युवालाई सीप सिकाएर उद्यमशीलतामा जोड्दै युवा परिषद्
काठमाडौं । हेटौँडा उपमहानगरपालिका वडानम्बर–१ की सर्मिला वि.क स्वरोजगार बन्ने सपना संगालीरहेकी हुन्थीन् । परिवारको आर्थिक अबस्था कमजोर भएको हुनाले उनलाई स्वरोजगार बनेर केही गर्नुपर्छ भन्ने मनमा लागिरहन्थ्यो । तर के गर्ने? कता जाने?, कसरी गर्ने? उनी अन्यौलमै थिईन् । अहिले उनी हेटौँडा १ चौकीटोलमा प्रदेश युवा परिषद बागमतीले सञ्चालन गरेको ब्युटिशीयन तालिममा सहभागी भएकी छिन् । सीप सिक्दै गर्दा उनमा कही गर्न सकिन्छ भन्ने आत्मविश्वास पलाएको छ। उनि तालिम लिएर व्युटिपार्लरको व्यावसाय गर्ने योजना बनाउन थालेकि छन् ।
जोखिमयुक्त काम पुरुषले मात्रै गर्न सक्छन् भन्ने नेपाली समाजको आम बुझाई रहेको छ । तर चितवन राप्ती नगरपालिका वडानम्बर–९ की प्रेमा तामाङ्गलाई भने आफु पनि पुरुष सरह जोखिम उठाउन सक्छु भन्ने लाग्यो । उनले चितवनको बिरेन्द्र नगरमा बिल्डीङ्ग ईलेक्ट्रीशियन तालिम लिईन् । २० जना पुरुष सहभागी तालिममा उनी एक्ली युवती सहभागी भईन् । सिन्धुपाल्चोक बाह्रबिशे नगरपालिकाकी शुशीला घले पनि प्लबिङ्ग तालिम लिईरहेका २० जना सहभागी मध्य एकमात्रै महिला हुन् । उनीहरु उत्साह पुर्वक तालिममा सहभागी भए । अहिले उनीहरु गाउँघरमा बिजुली र प्लम्बिङ्गको काम गरिरहेका छन् ।
त्यस्तै काभ्रे जिल्लाको धुलिखेल नगरपालिका वडानम्बर–१० का जितेन्द्र प्रधानले काभ्रे बहुमुखी क्याम्पसाट स्नातक उतीर्ण गरेका छन् । कृषि कर्ममा रुची भएका प्रधानले अहिले २ वटा टनेलमा तरकारी खेती गरेका छन् । बागमती प्रदेश युवा परिषदबाट बेमौषमी तरकारी खेती सम्बन्धि तालिम लिएका प्रधानले गोलभेड, काक्रो अकबरे खुर्सानी फलाएका छन् । ५० हजार मुल्यका तरकारी बिक्रीका लागि तयारी अवस्थामा छन् । २२ जना युवाले यो तालिम लिएका थिए । तालिम लिएपछि उनमा थप हौसला बढेको छ । सीप भए स्वदेशमै बसेर उद्यमी बन्न सकिने प्रधानको बुझाई छ ।
स्वदेशमा कामगर्ने उपयुक्त वातावरण नदेखेर लाखौँ युवा रोजगारीका लागि बिदेशीएका छन् । युवालाई स्वदेशमै स्वरोजगार भई उद्यमशील बनाउन प्रदेश युवा परिषद बागमतीले यसवर्ष प्रदेशका १३ जिल्लाका ५ हजार युवालाई विभिन्न सीप मुलक तालिम प्रदान गरेको थियो ।
हेटौँडा उपमहानगरपालिका वडानम्बर १२ का विकास घलान र बुद्धी बहादुर बोम्जनले अघिल्लो बर्षनै बागमती प्रदेश युवा परिषदले सञ्चालन गरेको कपाल काट्ने तालिम लिएका थिए । अघिल्लो वर्ष तालिम लिएका यी दुबै युवाले अहिले आफ्नो गाउँघरमा शैलुन ब्यवसाय सञ्चालन गरेका छन् । बागमती प्रदेश सरकारले आर्थिक वर्ष २०८१÷०८२ को बजेटमै युवा सीप बर्ष घोषणा गरेको छ । युवालाई दक्ष जनशक्तीका रुपमा रुपान्तरण गर्न प्रदेश सरकारले यस आर्थिक वर्षमा १० करोड रुपैयाँखर्च गरेको छ । तालिम सञ्चालन भएका ठाउँमा स्थानीय तहले सहकार्य र अनुगमन गरेका थिए । यस वर्ष २६ वटा विधामा तालिम सञ्चालन भयो ।
कुक वेटर, हाउसकीपिङ, बारिष्ठ, गार्भेन्ट एण्ड टेलरिङ, फेसन डिजाईनर, फर्निचर, प्लम्बीङ, बिल्डीङ ईलेक्ट्रीशियन, नर्सरी तथा गार्डेन ब्यवस्थापन, ग्रामिण पशुस्वास्थ्य कार्यकर्ता, ब्युटीपार्लर, मोबाईल मर्मत, मोटरसाईकल मर्मत, मन्टेश्वरी, लगायतका तालिममा सहभागी युवाहरु सीप सिकेर स्वरोजगार बन्ने वातावरण तयार भएकोमा उत्साहित छन् । हरिहरपुरगढी गाउँपालिका वडानम्बर–५ का सुक बहादुर घलानले ईलेक्ट्रीशियन तालिम लिए । अब गाउँघरमै काम गरेर परिवार पाल्ने उनको योजना छ । सिन्धुली कमलामाई नगरपालिका वडानम्बर–३ की नेहा श्रेष्ठले बागमती प्रदेश युवा परिषदबाट ब्युटीपार्लर लेभल वान तालिम लिएकी थिईन् । उनले पार्लर सञ्चालन गरिरहेकी छिन् ।
