युरो कप: फ्रान्सलाई २-१ गोल अन्तरले हराउँदै स्पेन फाइनलमा
काठमाडौं। स्पेन युरो कपको फाइनल प्रवेश गरेको छ। बुधबार बिहानको राति म्युनिख फुटबल एरेनामा फ्रान्सलाई २-१ गोल अन्तरले पराजित गर्दै स्पेन १२ वर्षपछि युरो कपको फाइनल प्रवेश गरेको हो।
फ्रान्सका रान्डल कोलो मुआनीले टिमलाई सुरुवाती अग्रता दिलाए पनि त्यो पर्याप्त भएन। फाइनलसम्म अपराजित स्पेनको लागि फ्रान्सविरुद्ध लामिन यमल र डानी ओल्मोले गोल गरे।
सेमिफाइनलको सुरुवाती ९ मिनेटमै खेलमा अग्रता लिएको फ्रान्स त्यसलाई जोगाउन नसक्दा समेमिफाइनलबाट बाहिरिएको हो। फ्रान्सका कप्तान केलियन एमबाप्पेले दिएको पासमा खेलको ९ मिनेटमै मुआनीले हेड गोल गरेका थिए।
खेलको २१औं मिनेटमा स्पेनका लागि यमलले गोल गर्दै खेल बराबरीमा फर्काए भने खेलको २५ औं मिनेटमै ओल्मोले गोल गर्दै स्पेनलाई २(१ को अग्रता दिलाए। त्यसपछि दुवै तर्फबाट गोल हुन नसकेपछि फ्रान्सलाई रोक्दै स्पेन फाइनल पुगेको हो।
स्पेनले बुधबार राति हुने दोस्रो सेमिफाइनलको विजेतासँगै फाइनल खेल्नेछ। दोस्रो सेमिफाइनलमा इङ्ल्यान्ड र नेदरल्यान्ड्सले प्रतिस्पर्धा गर्दैछन्।
Comments
अरु समाचार
-
सरकारको एकसय दिनः विद्युत् बिक्री सम्झौतादेखि निर्माणाधीन आयोजनालाई गति दिने प्रयास
काठमाडौँ, ६ कात्तिकः देशभित्र उत्पादित बिजुली तेस्रो मुलुक पुर्याउने रणनीतिक महत्वको सम्झौतादेखि निर्माणाधीन आयोजनालाई गति दिनेलगायत महत्वपूर्ण काम सरकारको एकसय...
-
मेची–महाकाली राष्ट्रिय उद्धार यात्राः मधेस र कोशी प्रदेशबाट सडकमा आश्रित ८४ जना मानवको उद्धार
वीरगञ्ज (पर्सा): मेची–महाकाली राष्ट्रिय उद्धार यात्राको आठौँ दिनसम्म कोशी र मधेस प्रदेशबाट ८४ जना सडकमा आश्रित मानवको उद्धार गरिएको छ...
-
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
काठमाडौँ : नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर...
-
आजको राशिफल: २०८१ कार्तिक ६ गते मंगलवार
मेष : पछिसम्म लाभ हुने काम प्रारम्भ हुनेछ। भौतिक साधन जुट्नाले दिगो योजना प्रारम्भ होला। व्यापारमा मनग्य धनलाभ हुनेछ। सेवामूलक...
-
कार्यसम्पादन कमजोर भएका संस्थानको निजीकरण वर्गीकरणका लागि सिफारिस गर्ने निर्णय
काठमाडौं । निजीकरण समितिले बन्द, रुग्ण र कार्यसम्पादन कमजोर भएका केही संस्थानहरुको निजीकरण वर्गीकरणका निम्ति मन्त्रिपरिषद्मा प्रस्ताव सिफारिस गर्ने निर्णय...
-
सुनकोसी पुल बगेपछि व्यापारमा मन्दी
काठमाडौं । गत असोज १२ गते आएको भीषण वर्षासँगैको बाढीले गाईघाट दिक्तेल सगरमाथा सडकमार्ग खण्डको सुनकोसीस्थित फोक्सिङटारको पुल बगाएपछि गाईघाट,...
-
खानेपानी मन्त्रालयको सय दिनको प्रगति विवरण सार्वजनिक
काठमाडौं । खानेपानीमन्त्री प्रदीप यादवले मन्त्रालयको जिम्मेवारी सम्हालेको सय दिनमा गरेको प्रगति विवरण सार्वजनिक गरेका छन् । मन्त्री यादवले सोमबार...
-
पार्टी निर्णयविरुद्ध अभिव्यक्ति दिने तीन नेतालाई स्पष्टीकरण सोध्ने एमाले सचिवालय बैठकको निर्णय
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी(एमाले) केन्द्रीय सचिवालय बैठकले पार्टीको केन्द्रीय कार्यालय भवन निर्माणका विषयमा पार्टी निर्णयविरुद्ध अभिव्यक्ति दिने नेतालाई स्पष्टीकरण...
-
नेपालद्वारा अमेरिकाविरुद्धको टी-२० सिरिज क्लिनस्वीप
काठमाडौं । नेपालले अमेरिकाविरुद्धको टी–२० आई सिरिज ‘क्लिन स्वीप’ गरेको छ । एक खेल अगावै सिरिज उचालेको नेपालले अन्तिम खेलमा...