टी–२० आई वरीयतामा दीपेन्द्र, सोमपाल र रोहितको स्थान खस्कियो,आसिफको सुधार
काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले जारी गरेको नयाँ टी–२० आई वरीयता ओपनर आसिफ शेखको सुधार भएको छ । टी–२० आई ब्याटिङ वरीयतामा आसिफले एक स्थान सुधार गर्दै ६९औं स्थानमा छन् । सोही स्थानमा अष्ट्रेलियाका म्याथ्यु वेड छन् । दुबै खेलाडीको अंक समान ४३१ छ ।
टी–२० आईको ब्याटिङतर्फ नेपालका कप्तान रोहित पौडेल ६१ औं र दीपेन्द्रसिंह ऐरी ४६ औं स्थानमा यथावत छन् । भारतका ऋतुराज गायकवाडले एकै पटक १३ स्थान सुधार गर्दै सातौं स्थानमा छन् । अष्ट्रेलियाका ट्रविस हेड शीर्ष, भारतका सूर्यकुमार यादव दोस्रो र इंग्ल्यान्डका फिलिप साल्ट तेस्रो स्थानमा छन् ।
बलिङतर्फ टी–२० आई वरीयतामा दीपेन्द्रसिंह ऐरीले तीन स्थान गुमाएका छन् । दीपेन्द्र ३ स्थान तल झर्दै १००औं स्थानमा छन् । त्यस्तै सोमपाल कामी दुई स्थान तल झरेका छन् । सोमपाल ९४औं स्थानमा पुगेका छन् । टी–२० आई अलराउण्डरतर्फ वरीयतामा दीपेन्द्रसिंह ऐरी सातौं, कुशल मल्ल ३६औं, गुलशन झा ६९औं, कुशल भुर्तेल ७१औं र करण केसी७५ औं स्थानमा यथावत छन् । रोहित पौडेल एक स्थान तल झर्दै ५५ औं स्थानमा पुगेका छन् ।
उता ओडीआईमा नेपालको दुई स्थान खस्किएको छ । पछिल्लो पटक २ जुलाईमा भएको अपडेट अनुसार नेपाल १७औं स्थानमा पुगेको छ । नेपाल भन्दापछि ओमान १८औं, अमेरिका १९ औं र युएई २०औं स्थानमा छन् । नामिविया १६औं र क्यानडा दुई स्थान सुधारका साथ १५औं स्थानमा छ । टी२० आई वरीयतामा अघिल्लो हप्ताको अपडेट अनुसार नेपाल १७औं स्थानमा यथावत् छ ।
Comments
अरु समाचार
-
बाढी पहिरोले देशका विभिन्न राजमार्गमा सवारी आवागमन प्रभावित
काठमाडौँ– पछिल्लो केही दिनदेखि परिरहेको वर्षा, बाढी, पहिरो र सडक मर्मतका कारण देशका विभिन्न मुख्य राजमार्गहरूमा सवारी आवागमन प्रभावित भएको...
-
रास्वपा महाधिवेशनमा ई–भोटिङ व्यवस्था, विदेशमा रहेका प्रतिनिधिले पनि मतदान गर्न पाउने
चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आगामी महाधिवेशनमा विद्युतीय मतदान प्रणाली प्रयोग गर्ने भएको छ। रास्वपा निर्वाचन आयोगका प्रमुख भुवन...
-
फिफा विश्वकप: हाइटीलाई ३ गोलले पराजित गर्दै ब्राजिल शीर्ष स्थानमा
काठमाडौं । फिफा विश्वकप फुटबलमा ब्राजिलले हैटीलाई ३ गोलले हराएको छ । ब्राजिलले खेलको पहिलो हाफमा नै तीन गोल गर्यो...
-
रविविरुद्धको सङ्गठित अपराध मुद्दा फिर्ता लिन अदालतको अनुमति
काठमाडौँ। जिल्ला अदालत काठमाडौँले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेविरुद्धको सङ्गठित अपराधसम्बन्धी अभियोगको मुद्दा फिर्ता लिन अनुमति दिएको छ...
-
अदालतबाट हुने फैसला सरकारको हार–जित होइन : मुख्य रजिस्ट्रार पौडेल
काठमाडौँ । सर्वोच्च अदालतका मुख्य रजिस्ट्रार विमल पौडेलले अदालतका निर्णयलाई सरकारको जित वा हारका रूपमा व्याख्या गर्नु उपयुक्त नहुने...
-
वनका अधिकारी र चिनियाँ सञ्चालकविरुद्ध साढे चार करोड राजस्व हिनामिनाको उजुरी, अकुत सम्पत्ति छानिबनको माग
कुश्मा। पर्वतको कुश्मा नगरपालिका–५ मा सञ्चालित ‘छिफु बायोटेक्नोलोजी (Xifu Biotechnology) प्रा.लि. र गण्डकी प्रदेशका वन प्रशासनका उच्च अधिकारीहरूबीचको अपवित्र गठबन्धन...
-
चेक रिपब्लिक र दक्षिण अफ्रिकाले बराबरी खेले, क्यानडा र स्वीजरल्याण्डको जीत
काठमाण्डौ । विश्वकप फुटबलमा क्यानडाले समूह बी को दोस्रो खेलमा ऐतिहासिक जित निकालेको छ । क्यानडाले कतारलाई ६–० ले हरायो...
-
३३ विशेष अभियानसहित पोखरा महानगरको वार्षिक नीति तथा कार्यक्रम सार्वजनिक
पोखरा । पोखरा महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि वार्षिक नीति तथा कार्यक्रम बिहीबार सार्वजनिक गरेको छ । मेयर...
-
त्रिभुवन विमानस्थलबाट २७ महिला रोकिए, मानव बेचबिखनमा परेको आशंका
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट विदेश जान लागेका २७ महिलालाई मानव बेचबिखनको आशंकामा रोकिएको छ। बुधबार उनीहरूलाई विदेश लैजान खोजिएको...











