ताजा समाचार

उत्तरी नाइजेरियामा डुंगा पल्टिँदा दुई जनाको मृत्यु

काठमाडौं । नाइजेरियाको उत्तरी राज्य जिगावामा आइतबार राति काठको डुंगा पल्टिँदा दुई जनाको मृत्यु भएको छ । साथै अन्य १८ जनाको उद्धार गरिएको प्रहरीले जनाएको छ ।

जिगावाका प्रहरी प्रवक्ता लावन शिसुले पत्रकारहरूलाई भने, ‘करिब २० स्थानीय व्यापारीको समुह बोकेको डुंगा औयो स्थानीय सरकारी क्षेत्रको हडिन गाउँतर्फ जाँदै गर्दा क्वालगाई नदीमा पल्टिएको थियो । त्यस घटनामा कम्तीमा दुई जनाको ज्यान गएको छ भने १८ जनालाई उद्धार गरिएको थियो ।”

प्रारम्भिक अनुसन्धानलाई उद्धृत गर्दै उनले थपे, ‘शक्तिशाली छालहरू र चालकले क्यानो चलाउन नसक्ने र हदसम्म ओभरलोडिङका कारण घटना भएको थियो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org