भारतको कश्मीरमा चरमपन्थी हमला, कम्तीमा पाँच सैनिक मारिए
काठमाडौं । भारतको उत्तरी राज्य जम्मु-कश्मीरको कठुआमा सोमबार भएको चरमपन्थी हमलामा कम्तीमा ५ जना भारतीय सैनिक मारिएका छन् । सोमबार जम्मु-कश्मीरको कठुआ जिल्लामा सर्च अपरेशनमा रहेको सेनाको गाडीमा चमपन्थीले हमला बोलेका थिए । उच्च सुरक्षा सतर्कता र हमलाको सम्भावनाबारेको सूचनाबीच एक महिनायताकै ठूलो आक्रमण भएको हो ।
हिजबुल मुजाहिदिनका नेता बुरहान वानीको वार्षिकीको मौकामा हमला हुन सक्ने सूचना थियो । कठुआमा पनि उच्च सुरक्षा सतर्कता थियो । तर चरमपन्थी हमला गर्न सफल भएका छन् । जासुसी संयन्त्रबाट लगातार आइरहेको सूचनापछि सैनिक स्कुल पनि सोमबारलाई छुट्टी दिइएको थियो । स्कुल ग्रीष्मकालीन बिदापछि सोमबारदेखि खुल्ने तालिका थियो । सुरक्षाबलको गाडीलाई चरमपन्थीहरूले पहिरो झरेको सडकमा निशाना बनाएका हुन् ।
सुरक्षाबलको गाडीमा ग्रिनेड हानिएपछि सेनाका जवानले जवाफी फायरिङ थालेका थिए । त्यसपछि मुठभेट चलिरह्यो । हमलाको जानकारी मिलेपछि थप सुरक्षा बल पनि घटनास्थलमा पुगेको थियो । भिडन्तका क्रममा कम्तीमा पनि ५ भारतीय सैनिक मारिएको पुष्टि रक्षामन्त्री राजनाथ सिंहले गरेका छन् । उनले घटनालाई लिएर दुस्ख पनि व्यक्त गरेका छन् ।
‘कठुआको बदनोटामा एक आतंकवादी हमलामा हाम्रा पाँच बहादुर सैनिकको निधनप्रति मलाई दुस्ख लागेको छ’, उनले भनेका छन् । उनले शोक सन्तप्त परिवारप्रति गहिरो समवेदना प्रकट गर्दै यो कठिन घडीमा देश उनीहरूको साथमा रहेको बताएका छन् ।
उनले आतंकवाद विरोधी अभियान जारी रहने बताउँदै जम्मु-कश्मिरमा शान्ति व्यवस्था कायम गरिरहन भारतीय सैनिक प्रतिबद्ध रहेको उल्लेख गरेका छन् । सोमबार जम्मु-कश्मीरको कठुआ जिल्लामा भारतीय सेनाको बहामा धावा बोलिएको थियो । जसमा पाँच सैनिकले ज्यान गुमाएपछि अहिले सर्च अभियान तीव्र बनाइएको छ।
Comments
अरु समाचार
-
अमेरिकी र इरानी अधिकारीहरु शान्ति वार्ता गर्न पुगे स्वीटजरल्याण्ड
काठमाडौं । शान्ति सम्झौताको प्रयासमा अमेरिकी र इरानी अधिकारीहरु वार्तामा बस्न स्वीटजरल्याण्ड पुगेका छन् । मध्यस्थकर्ताको भूमिका निर्वाह गरेका कतार...
-
मध्यपूर्वमा ऊर्जा र अन्य आपूर्ति अवरोध हट्न अझै समय लाग्छ : आइएमएफ
काठमाण्डौ । अमेरिका–इरानबीचको युद्धविराम घोषणाले मध्यपूर्वको तनावलाई कम गर्ने देखिए पनि ऊर्जा र अन्य आपूर्ति अवरोधहरू हट्न अझै समय लाग्ने...
-
इरानमाथि कडा दबाब सिर्जना गर्दै २२ देशले चेतावनी
सिड्नी । संयुक्त राज्य अमेरिका, बेलायतसहित युरोपेली राष्ट्रहरू र अस्ट्रेलिया लगायत २२ देशले इरानमाथि कडा दबाब सिर्जना गर्दै आफ्ना भूभागमा...
-
पोखरा-लिन्जीबीच सहकार्य विस्तारबारे शिष्टाचार भेटवार्ता
पोखरा । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यसँग चीनको भगिनी सहर लिन्जीका वैदेशिक मामिला उप–निर्देशक तथा सिपीसीका सचिव डानजेङ साङ्झोउ...
-
फ्लाईदुबईले सेप्टेम्बरदेखि पोखरा–दुबई दैनिक उडान गर्ने, मेयर आचार्यद्वारा सेवा सफल बनाउन अपिल
काठमाडौं । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय उडान सञ्चालन गर्ने दिशामा महत्वपूर्ण प्रगति भएको छ। उच्चस्तरीय सुरक्षा, सेफ्टी तथा सञ्चालनसम्बन्धी...
-
रुसी लगानीकर्तालाई नेपालको विद्युत क्षेत्रमा लगानी गर्न महतोको आह्वान
काठमाडाैं । व्यवसायी तथा उद्योगपति उपेन्द्र महतोले नेपालको जलविद्युत तथा ऊर्जा पूर्वाधार क्षेत्रमा लगानी गर्न रुसी व्यवसायी तथा लगानीकर्ताहरूलाई आह्वान...
-
इरानले भन्यो- फेरि कुनै युद्ध चाहिँदैन, हमला भए सशक्त जवाफ दिइनेछ
काठमाडौं । इरानले कुनै नयाँ युद्धको सुरुवात गर्न नचाहेको, तर आफूमाथि हमला भए पूर्ण तागतका साथ जवाफ दिने बताएको छ।...
-
आमनेसामने वार्ता गर्न जेलेन्स्कीले पुटिनलाई राखे प्रस्ताव
किभ। युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई एक खुला पत्र लेख्दै युद्ध अन्त्यका लागि आमनेसामने वार्ता गर्न प्रस्ताव...
-
हर्मुज जलमार्ग पूर्ण रूपमा बन्द गर्ने इरानको निर्णय, अमेरिकासँगको सन्देश आदानप्रदानमा समेत रोक
काठमाण्डौ। इरान र उसका सहयोगीहरूले ‘स्ट्रेट अफ हर्मुज’लाई पूर्ण रूपमा रोक्ने भएका छन् । इरानले ‘स्ट्रेट अफ हर्मुज’लाई पूर्ण रूपमा...











