युवालाई सीप सिकाएर उद्यमशीलतामा जोड्दै युवा परिषद्
काठमाडौं । हेटौँडा उपमहानगरपालिका वडानम्बर–१ की सर्मिला वि.क स्वरोजगार बन्ने सपना संगालीरहेकी हुन्थीन् । परिवारको आर्थिक अबस्था कमजोर भएको हुनाले उनलाई स्वरोजगार बनेर केही गर्नुपर्छ भन्ने मनमा लागिरहन्थ्यो । तर के गर्ने? कता जाने?, कसरी गर्ने? उनी अन्यौलमै थिईन् । अहिले उनी हेटौँडा १ चौकीटोलमा प्रदेश युवा परिषद बागमतीले सञ्चालन गरेको ब्युटिशीयन तालिममा सहभागी भएकी छिन् । सीप सिक्दै गर्दा उनमा कही गर्न सकिन्छ भन्ने आत्मविश्वास पलाएको छ। उनि तालिम लिएर व्युटिपार्लरको व्यावसाय गर्ने योजना बनाउन थालेकि छन् ।
जोखिमयुक्त काम पुरुषले मात्रै गर्न सक्छन् भन्ने नेपाली समाजको आम बुझाई रहेको छ । तर चितवन राप्ती नगरपालिका वडानम्बर–९ की प्रेमा तामाङ्गलाई भने आफु पनि पुरुष सरह जोखिम उठाउन सक्छु भन्ने लाग्यो । उनले चितवनको बिरेन्द्र नगरमा बिल्डीङ्ग ईलेक्ट्रीशियन तालिम लिईन् । २० जना पुरुष सहभागी तालिममा उनी एक्ली युवती सहभागी भईन् । सिन्धुपाल्चोक बाह्रबिशे नगरपालिकाकी शुशीला घले पनि प्लबिङ्ग तालिम लिईरहेका २० जना सहभागी मध्य एकमात्रै महिला हुन् । उनीहरु उत्साह पुर्वक तालिममा सहभागी भए । अहिले उनीहरु गाउँघरमा बिजुली र प्लम्बिङ्गको काम गरिरहेका छन् ।
त्यस्तै काभ्रे जिल्लाको धुलिखेल नगरपालिका वडानम्बर–१० का जितेन्द्र प्रधानले काभ्रे बहुमुखी क्याम्पसाट स्नातक उतीर्ण गरेका छन् । कृषि कर्ममा रुची भएका प्रधानले अहिले २ वटा टनेलमा तरकारी खेती गरेका छन् । बागमती प्रदेश युवा परिषदबाट बेमौषमी तरकारी खेती सम्बन्धि तालिम लिएका प्रधानले गोलभेड, काक्रो अकबरे खुर्सानी फलाएका छन् । ५० हजार मुल्यका तरकारी बिक्रीका लागि तयारी अवस्थामा छन् । २२ जना युवाले यो तालिम लिएका थिए । तालिम लिएपछि उनमा थप हौसला बढेको छ । सीप भए स्वदेशमै बसेर उद्यमी बन्न सकिने प्रधानको बुझाई छ ।
स्वदेशमा कामगर्ने उपयुक्त वातावरण नदेखेर लाखौँ युवा रोजगारीका लागि बिदेशीएका छन् । युवालाई स्वदेशमै स्वरोजगार भई उद्यमशील बनाउन प्रदेश युवा परिषद बागमतीले यसवर्ष प्रदेशका १३ जिल्लाका ५ हजार युवालाई विभिन्न सीप मुलक तालिम प्रदान गरेको थियो ।
हेटौँडा उपमहानगरपालिका वडानम्बर १२ का विकास घलान र बुद्धी बहादुर बोम्जनले अघिल्लो बर्षनै बागमती प्रदेश युवा परिषदले सञ्चालन गरेको कपाल काट्ने तालिम लिएका थिए । अघिल्लो वर्ष तालिम लिएका यी दुबै युवाले अहिले आफ्नो गाउँघरमा शैलुन ब्यवसाय सञ्चालन गरेका छन् । बागमती प्रदेश सरकारले आर्थिक वर्ष २०८१÷०८२ को बजेटमै युवा सीप बर्ष घोषणा गरेको छ । युवालाई दक्ष जनशक्तीका रुपमा रुपान्तरण गर्न प्रदेश सरकारले यस आर्थिक वर्षमा १० करोड रुपैयाँखर्च गरेको छ । तालिम सञ्चालन भएका ठाउँमा स्थानीय तहले सहकार्य र अनुगमन गरेका थिए । यस वर्ष २६ वटा विधामा तालिम सञ्चालन भयो ।
कुक वेटर, हाउसकीपिङ, बारिष्ठ, गार्भेन्ट एण्ड टेलरिङ, फेसन डिजाईनर, फर्निचर, प्लम्बीङ, बिल्डीङ ईलेक्ट्रीशियन, नर्सरी तथा गार्डेन ब्यवस्थापन, ग्रामिण पशुस्वास्थ्य कार्यकर्ता, ब्युटीपार्लर, मोबाईल मर्मत, मोटरसाईकल मर्मत, मन्टेश्वरी, लगायतका तालिममा सहभागी युवाहरु सीप सिकेर स्वरोजगार बन्ने वातावरण तयार भएकोमा उत्साहित छन् । हरिहरपुरगढी गाउँपालिका वडानम्बर–५ का सुक बहादुर घलानले ईलेक्ट्रीशियन तालिम लिए । अब गाउँघरमै काम गरेर परिवार पाल्ने उनको योजना छ । सिन्धुली कमलामाई नगरपालिका वडानम्बर–३ की नेहा श्रेष्ठले बागमती प्रदेश युवा परिषदबाट ब्युटीपार्लर लेभल वान तालिम लिएकी थिईन् । उनले पार्लर सञ्चालन गरिरहेकी छिन् ।
