कोरियाद्वारा पूर्वी सागरमा अज्ञात क्षेप्यास्त्र प्रहार
काठमाडौं । उत्तर कोरियाले मङ्गलबार पूर्वी सागरतर्फ अज्ञात प्रक्षेपास्त्र प्रक्षेपण गरेको दक्षिण कोरियाको सेनाले जापानको सागर भनेर पनि चिनिने पानीको...
-
युक्रेनसँगको युद्धमा ३०० उत्तर कोरियाली सैनिकको मृत्यु
काठमाडौं । युक्रेनसँगको युद्धमा ३०० उत्तर कोरियाली सैनिकको मृत्यु भएको दक्षिण कोरियाली अधिकारीले बताएका छन् । रुसले युक्रेनविरुद्धको युद्धमा करिब...
-
भारतीय सेनासँगको मुठभेडमा पाँच नक्सलवादीको मृत्यु
काठमाडौं । छत्तीसगढ राज्यमा लामो समयदेखि जारी विद्रोहलाई दमन गर्ने क्रममा भारतीय सेनाको कारबाहीमा कम्तीमा पाँच जना माओवादी लडाकूको मृत्यु...
-
अमेरिकामा अनियन्त्रीत आगालागी, अहिलेसम्म १६ को मृत्यु
काठमाडौं । अमेरिकाको सबैभन्दा बढी जनसङ्ख्या भएको काउन्टी लस एन्जलस काउन्टीमा फैलिएको डढेलोबाट १६ जनाको मृत्यु भएको छ । लस...
-
अमेरिकामा आँधीका कारण हजारौं उडान रद्द
काठमाडौं । संयुक्त राज्य अमेरिकामा आँधीका कारण शुक्रबार तीन हजार भन्दा बढी उडानहरू रद्द भएको छ । डेल्टा एयरलाइन्सले एटलान्टा...
-
पाकिस्तानमा कोइला खानी विस्फोट हुँदा चार जनाको मृत्यु
काठमाडौं । पाकिस्तानको क्वेटाको सान्जदी क्षेत्रमा रहेको कोइला खानीमा ग्यास विष्फोट हुँदा चार खानी कामदारको मृत्यु भएको छ । फसेका...
-
जर्मनीमा भैंसीमा रोगको सङ्क्रमण
काठमाडौं । जर्मनीले शुक्रबार बर्लिन नजिकैको एउटा फार्ममा भैँसीको खुट्टा र मुख रोगको तीनवटा घटनाहरू रेकर्ड गरेको छ, जुन सन्...
-
कोलम्बियामा विमान दुर्घटना हुँदा १० जनाको मृत्यु
काठमाडौं । उत्तरपश्चिमी कोलम्बियामा एउटा सानो विमान दुर्घटना हुँदा कम्तीमा १० जनाको मृत्यु भएको अधिकारीहरूले शुक्रबार पुष्टि गरेका छन् ।...