परिषद्ले सञ्चालन गरिरहेको लेभल टु तालिममा सहभागी श्रेष्ठमा अझै हौसला थपिएको छ । सीप सिकेका युवालाई पुँजीकै अभावमा काम गर्न असहज परिस्थिती सृजना नहोस् भन्दै उनीहरुलाई ब्यवसाय सञ्चालनका लागि बागमती प्रदेश सरकारले टेवा पुँजी दिन ३ करोड बजेट छुट्याएको छ । सिप सिकेका युवालाई १५ हजार रुपैयाँ देखि २० रुपैयाँ उपलब्ध गराउन कार्यबिधी बनाईएको छ ।
सीप परिक्षण गर्न बागमती प्रदेश युवा परिषदले सिटीभीटीसंग सम्झौता गरिसकेको प्रदेश युवा परिषद बागमती उपाध्यक्ष सन्तोष चौलागाईले जानकारी दिए । तालिम लिएका युवाको सीप परिक्षण गरेर पास भएकाहरुलाई टेवा पुँजी दिने प्रदेश युवा परिषद बागमतीका कार्यकारी उपाध्यक्ष चौलागाईले बताए । सीप सिकेका युवा स्वदेशमै बसे उनीहरु स्वरोजगार बन्नेछन् । विदेश गएपनि सीपयुक्त युवाले अझै धेरै आम्दानी लिन सक्छन् । बागमती प्रदेशका सीप युक्त युवाले प्रदेशको समग्र विकासमा योगदान दिनसक्ने परिस्थिती निर्माण भएको छ । युवा र राज्यबीच सुमधुर सम्बन्ध स्थापित भएको उपाध्यक्ष चौलागाईले दाबी गरे ।
Comments
अरु समाचार
-
बारबराका सन्दुककी भतिजी तथा नेपोकिड यांकीलाई वालेन्द्रको उपहार ‘लगानी बोर्डको सीईओ’
लगानी बोर्डको सीईओमा नियुक्त भएकी यांकी उक्याब सन्दुक रुइतको भतिजी रहेको पाइएको छ। तत्कालीन समयमा महाकालीको अञ्चलाधिश नै बनेका जोन...
-
आजदेखि साबिककै अनुसार १४.२ किलो तौल भएको ग्यास सिलिन्डर प्रयोगमा ल्याइँदै
काठमाडौं । नेपाल आयल निगमले आजदेखि बजारमा खाना पकाउने ग्यासको भरी सिलिन्डर पठाउने भएको छ । निगमले साबिककै अनुसार १४.२...
-
मुलुकका ४४ जिल्लामा बाढीको जोखिम, साना नदीमा आकस्मिक बाढीको सम्भावना
काठमाडौँ। यतिबेला मुलुकका ४४ जिल्लामा आकस्मिक बाढीको मध्यमदेखि उच्च जोखिम रहेको छ ।जल तथा मौसम विज्ञान विभागले पाँचथर, इलाम, झापा,...
-
मन्त्रीपरिषद् बैठकका पाँच महत्त्वपूर्ण निर्णय, वायुसेवा निगमको कार्यकारी अध्यक्षमा महेश्वरभक्त श्रेष्ठ नियुक्त
काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय सिंहदरबारमा मंगलबार बसेको मन्त्रीपरिषद् बैठकले पाँच महत्वपूर्ण निर्णय गरेको छ । यसैक्रममा बैडकले बीउबिजनसम्बन्धी...
-
बैंकर ज्योति पाण्डेलाई मातृशोक
काठमाडौं। नेपाल इन्भेष्टमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योतिप्रकाश पाण्डे र शिखर इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत दीपप्रकाश पाण्डेलाई मातृशोक परेको छ।...
-
पुनः प्रयोगयोग्य रकेट परीक्षणमा चीन सफल, अन्तरिक्ष दौडमा नयाँ उपलब्धि
काठमाडौं । चीनले पुनः प्रयोग गर्न मिल्ने रकेटको सफल अवतरण गर्दै अन्तरिक्ष प्रविधिमा नयाँ उपलब्धि हासिल गरेको छ। चाइना एरोस्पेस...
-
‘बिपी राजमार्ग अवरुद्ध भए ३० मिनेटभित्र सञ्चालन गर्ने आवश्यक तयारी’
काभ्रेपलाञ्चोक । बाढीपहिरोबाट क्षतिग्रस्त भई पुनर्निर्माण भइरहेको बिपी राजमार्गको काभ्रेपलाञ्चोक–सिन्धुली खण्ड वर्षायाममा पनि सहज सञ्चालन गर्ने तयारी गरिएको छ। डिभिजन...
-
टेलिकम बिलिङ प्रणाली ठेक्का प्रकरण : विशेष अदालतद्वारा सबै आरोपितलाई सफाइ
काठमाडौं । विशेष अदालतले नेपाल टेलिकमको बिलिङ प्रणाली ठेक्का प्रक्रियासम्बन्धी भ्रष्टाचार मुद्दामा सबै आरोपितलाई सफाइ दिएको छ। अदालतले नेपाल टेलिकमका...
-
दिपक भट्टसँग जोडिएपछि देउवाका छोरा जय विरलाई बयानका लागि बोलायो विभागले
काठमाडौं । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले जयवीर सिंह देउवालाई बयानका लागि बोलाएको छ । विभागले दिपक भट्ट र सुलभ अग्रवालसँग...