परिषद्ले सञ्चालन गरिरहेको लेभल टु तालिममा सहभागी श्रेष्ठमा अझै हौसला थपिएको छ । सीप सिकेका युवालाई पुँजीकै अभावमा काम गर्न असहज परिस्थिती सृजना नहोस् भन्दै उनीहरुलाई ब्यवसाय सञ्चालनका लागि बागमती प्रदेश सरकारले टेवा पुँजी दिन ३ करोड बजेट छुट्याएको छ । सिप सिकेका युवालाई १५ हजार रुपैयाँ देखि २० रुपैयाँ उपलब्ध गराउन कार्यबिधी बनाईएको छ ।
सीप परिक्षण गर्न बागमती प्रदेश युवा परिषदले सिटीभीटीसंग सम्झौता गरिसकेको प्रदेश युवा परिषद बागमती उपाध्यक्ष सन्तोष चौलागाईले जानकारी दिए । तालिम लिएका युवाको सीप परिक्षण गरेर पास भएकाहरुलाई टेवा पुँजी दिने प्रदेश युवा परिषद बागमतीका कार्यकारी उपाध्यक्ष चौलागाईले बताए । सीप सिकेका युवा स्वदेशमै बसे उनीहरु स्वरोजगार बन्नेछन् । विदेश गएपनि सीपयुक्त युवाले अझै धेरै आम्दानी लिन सक्छन् । बागमती प्रदेशका सीप युक्त युवाले प्रदेशको समग्र विकासमा योगदान दिनसक्ने परिस्थिती निर्माण भएको छ । युवा र राज्यबीच सुमधुर सम्बन्ध स्थापित भएको उपाध्यक्ष चौलागाईले दाबी गरे ।
Comments
अरु समाचार
-
केवाइसी इलेक्ट्रीक भ्यानका सेवा देशभरका १२ स्थानबाट उपलब्ध : इलेक्ट्रि ड्रिम्स मोबिलिटी प्रा.लि.
काठमाडौं । नेपालका लागि केवाइसी ब्राण्डका इलेक्ट्रीक भ्यानको आधिकारिक वितरक 'इलेक्ट्रि ड्रिम्स मोबिलिटी प्रालि'ले देशभरका आफ्ना सेवा केन्द्रहरू निरन्तर संचालनमै...
-
‘गैरबैंकिङ वित्तीय संस्थाहरूको नियमनका लागि छुट्टै नियामक निकाय’
काठमाडौं । कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष र सामाजिक सुरक्षा कोषजस्ता मुलुकका प्रमुख गैरबैङ्किङ वित्तीय संस्थाहरूको नियमन र अनुगमनका...
-
निर्वाचन ३२ दिन बाँकी : पन्ध्र जिल्लाको १८ निर्वाचन क्षेत्रको मतपत्र छपाइ सम्पन्न
काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फको १५ जिल्लाको मतपत्र छपाइको काम सम्पन्न भएको छ...
-
यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (आइतबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदरअनुसार अमेरिकी डलर...
-
मौसमले साथ दिँदा सुन्तला उत्पादनमा वृद्धि, यसवर्ष २६ करोड ९० लाख बराबरको बिक्री
ढोरपाटन (बागलुङ) । यस वर्ष बागलुङमा रु २६ करोड ९० लाखको सुन्तला उत्पादन भएको छ । सुन्तला खेतीप्रति किसानको आकर्षण...
-
वीरगञ्ज हुँदै महिनामा ११ अर्ब ५७ करोड मूल्यका १६ थरिका खाद्य पदार्थ आयात
वीरगञ्ज (पर्सा) । वीरगञ्ज हुँदै चालु आर्थिक वर्षको छ महिनामा ११ अर्ब ५७ करोड मूल्यका १६ थरिका खाद्य पदार्थ आयात...
-
यस्तो छ शनिबारका लागि विदेशी मुद्राको विनिमयदर
काठमाडौं । नेपाल राष्ट्र बैङ्कले शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदरअनुसार अमेरिकी डलर एकको...
-
Free Air Tickets to China for Friendly Football Spectators
Kathmandu — Nepal–China friendly football match will be held again this year. Organized on the occasion of China’s traditional New...
-
यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर
काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदरअनुसार अमेरिकी डलर एकको...











